माओबादीले प्रतिबेदन सार्बजनिक गरेन

नेकपा माओबादीले आफुभित्रको अनियमितता छानबिन गर्न भनि समितीहरु बनायो र समितीहरुले प्रतिबेदन पनि पेश गर्यो तर पार्टीले भने प्रतिबेदन सार्बजनिक नगरेको समाचार सौर्य दैनिकले छापेको छ । सौर्य दैनिकले छापेको समाचार यसप्रकार छ । Continue reading

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् ।

उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो । Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल 
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ । Continue reading

नागरिकता निरन्तरताबारे एन्आरएन् र कानूनबिद्हरु


संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नेतृत्व र बरिष्ठ कानूनबिद्हरु वीच १७ जनवरी २०१३ का दिन मा काठमाण्डौमा एक औपचारिक छलफल भयो । उक्त छलफल खास गरि  नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सन्दर्भ र 

बिदेशी नागरिकता लिंदा नेपाली नागरिकता स्वतह: रद्ध हुने कानूनी ब्यवस्थाका कारण गैरआवासीय नेपालीहरुलाई परिरहेको समस्याका बारेमा केन्द्रित थियो ।

नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सम्बन्धमा कानूनबिद्हरुले अहिले सम्म भएको आदेश र एन्आरएन्का तर्फबाट खेल्नु पर्ने अबको भुमिकाको बारेमा जानकारी गराएका थिए । यदि आवश्यक परेमा एनआरएनको तर्फबाट पनि औपचारिक रुपमा सर्वोच्चमा उपस्थिति देखाउने छलफलको निश्कर्ष रह्यो । Continue reading

सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव

हिजो समाचार प्रकाशित नगर्नका लागि बुधबार साप्ताहिकमा पटकपटक दवाव आएको थियो । तर, समाचार प्रकाशित भयो । सगरमाथाका निर्मलद्वारा नानाभाती प्रस्ताव’ शीर्षकको उक्त समाचार प्रकाशित भएपछि आज विहानै वितरणस्थलबाट पत्रिका लुटिएको छ । आज बजारमा पत्रिका पुग्न पाएको छैन । अनि कसरी गर्न सकिन्छ होला पत्रकारिता ?

उक्त समाचार यस प्रकार छ–
सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव
काठमाडौं । मान्छे न हो, जति तन बूढो भए पनि मन बूढो नहुँदो रहेनछ । त्यही पापी मनले अनेक इच्छा र आकांक्षा राख्दो रहेछ । अनि ऊ अन्धो हुँदो रहेछ र आफ्नो हैसियत भुल्लो रहेछ । Continue reading

Bring an end to royal hysteria

Picture from Google

Jacintha Saldanha’s death is a tragedy for her partner, her children, her wider family and friends, but it should also give our society a jolt of reality.This nurse has apparently taken her own life in response to a puerile stunt by two Australian broadcasters who impersonated the Queen, asking for details of the condition of her daughter-in-law in hospital.

Had the private hospital in which she worked had a telephone receptionist on duty, Saldanha would not have found herself in the public eye. Continue reading

जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् । Continue reading

भगुवा हाकिमहरुको कठालो समातिने

काठमाण्डौबाट प्रकाशित हुने दैनिक नयाँ पत्रिकाले अव बिदेशमा पढ्न गएका अनि पढाइ सकेपछि उतै लुकेर बस्ने हाकिमहरुको कठालो समाउने भएको समाचार प्रकाशन गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचार यस प्रकार छ ।

अध्ययन बिदा लिएर सरकारी खर्चमै विदेशमा गएपछि भागेर एनजिओ/आइएनजिओमा जागिरे भएका तथा विदेश पलायन भएका कर्मचारीलाई अब कारबाही हुने भएको छ । शिक्षा मन्त्रालयको खर्चमा पढे पनि सर्त पूरा नगरी भागेर ठूलो आम्दानी हुने ठाउँमा गएका कर्मचारीलाई बिगो भराउनेलगायतका कारबाही गर्न कमिटी गठन भएको हो ।
आर्थिक तथा नैतिक जिम्मेवारीबाट भाग्ने कर्मचारीलाई कारबाहीका लागि करिब एक वर्षअघिदेखि मन्त्रालयको कर्मचारी प्रशासनबाट फाइल उठे पनि त्यसै थन्किएको थियो । त्यस्ता पूर्वकर्मचारीलाई कस्तो कारबाही गर्ने र बिगो कसरी भराउने भन्ने तय गर्न शिक्षा मन्त्रालयले प्रशासनका सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा कमिटी गठन गरेको हो ।  Continue reading

मणिमुकुन्द उद्यानमा दश भिन्न थरकिा जनावर

बुटवलको मणिमुकुन्द उद्यान (फूलबारी) का संरक्षकहरुले घुम्न आउने पर्यटकलाई फरक खालको घरपालुवा जनावर बोकालाई देखाउने तयारी गरेको बताएका छन् ।
फरक प्रकृतिको बोकालाई उद्यानले नवलपरासीबाट ल्याएको हो । उद्यानको पशु संग्रहालयमा बोका थपिएपछि पर्यटकमा थप आकर्षण बढ्ने उद्यान समितिको बुझाइ छ । नौ महिना उमेर पुगेको उक्त बोकाका चार खुट्टाका खुर लामा लामा छन् । बोकाको आकर्षण त्यही लामा लामा खुर हो । त्यसको खुट्टाको खुर लामोमा आठ इन्चदेखि छोटोमा पाँच इन्चसम्म छ ।
उद्यानका कर्मचारीका अनुसार बोकाको खुर बेला बेलामा पलाउने र भाँचिने गर्छ । बोकाको तौल करिब आठ किलो मात्र छ । बोका स्वस्थ छ भने उभिन र बिस्तारै हिँडडुल गर्नसक्छ । खानेकुरा सबै राम्रैसँग खान्छ । उद्यानका पशु हेरालु टेकराज पौडेलले बोकालाई हुर्काउन एक महिनादेखि खुल्ला छाडिएको बताए । “फूलबारीमा ल्याउँदा बिरामी जस्तै थियो” पौडेलले भने– अहिले स्वास्थ्य ठीक हँदै गएको छ, रङ पनिफेरिएकोछ, सफापनिभएकोछ । Continue reading