चारसयलाख करोड फिर्ता हुनु पर्छः रामदेव

शशी पौडेल
(यो लेख मैले गत वर्ष एभरेष्ट टाइम्सको लागि लेखेको हू)

सूचना, समाचार एंव अनेकन जानकारी खोज इन्जिन गुगलका अनुसार गत हप्ता संसारभर सवभन्दा बढी योग गुरु रामदेवको समाचार बारे खोज भयो । सुत्रका अनुसार भ्रष्टाचार र विदेशमा पैसा पु¥याइएको भन्नेबारेको रामदेवको भनाई पहिलो नम्वरमा थियो भने दोस्रो खोजको विषय रामदेवको पक्राउ बारे रहेको थियो ।
योग गुरु रामदेवलाई दिल्लीको रामलिला मैदानमा अनशन बसिरहेको बेला प्रहरी गई त्यहाबाट उठाइएको थियो र उनलाई राजधानीबाट वेपत्ता पारियो । त्यसको भोली पल्ट रामेदव देहरादुनको हिमालयन अस्पतालबाट  सम्पर्कमf आएका थिए । रामदेवलाई रामलिला मैदानबाट हटाइए  पछि इन्टरनेट मार्फत उक्त समाचार विश्वभर फैलिएको थियो । विशेष गरी फेसबुक र ट्युटरमार्फत फैलिएको समाचार केही घण्टा भित्रै छापा पत्रिकाहरुमा पनि आएको थियो । दिल्लीबाट प्रकाशित एक दैनिकले रामदेवको अनशनबारे लेखेको समाचार उनको पक्राउ पछि सचाएर छाप्नु पर्दा हजारौंप्रति रद्धिको टोकरीमा फाल्नु परेको समेत बताएको छ । Continue reading

२०११ ले शैतानहरु बढारोस्

Shashi२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुलाई शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी सूर्य बहादुर थापालाई चोट परेको देखिन्छ । Continue reading

समाजवादको भविश्य

शशी पौडेल

१९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पूँजीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज भतेर गर्न थाले । पूँजीवादीहरुले समाजवाद प्रति जनताको मोह भंग भएको मात्र तर्क गरेनन् कि उनिहरुले समाजवादी सिद्धान्तलाई ‘‘व्यवहारमा लागु गर्न नसकिने’’ सिद्धान्त हो भन्ने आरोप समेत लगाएका छन् । उनिहरुले राज्यविहिन समाजको परिकल्पना अहिलेको अवस्थामा गर्नै नसकिने भन्दै खास गरी निम्न तर्कहरु क्रिष्टलाइज गर्न खोजे । हेरौं उनिहरुका आरोपमा कति सत्यता छन् ? Continue reading