लहलहैमा पछि नलागौं

शशी पौडेल

नेपालका पछिल्ला राजनैतिक घटनाहरुले सहजै केही प्रश्न उठाएको छ । प्रश्न के हन् भने के राज्य संचालन नेपाली जनताको पक्ष्यमा छ ? अथवा राजनितीलाइ आफ्ना संभावना भन्दा बाहिर डोर्याइएको छ ? र यदि त्यस्तो हो भने किन त्यस्तो भैरहेको वा गरिएको छ ? कसरी र के कारणले गलत राजनितीको बिकाश हन गैरहेको छ ? र यसलाइ कसरी सही बाटोतिर डोर्याउन सकिन्छ भन्ने ? Continue reading

पारस पारस अनि फेरी पनि पारस !

Parash Shaha-कुन्जर कर्मयोगी
नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ । Continue reading

फुटेको घैंटो जोड्न खोजे पनि

Sher Deuba and Sushil Koirala-शशी पौडेल
नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक कार्यक्रममा उपस्थित भए भने शुशिल कोइराला नजिक भनेर चिनिने कार्यकर्ताहरुका महत्वपूर्ण कार्यक्रममा पनि गएनन् भनेर नेपाली कांग्रेस श्रोतले गुनासो गरेका छन् । Continue reading

“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

Dipak-raj-and-bijaya-kumar-pandey-शशी पौडेल
अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि पूर्ब प्रधान सेनापति रुकमागत कटुवालले भाडामा लेखाएर, अनि अहिले “सोधपुछे” पत्रकार बिजय कुमारले “खुसी” शिर्षकमा एउटा पुस्तक लेखेर अरुबाट निकै प्रसंशा बटुल्न चाहेका थिए तर यो पुस्तक प्रकाशन गरे पछि उनले नेपाली जनताबाट अहिलेसम्म पाएको इज्जतमा उल्टै दाग लाग्न थालेको छ । Continue reading

बिदा भइन् “पार्टीकी आमा”

Sahana Pradhan-प्रकाश  सिलवाल / कालिका खड्का
काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  ।
विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो ।
नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः  ‘पार्टी  आमा’ का  रूपमा  लिन्थे  भने  समग्रमा  उहाँ  आन्दोलनको  अभिभावकका  रूपमा  चिनिनु  हुन्थ्यो  ।  उहाँ  पूर्व  उपप्रधानमन्त्री  तथा  परराष्ट्र  मन्त्री  पनि  हुनुहुन्छ  । Continue reading

गगन थापा तिमीले पनि डन पाल्ने ?

Gagan Thapaसमाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार पढ्दा नेपालमा एक प्रकारको निराशा पैदा भएको छ । भखैरै मात्र कांगे्रसी युवा नेता एबं सम्बिधान सभासद गगन थापाले आफुले पालेका डन कुमार घैंटेलाइलाइ कानूनी दायराबाट जोगाउन भिसा मिलाइदिएर बिदेश पठाएका छन् । Continue reading

चोट दिनु र आफैले चोट पाउनुको फरक

10665172_658239130950122_8609400307406958240_nयो तस्वीर मित्र जनकमान डंगोलको फेसबुकमा देखेपछि मलाइ थुप्रै प्रश्नहरुले सताए । केही प्रश्नहरुको कनिकुथी उत्तर पाउन सकेजस्तो लाग्यो तर एउटा प्रश्नले भने अझै सताइरहेको छ । त्यो प्रश्न हो अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? पोष्टबहादुर बोगटीले जनयुद्धकालमा अरुलाइ मात्र चोट दिएनन् कि आफुले पनि चोट पाए र त्यो चोटलाइ उनले संयम र धैर्यताकासाथ स्वीकार गरिरहेका थिए । जस्तै जनयुद्धकालमा उनले आफ्नो छोरालाइ गुमाएका थिए र आफ्नो सन्तान गुमाउदा लागेको चोट कति दुख्छ भन्ने आफैले अनुभव गरेका थिए । Continue reading

सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

Surya Bahadur Thapa-शशी पौडेल
हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी अन्याय नगरिकन बोल्छन् कि भन्ने आशा गर्नु पनि अस्वभाबिक होइन । अव त बुढो भइयो देश र जनता प्रति इमान्दार भएर बोल्छु भन्ने सोंच्छन् कि भन्ने मैले आशा गरेको थिंए । तर म जस्ता थुप्रै नेपालीहरु गलत रहेछौं । Continue reading

प्रसंग: पृथ्वीनारायण शाह र २७ पुसको

Prithibi Narayan Shaha“एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण” शिर्षकमा हिंजो कान्तिपुरले लामै समाचार छापेको छ । कान्तिपुरले के लेख्यो वा गोपाल किराँतीले के भने भन्ने प्रश्न भन्दा पनि यो समाचारलाइ नेपाली जनताले कसरी लिए भन्ने प्रश्नको उत्तर खोज्नु आजको आबश्यकता हो । भनिन्छ मानिसका देखिने कान दुइवटा मात्र भए पनि यथार्थमा सुन्ने कान चारवटा हुन्छन् । एउटा कानले जे समाचार हो त्यही समाचारलाइ बस्तुगत रुपमा सुन्छ । दोस्रो कानले समाचारलाइ अपीलका रुपमा सुन्छ र भन्छ हो अव हामी पनि यही बाटो तिर लाग्नु पर्छ किनकि गोपाल किराँतीले आग्रह गरेका छन् । तेस्रो कानले जनकमान डंगोलले आफ्नो फेसबुकमा दिएको प्रतिकृया जस्तै “ढिलै भए पनि बुद्धि पलाएछ अब ०४७को संबिधान ब्युताउनु ठिक हुन्छ” भन्ने सुन्ने छ भने चौथो कानले जजस्ले यो कुरा थाहा पाउनु पर्ने हो पाए भैगोनी केको धंकुरी फुकेर हामीलाइ सुनाउनु पर्ने ? भनेर सुन्ने छ । Continue reading

Criminalisation of Politics ! Bribery and crime defaming Nepal

Chiranjibi Paudyal-by Chiranjibi Paudyal

How can Nepal improve when politicians advocate for criminals and local administration staff demand bribe openly? Though the people voted sensibly objecting the extremist views of Maoists and their associates during the election, there is frustration among the masses as the politics has been criminalised. The speeches made by some UML MPs after the killing of gang leader known as ‘Chari’ indicates how Nepali politics has close links with criminal gangs. UML leader Rajendra Pandey and his friends obstructed the proceedings of the parliament for some hours in protest of the killing of the criminal gang leader ‘Chari’ who is also a UML leader in Dhading district. Continue reading