अमेरिकाः बिभाजित मुलुक

Ferguson Voilence—शशी पौडेल
अमेरिकाको फेरगुसनमा केहिदिन यता देखिएका तस्वीरहरुलाइ नियालेर हेर्ने हो भने अहिले पनि अमेरिकामा रंगभेदको गन्धमात्र होइनकि रंगभेदका कारण त्यहाका जनता पिडित रहेछन् भन्ने बुझ्न कठिन पर्दैन । १४ सेप्टेम्बर २०१३का दिन नर्थ कारोलाइनको चारलोटे भन्ने ठाँउमा  गोरे प्रहरीहरुले एक २४बर्षीय कालाजातीको निहत्ता युबकलाइ गोली हानेर मारे । प्रहरीले उसको शरीर १०वटा गोलीले छिया छिया पारे । के तपाइहरुले यो समाचार सुन्नु भएको थियो ? मैले त त्यतिबेला सुनेको थिइन । तर अहिले हामी किन माइकल ब्राउनको घटनाका तस्वीरहरु दिन प्रतिदिन टीबीमा हेर्न बाध्य छौं ? जुन घटना साढे दुइहप्ता अघि मिसुरीको फेरगुसनमा घटेको थियो । जवकि यो घटना कसरी घट्यो र गोरे प्रहरीले किन गोली चलाए भन्ने अहिले सम्म पनि प्रश्ट हुन सकेको छैन । तर चारलोटेका २४ बर्षीय जोनाथान फेरेलको घटना भने सुरुमै प्रश्ट भएको थियो । जोनाथान फेरेल  लगभल ३ बजे राती उनको गाडी एक्सिडेन्ट भएकाले सहयोग माग्नका निम्ति नजिकैको घरमा घण्टी बजाउन पुगे । घरवालाले ती युबकलाइ देख्दै नदेखी डराएर प्रहरी बोलाए । तुरुन्तै प्रहरी आएर ती युबकसंग कुनै कुराकानी नै नगरी धमाधम १२वटा गोली चलाए । प्रहरीले चलाएका १२ गोली मध्य दश गोली लागेर जोनाथानको तुरुन्तै मृत्यु भयो । तैपनि चारलोटे शान्त बस्यो । फेरगुसनमा अहिल भएजस्तो जुलुस, आन्दोलनहरु चारलोटेमा भएनन् । अहिले जसरी बिश्वभर फेरगुसन अमेरिकाका तस्वीरहरु प्रसारित भैरहेका छन् । त्यो पनि अमेरिकाको शिभील राइटस् एक्ट लागुभएको ठीक ५०सौं बर्षगाँठको बेला पारेर ।
फेरगुसनका तस्वीरहरु हेर्दा माइकल ब्राउन त खाली निहुमात्र होकि भन्ने संका गर्नु पर्ने ठाउ नरहेको भने होइन । आखिर यस्तो किन ? अन्याय दुबै घटनामा भएको छ । अन्याय पनि बराबर तौलको ।
चारलोटेका जनता फेरगुसनका भन्दा शिक्षित रहेछन् । त्यस क्षेत्रमा बस्ने कालाजातीहरु पनि धेरैजसो मध्यमबर्गका रहेछन् । उनिहरु मध्य कोही चिकित्सक त कोही वकिल पनि रहेछन् । उनिहरुको आफ्नै टीभी स्टुडियो पनि रहेछ र चारलोटेमै एउटा ठुलो बिश्वबिद्यालय पनि रहेछ । चारलोटे अमेरिकाको दोस्रो ठुलो न्यू योर्क पछिको बित्तीय शहर रहेछ । यो शहर अमेरिकाका दश छिटो छिटो बिकाश गर्ने शहरहरु मध्यको एक पर्दो रहेछ । यदि कसैको सामान्य स्तर भन्दा राम्रो जीबनस्तर छ, यदि कसैले आफु त्यहाँको समाजबाट स्वीकारयोग्य अनुभूती गर्छ, यदि कसैलाइ आफ्नो दिनचर्याका निम्ति र दैनिक कारोबारका निम्ति समय खर्चिनु पर्ने हुन्छ, जसले आफुलाइ एकहदसम्म सुरक्षित रहेको महशुष गरेको छ  भने उसले हत्त पत्त सडकमा गएर जुलुस प्रदर्शन गर्नु पर्छ भन्ने कुरा तर्फ ध्यान दिदैन ।
