राप्रपा एण्ड कंपनीहरुको ट्रयाक

United Mission to Nepalराप्रपा नेपालले अहिले पहिलो पल्ट सही कुराको माग गरेको छ । राप्रपा नेपालले Rastriya Prajatantra Party Nepalविभिन्न प्रलोभन देखाएर धर्म परिर्वतन भइरहेको भन्दै छानविन आयोग गठन गर्न माग गरेको छ । राप्रपा नेपालको तीन दिनसम्म चलेको केन्द्रीय कार्यसममितिको बैठकले धर्म परिवर्तन रोक्ने र छानविन आयोग बनाउन माग गरेको हो ।
राप्रपा नेपालको मागमा सत्य कुरा लुकेको छ । युरोपियनहरुले नेपाल र नेपाल जस्ता एशियाका गरीव मुलुकका गरीव जनताहरुमा बिभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउदै आएको एक शताब्दी बितिसकेको छ । नेपालमा खासगरि  १९५० दशकको सुरुदेखि क्रिश्चियन धर्मको प्रचारमा तिब्रता आएको भएपनि १९९०को परिवर्तन पछि भने युरोपियनहरुले धर्म परिवर्तन गराउने काममा अरु तिब्रता ल्याए । उनिहरुले धर्म परिवर्तन गराउने मात्र नभएर नेपालको राजनितीमा पनि नग्रा गाढेर नेपालको राजनितीमा बिष बमन गर्दै नितान्त दुर्गम क्षेत्रका गरीव र अशिक्षित जनताका ब्रेन वास गर्न थाले ।
दोस्रो बिश्वयुद्ध पछि जव बेलायतले भारतमा कोलनी छोड्नु परेपछि बेलायतले आफुलाइ मणि हराएको साप जस्तो महशुस गर्न थाल्यो । किनभने १९४७ सालमा बेलायतले भारतलाइ तीन टुक्रामा बिभाजन गरेर छाड्यो । भारत छोड्ने निर्णय बेलायतले १९४५ तिरै गरिसकेको थियो मात्र उनिहरुले भारतलाइ कसरी फुटाएर छोड्ने र कसरी क्रिश्चियन धर्म प्रचारलाइ यथाबत राख्ने भन्ने निर्णय नभैसकेकाले झुण्डिइरहेका थिए ।  किनभने बेलायतका लागि त्यतिबेला भारतीय उपमहादीप भन्दा प्यालेस्टाइनी समुद्री किनार महत्वपूर्ण लागेको थियो । इतिहाँसकारहरुका अनुसार समुद्रतटमा रहेको प्यालेस्टाइन बेलायतले आफ्नो लागि भौगोलिक र आर्थिक दृष्टिले महत्वपूर्ण देख्यो, दुबै राज्यलाइ समाइराख्नु बेलायतलाइ महंगो पर्ने भयो । पहिलो र दोस्रो बिश्वयुद्ध पछि बेलायतमा गरिवी बढ्दो थियो । लण्डनमाथि धुवाको कालो मुस्लो निस्कन थाली सकेको थियो । यस्तो अवस्थामा प्यालेस्टाइनलाइ मात्र समाइराख्नु आफ्नो भलो ठान्यो । तर प्यालेस्टाइनीहरु र यहुदीहरुको युद्धको राँको बेलायत सम्म मात्र हैन कि संयुक्त राष्ट्रसंघ सम्म फैलियो । अप्रेल १९४७मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको एक भागलाइ यहुदीहरुको र अर्को भागलाइ अरबीयनहरुको राज्यमा बिभाजन गर्ने प्रस्ताव ल्यायो ।
प्यालेस्टाइनको बिभाजनलाइ पश्चिम युरोप र सोभियतसंघले मन्जुर गरे, यद्यपी प्यालेस्टाइनीहरुको संघर्ष चाँही समग्र प्यालेस्टाइनलाइ स्वतन्त्र राज्य वनाउने भन्ने उद्धेश्यले प्रेरित थियो । यसरी बेलायतले प्यालेस्टाइनबाट पनि हात धुन परेको थियो । भारत र प्यालेस्टिनाबाट हात धुनु परेर धंग धगिंएको बेलायतले १९५४मा युरोपका अन्य (क्रिस्चियन) मुलुकहरु र भारतमा आफुहरुद्धारा क्रिश्चियन बनाएकाहरुलाइ अग्रपंतिमा देखाएर नेपालमा युनाइटेड मिसन टु नेपालको गठन गरे । युनाइटेड मिसन टु नेपालको गठन गर्ने अनुमती स्व राजा त्रिभूबनका पालामा दिइएको थियो । युनाइटेड मिसन टु नेपालको नाममा पाल्पा तानसेनमा अस्पताल र गोरखामा स्कूल खाोलेर धर्म प्रचार गर्न बिषालु नग्रा गाडे । यसको उद्धेश्य नेपालमा नेपालीहरुको उपचार गर्ने र स्कूलमा बिद्यार्थीहरुलाइ पढाउने भन्ने देखाउने दाँत मात्र थियो भने चबाउने दाँत भने सक्रिय धर्म प्रचार गर्ने थियो ।
दोस्रो बिश्वयुद्धको धंग धगींबाट जनतन तंग्रिएका युरोपका अन्य मुलुकहरुले पनि १९६०को दशकको अन्ततिर बेलायतको देखासिखी गर्न थाले र दक्षिण अफ्रिका र बेलायतको कोलनी भएका अफ्रिकी मुलुकहरु बाहेक अन्य अफ्रिकाका बिभिन्न मुलुकहरु, एशियाका मुलुकहरुमा एक पछि अर्को गर्दै धर्म प्रचारक संस्थाहरु सक्रिय बने । यसक्रममा १९७० / ७१मा युरोपका बिभिन्न धर्म प्रचारकहरु अनुसन्धानको नाममा भारत पुगे तर त्यतिबेला इन्दिरा गान्धीले उनिहरुलाइ गाँउ गाँउ पस्न प्रतिबन्ध लगाइन् । अनि उनिहरुले खालीहात फर्किनु भन्दा बरु उकालो लागेर नेपाल तिर लाग्ने निर्णय गरे र नेपालका बिभिन्न गाँउ गाँउमा अध्ययन अनुसन्धानको नाममा गोप्य रुपमा धर्म प्रचार गर्न थाले । त्यतिबेला पञ्चायती ब्यबस्थाले धर्म प्रचार गर्न प्रतिबन्ध लगाएकाले खुलारुपमा गर्न सक्तैनथे । यो तत्थ्य ददी सापकोटाद्धारा लिखित त्यो नेपाल नामक पुस्तकमा प्रसस्त पढ्न सकिन्छ । ददी सापकोटाले दुइ दर्जन भन्दा बढी फ्रान्सेलीहरुसंग कुराकानी गरी उनिहरुले भनेकै कुराहरु जस्ताको तस्तै नेपाली भाषामा उतारेकाले त्यस पुस्तकलाइ प्रमाणका रुपमा लिन सकिन्छ । त्यति मात्र कहाँ हो र ? सोही पुस्तकमा कतिपय फ्रान्सेलीहरु त नेपालमा बिभिन्न जात जाती बिभिन्न धर्माबलम्बीहरु सौहाद्रपूर्ण वाताबरणमा बसेको देख्दा डाहा स्वरुप गरेको अभिब्यक्ति सहजै बुझ्न सकिन्छ । र उनिहरुले फ्रान्सेली जनक्रान्ति पछि फ्रान्समा अन्य भाषाहरु जस्तै क्षेत्रीय र जनजातीका भाषाहरुमा स्कूल र सार्बजनिक स्थलहरुमा बोल्न प्रतिबन्ध लगाएको कारणले फ्रान्सले यति धेरै बिकाश गर्न सकेको कुरा समेत भन्न भ्याएका छन् । एकताले बलियो बनाउछ भन्ने बुझेका पश्चिमेलीहरुले धर्म प्रचारमा मात्र लागेनन् कि राजनितीमा पनि मिसिन थाले र बिभिन्न जात जातीबीच बिष बमन गर्दै नेपालका ब्राहमण र क्ष्यत्रीहरुलाइ हिन्दु धर्मका प्रतिनिधी हुन् भन्ने खालको ब्रेन वास गर्न थाले ।
१९९०को आन्दोलन र राजनैतिक परिवर्तन पछि उनिहरुलाइ अझ सजिलो भयो । र अलि खुकुलो गरी धर्म प्रचारमा लागे । पछि जव सम्बिधानसभाले नेपाललाइ हिन्दु राष्ट्र नभएको र धर्म निरपेक्ष भएको घोषणा गर्यो तब देखि नेपालमा धर्मका नाममा राजनितीलाइ बिभाजन गराउन थालियो । र पश्चिमेलीहरुबाट प्राप्त गरेको जुठो पुराको आडमा हिन्दु धर्ममाथी आक्रामक हुन थाले, राजनितीमा बिभाजन भयो । जनजातीका नाममा खोलिएका राजनैतिक पार्टी र  संस्थाका नेताहरुले बर्षमा दर्जन पटक युरोप भ्रमण गर्न थाले । युरोपमा जहाँ जनजाती वा अन्य धर्मका नाममा कुनै पनि राजनैतिक कृयाकलाप गर्न र संघ संस्था गठन गर्न प्रतिबन्ध छ, त्यही मुलुकका नेताहरुले सानो तिनो चेक काटेर हातमा थमाइदिएर नेपालमा आन्दोलन, दंगा र असम्भव मागहरु तेस्र्याउन थाले र र यो निरन्तरता दिइरहेका छन् ।
हालै संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले विजय सुब्बासहितका नेताहरु एमालेलाई जमिनदार मानेर फर्किएको टिप्पणी गरेका छन् ।
संघीय समाजवादी पार्टीको उपाध्यक्ष समेत रहेका सुब्बा सहितका नेताहरु  बुधबार एमालेमा प्रवेश गरेका थिए । सुब्बा सहितका नेताहरु बुधबार एमाले प्रवेश  गरेपछि  श्रेष्ठले मगन्ते स्वभाव देखाएको बताए । राजेन्द्र श्रेष्ठले कुरा भने सही गरेका हुन् किन भने उनले अनलाइन खबरसंग कुरा गर्दै जनजातीहरु मगन्ते जस्तो भएको भनेका छन् । उनले ’ मगन्ते   प्रवृत्तिको अन्त्य नभएसम्म नेपालको राजनीतिले निकास नपाउने कुरा  पनि स्वीकार गरेका छन् । माथीका तत्थ्यले आखिर मगन्ते को हो ? भन्ने कुरा दिनको घाम जत्तिकै छर्लंग पार्छ । त्यसैले पश्चिमेली ठुला जमिन्दारहरुसंग डलरे चारोका निम्ति र्याल चुहाएर मगन्ते नभै सम्पूर्ण नेपाली एक भै नेपाल र नेपालीमात्रको हितमा नलागे सम्म मुलुकले कोल्टे फेर्ने छैन ।

Bookmark the permalink.

One Response to राप्रपा एण्ड कंपनीहरुको ट्रयाक

Leave a Reply

Your email address will not be published. Required fields are marked *