मणिमुकुन्द उद्यानमा दश भिन्न थरकिा जनावर

बुटवलको मणिमुकुन्द उद्यान (फूलबारी) का संरक्षकहरुले घुम्न आउने पर्यटकलाई फरक खालको घरपालुवा जनावर बोकालाई देखाउने तयारी गरेको बताएका छन् ।
फरक प्रकृतिको बोकालाई उद्यानले नवलपरासीबाट ल्याएको हो । उद्यानको पशु संग्रहालयमा बोका थपिएपछि पर्यटकमा थप आकर्षण बढ्ने उद्यान समितिको बुझाइ छ । नौ महिना उमेर पुगेको उक्त बोकाका चार खुट्टाका खुर लामा लामा छन् । बोकाको आकर्षण त्यही लामा लामा खुर हो । त्यसको खुट्टाको खुर लामोमा आठ इन्चदेखि छोटोमा पाँच इन्चसम्म छ ।
उद्यानका कर्मचारीका अनुसार बोकाको खुर बेला बेलामा पलाउने र भाँचिने गर्छ । बोकाको तौल करिब आठ किलो मात्र छ । बोका स्वस्थ छ भने उभिन र बिस्तारै हिँडडुल गर्नसक्छ । खानेकुरा सबै राम्रैसँग खान्छ । उद्यानका पशु हेरालु टेकराज पौडेलले बोकालाई हुर्काउन एक महिनादेखि खुल्ला छाडिएको बताए । “फूलबारीमा ल्याउँदा बिरामी जस्तै थियो” पौडेलले भने– अहिले स्वास्थ्य ठीक हँदै गएको छ, रङ पनिफेरिएकोछ, सफापनिभएकोछ । Continue reading

डाबर इन्डिया र श्री वैद्यनाथले अझै औषधि फिर्ता गरेका छैनन्

औषधिको नाममा ब्याक्टेरिया बिक्री गर्ने बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले बजारमा पठाएका ब्याक्टेरियासहितको औषधि अझै फिर्ता गरेका छैनन् । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरीया फेला परेको थियो । Continue reading

दाउरा बेचेर घरखर्च

 भाले बास्यो कि उज्यालो हुन नपाउँदै उजेली थापा हातमा हँसिया र डोरी लिएर जगंलतिर दौडिन्छिन् । उनि आफ्नो घरमा खाना पकाउनलाई जंगलमा दाउरा लिन भने गएकी होइनन्, सौख पनि थिएन उनलाई । Continue reading

यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह

 पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति डा. रामवरण यादव दुवैले यो साता अकबरे खुर्सानी रोपेका छन् । आफैंले दिनहुं पानी हाल्ने गरी गमलामा अकबरे खुर्सानी रोप्ने यो अभियानमा पूर्वराजा र राष्ट्रपति मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह, नयां माओवादी नेता मोहन वैद्य र एमालेका पीरा नेता केपी ओलीसमेत सहभागी भएका छन् । यसरी खुर्सानी रोप्ने क्रममा ज्ञानेन्द्रदेखि रामवरणसम्मका गफ सुन्ने हो भने छुट्टै रमाइलो छ । Continue reading

सही साथी ती हुन् जसले दुःखमा पनि साथ दिन्छन्

Ula, Jorg Osborg and Karuna

—शशी पौडेल
“शशी तिमीहरु अहिले आउन सकेनौ भने पनि हाम्रो मित्रता सदाका लागि रहिरहने छ । जीवन प्रयन्त र सात जन्मका लागि । तर यदि सम्भव भयो भने तिमीहरुको अनुहार मात्र देख्न पाँए भने अत्यन्त खुसी हुने छु ।”
तीस अगस्त बिहिबार साढे दश बजे राती एक अधबैसे महिला जसले जीबनका घण्टा गनेर बाँचीरहेकी थिइ, टेलीफोनमा मसंग भन्दै थिइ । जर्मन नागरिक, मेरो छोराको किन्डर गार्डेनकी हेड टिचर, मायाँ र ममता की देबी उला ओसबर्ग ।
“उला हामी सबैजना आउन नसके पनि म जसरी पनि तिमिलाइ भेट्न आउने छु । भोली पेरिस जाँदै छु, सम्भव भए सम्म म तेतैबाट फुत्त छिर्ने छु , भएन भने दुइ चार दिन भित्रै आइपुग्ने छु ।” मैले बचनबद्धता गरें । तर पेरिसबाट जर्मनी छिर्न मिलेन । सोमबार बेलायत फर्केर मंगलबार देखि यहाँ आफ्नो कुटो कोदालो गर्नु थियो । मनभरी आफ्ना असफलता संगालेर दुइ दिन बिताएं । बुधबार उसलाइ अस्पताल लगियो रे भन्ने खबर आयो । बिहिबार जर्मनीका लागि टिकट लिने प्रयास गरें तर पाउन सकिन, सनिबार बिहान साढे सातबजे उड्ने गरि टिकट बुक गरें । मनभरी संका बोकेर दिउसोको साढे चार बजेतिर फोन गरें, उ अस्पतालमै भएको खबर प्राप्त भयो । दुइ दिन नहो पुगिहाल्छु भन्ने लागिरहेको थियो, राती सुत्ने तयारी गर्दै थियौं , टेलीफोनको घण्टी बज्यो, करुणाले फोन उठाइन् र रुन थालिन्, उनको हातबाट फोन खोसें । Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल
लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि म तपाइलाइ चिन्छु ।
मैले भने ओहो तपाइ कहांबाट बोल्दै हुनुहुन्छ ? यदि यतै कतै नजिक भए भैटौ न त । हुन्छ कुनै बेला मिलाउला नी त, उनको जवाफ आयो । कति कामले फोन गर्नु भयो कुन्नी, मैले जिज्ञासा राखें । उनले भने दाइ तपाइसंग काम त असाध्यै धेरै थियो, लामो समय सम्म संग संगै काम गर्ने इक्षा जागेर फोन गरेको । दाइ कुरा नलुकाइ भन्न चाहान्छु तपाइको इमेल ठेगाना पांउ‘ न, मैले तपाइलाइ केही सामाग्री पठाउनु छ । Continue reading

मान्छे

– शशी पौडेल

हा“स्न सक्छ मान्छे
रुन सक्छ मान्छे
ह“साउन र रुवाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो ।

सतहमा हिड्ने हो मान्छे
उकाली ओरालीमा कुद्ने हो मान्छे
भ¥याङ चढन र चढाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो । Continue reading

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल
मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउ“मा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि ।
उता क्रिश्चियन धर्मबारे बाइबलमका कुरा ग¥यौं भने पनि बाइबलको प्रमुख कथाका पात्र नै जेसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफको म्यारीस“ग प्रेम सम्बन्ध बसेपछि म्यारी गर्भवती भएको र अविवाहित नारी गर्भवती भएपछि इजरायलमा बस्न त्यतिबेलाको सामाजिक मान्यता अनुरुप अप्ठ्यारो पर्ने भएकाले भाग्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको वीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन । Continue reading