फेर्गुसन यसको बिपरित छ, त्यहाँका जनता गरिबीको रेखामुनी बाँचीरहेका छन् । त्यहाँका जनतालाइ साँझ र बिहानको हातमुख जोर्ने बस्तु जुटाउन धौ धौ रहेछ । यो शहर सन्त लुइजको नजिक पर्दो रहेछ । अमेरिकाको मिसिसिपी नदीको बगलमा रहेको पहिलेको औद्योगिक क्षेत्र र १९९० उता त्यहाँका उद्योग धन्दाहरु बन्द (डीइन्डस्ट्रीलाइजेसन) भएर आर्थीक मारमा परेको रहेछ । फेरगुसन पहिले कुनै बेला टिपिकल गोराहरुको शहर रहेछ । त्यहाँ कालाजातीहरु डीइन्डस्ट्रीलाइजेसन भएपछि लगभग १५ बर्ष अघि देखीमात्र बसोबास गर्दै आएका रहेछन् । तर त्यहाँको सत्तास्ट्रकचर भने अझैपनि गोराहरुकै रहेछ । त्यहाँको मेयर, प्रहरी, स्कूल ब्यवस्था, कार्यालय अड्डा अदालत सबै सबै गोराहरुको बाहुल्य ।
गतबर्ष फेरगुसनमा भएका भण्डै सबै प्रकारका प्रहरी चेक जाँच कालाजातीहरुमा मात्र गरिएको रहेछ । जस्तै यातायातमा ८६ प्रतिशत चेक कालाहरुमा, ९२ प्रतिशत कालाजातीहरुको घर खानतलासी, ९३ प्रतिशत काला जातीहरु थुनामा परेका रहेछन् । तर प्रहरीले २२ प्रतिशत काला जातीहरुमा मात्र अबैध सामाग्री भेटाएको रहेछ भने ३४ प्रतिशत गोराहरुसंग अबैध हातहतियार र अन्य अबैध बस्तु भेटाएको थियो ।
माइकल ब्राउनको अन्तिम संस्कार भैरहेको बेला सन्त लुइजका काउन्सिलरले बोल्दै त्यहाँ उपस्थित जनसमुदायलाइ तिमीहरु मध्य ककस्का नातेदारहरु जेलमा छन् भनेर सोध्दा आधा भन्दा बढी उठेर आ आफ्ना नातेदार जेलमा भएको बताएका थिए । यस हिसाबले फेर्गुसन प्रहरीको आतंकबाट आतंकित रहेछ भन्ने बुझ्न कठिन परेन । त्यसैले त्यहाँका जनता आफ्नो आतंकित बनेको आत्मालाइ शान्ति दिन हरेक दिन कफ्र्युको समेत अबज्ञा गरी जुलुस प्रदर्शन गर्दा रहेछन् । अनि त्यही जुलुसमा सबैतिरका पत्रकार साथीहरु पुग्दा रहेछन् र त्यस्ता तस्वीरहरु खिचिदा रहेछन् । जुलुस बिरुद्धको प्रहरीको प्रतिकृया भने अस्रुज्ञाँसले हान्ने, पक्राउ गर्ने, यातना दिने गरिरहेका छन् पक्राउ पर्ने पत्रकारहरु मध्य तीनजना जर्मन पत्रकारहरु पनि परेका छन् । जसमध्य मसंग नजिकको परिचित ब्यक्ति पनि परेको छ । अनि त सारा बिश्वले देख्नेगरी यस प्रकारका तस्वीरहरु प्रसारण हुनु भनेको कुनै संयोग रहेनछ ।
लामो समय देखि फेर्गुसनका प्रहरीहरुले त्यहाँको जनतालाइ पक्रउ गर्ने एउटा तर्क निकालेका रहेछन् । जसको पढाइ, योग्यता कम छ त्यसले स्वभाबैले कम आम्दानी गर्छ, कम योग्यताहुनु र कम आम्दानी हुनु भनेको अपराधपूर्ण काम प्रति आकर्षित हुनु हो, भन्ने उनिहरुको तर्क रहेछ । त्यहाँका कालाहरु गोराहरुको  तुलनामा कम योग्यता भएका र गरीब रहेछन् त्यसैले प्रहरीहरुको ध्यान (कन्सन्ट्रेशन) कालाहरु प्रतिनै रहेछ । यसरी एउटा मान्छेमा एउटा चिन्ह लाग्दो रहेछ, एउटा चिन्ह लागे पछि त्यही चिन्हलाइ तारो मान्ने उनिहरुको उद्धेश्य हुनेरहेछ, त्यही उद्धेश्यबाट एउटा बिराधी जन्मिदो रहेछ । हामी सबैलाइ थाहा भएकै कुरा हो अमेरिकाको प्रहरीहरुको ब्याबहार आर्मीको जस्तै हुने गर्छ । आर्मीलाइ जनता भन्नेबारे कम थाहा हुन्छ, आर्मीलाइ त खाली बिरोधी, दुस्मन भनेर मात्र पाठ सिकाइएको हुन्छ । त्यसैले उनिहरुले अमेरिकाका जनतालाइ बिरोधी वा दुस्मनका रुपमा मात्र देख्ने गर्दछन् । अमेरिकी आर्मीहरु आतंककारीहरुको बिरुद्धको युद्धमा छन् भने अमेरिकी पुलिसहरु अमेरिकामा ड्रग बिरुद्धको युद्धमा छन् । अमेरिकाको यो अबस्थालाइ सैनिकिकरण राज्यको रुपमा लिन सकिन्छ । त्यसैले  अमेरिकाको राजनितीलाइ गलतबाटोतिर डोरिएको राजनिती भन्दा अत्युक्ति पनि हुने छैन ।
जब मुलुकका प्रहरीहरु आर्मीको ब्यबहारमा प्रस्तुत हुन्छन तब जनता स्वतन्त्रता सेनानीका रुपमा जाइलाग्नु अस्वाभाबिक होइन । यस अघि फेर्गुसनका काला जातीहरु कहिल्यै पनि यसरी आन्दोलित भएका थिएनन् रे जसरी अहिले सडक तताएका छन् । अमेरिकाको इतिहाँसलाइ हेर्नेहो भने सवभन्दा बढी आन्दोलित शहरहरु न्यू योर्क, फिलाडेल्फिया, सिकागो, लस एन्जल्स, ल्केभेल्याण्ड, सन्फ्रान्सिस्को, न्यूआर्क र डेट्रोइटहरु हुन् । अमेरिकामा जुलुस प्रदर्शन भयो रे भन्ने यदि कसैले सुन्यो भने माथिका शहरहरुसंग जोडेर जुलुस र आन्दोलनको एउटा तस्वीर बनाउने गर्छ । तर अहिले फेर्गुसनका सडकहरुमा राँको बोलेको छ । त्यहाँका जनताले रंगभेदका बिरुद्ध आवाज उठाएका छन् । हत्यारालाइ कार्बाहीको माग गरिरहेका छन् तैपनि हत्यारा काँधमा बन्दुक बोकेर हेल्मेट लगाएर स्वतन्त्र प्रहरीको जागीर खाइरहेको छ ।
फेर्गुसनमा हत्या गरिएका माइकल ब्राउन र चारलोटेमा हत्या गरिएका जोनाथान फेरेल दुबै जना अहिले सम्म कुनै अपराधिक कार्यमा संलग्न नभएका ब्यक्तिहरु रहेछन् त्यसैले अन्याय दुबै घटनामा भएको थियो । चारलोटेमा निहत्था हत्या गरिएका जोनाथानको आत्मालाइ शान्ति दिन र हत्यारालाइ कार्बाही गराउन यसप्रकारको आन्दोलनको आबश्यक परेन । किनकि त्यो शहरका कालाजातीहरु थुप्रै मध्ययम बर्गका छन् अनि उनिहरुको जीबनस्तर सरदर भन्दा माथिल्लो छ । त्यसैले त्यो गोरे प्रहरी जसले जोनाथान फेरेललाइ दश गोली हानेर मारेको थियो उसलाइ हत्याराको रुपमा पक्राउ गरिएको छ र उसको बिरुद्ध यो हप्ता अदालती सुनुवाइ चलिरहेको छ ।

Bookmark the permalink.

One Response to अमेरिकाः बिभाजित मुलुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *