Youth suffering depression due to jobless

Picture from Google

A “frightening” wave of austerity-stoked chronic depression is battering young people across the country, researchers found today.

The Prince’s Youth Trust found that 27 per cent of working young people are “always” or “often” depressed – while the figure rocketed to 48 per cent for those not in paid work, education or training.

More than one in 10 young people said they felt unable to cope with day-to-day life, rising to a fifth of those with neither employment, education or training, according to the trust’s annual Youth Index. Continue reading

कात्तिके दान

मिलन तिमिल्सिना

मात्तिएका कुकुरलाई मात्र होइन, माग्ने मान्छेलाई समेत कात्तिक फलिपाप हुने याम हो । कात्तिकमा गाउठाउ, सडकचोक र बजार भुक्ने र भट्याउनेले भरिभराउ हुन्छन् । तिहारको मौका छोपेर देउसेभैलो भट्याउने सिजन यही भएकाले झोलीतुम्ला बोकेर घरघर चाहार्ने धेरै भेटिन्छन् यो बेला । कुकुरलाई गल्ली चाहार्ने चटारो भन्दा पनि बढी हुन्छ, देउसीभैलोलाई । देउसीको नाममा मागेर गोजी र झोली भर्न पाईन्छ भने किन पछि पर्ने । त्यसैले धक फुकाएर माग्ने बेला यही हो ।

चाडमा बलीराजाको आड लिएर घरघरमा पुगी भट्याउनेले माड पनि गतिलै भेट्छ । राजा हटेपनि बलीराजालाई मान्ने परम्परा अहिले पनि उस्तै छ । कात्तिकमा माग्नेलाई तिनै बलीराजाले पठाएका हुनाले दान गर्नुपर्छ भन्ने मान्यताले देउसीभैलो खेल्नेको गोजी भर्न सहयोग पुग्ने गरेको छ । कात्तिके दानको नाममा माग्नेले कानै टट्याउने गरी भैलो खेल्छ । दिनेले धान नै सिध्याउने गरी दैलो खोल्छ । त्यसैले कात्तिक माग्नेको खेलो र दिनेको मेलो बढाउने सिजन पनि हो । Continue reading

शर्मा मरणोपरान्त भ्रष्टाचारी

मृत्यु भएको साढे चार वर्षपछि पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधबार उनलाई भ्रष्टाचारीको बिल्ला भिराएको हो ।
शर्माले मन्त्रीपदमा रहदा २ करोड २७ लाख ७६ हजार ४ सय २४ रुपियाँ १९ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले बिगो जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले शर्माको कुल सम्पत्ति तीन करोड ७२ लाख ८९ हजार २ सय १६ मध्ये २ करोड २७ लाख ७६ हजार ४ सय २४ रुपियाँ अवैध ठहर गरेको हो । Continue reading

पाठकहरुको प्रतिकृया पढेपछि

मलाइ प्रायजसो पाठक प्रतिकृया पढेपछि अरु लेख्ने उर्जा प्राप्त हुन्छ । अझ खास गरि पछिल्ला दिनहरुमा प्रकासित सामाग्रीहरुका बारेमा प्रिय पाठक बृन्दबाट आएका प्रतिकृयाहरु अझ उर्जाशील हुने गर्दछन् । किन भने पाठकहरुको धक नमानीकन मनमा लागेका कुराहरु लेखेर वा मौखिक प्रतिकृया दिने बानी छ । मेरै कतिपय लेखमा पनि पाठकबृन्दबाट मिश्रित प्रतिकृया आउने गरेको छ । जस्तै कन्सपिरेसी थेउरी, बाहुनबादी, पाँच मिनेट खेर गएको र अर्को तर्फ राम्रो, उच्च, गहन अध्ययन भएको मान्छे, यसबारे अरु पढ्न मन छ, यसलाइ अरु बिष्लेषण गर्नुस् वा अरु तन्काउनुस् आदी आदी ।  Continue reading

समाजसेवा कि भ्रम ? -सुमन पोख्रेल

गत हप्ता मैले सौर्य दैनिक,  अनलाइन खबर डट कम अनि मेरै ल्बगमा पनि  एन् आर एन र दिनबन्धु बारे केही कमि कमजोरी औल्याए पछि केही ब्यक्तिहरुले आफ्नो नाम र टेलीफोन नम्बर लुकाएर मलाइ टेलीफोन गरी धम्काउन थालेका छन् । हुनत मैले त्यसबारे अनुसन्धान गर्न निज ब्यक्तिको भ्वाइस रेकर्ड गरी नेशल युनियन अफ जर्नालिष्ट मार्फत प्रहरीलाइ बुझाइ दिएको थिंए । उनिहरुले चौबिस घण्टा भित्रै टेलिफोन नंबर र उक्त नंबर दर्ता भएको ब्वक्तिको नाम पत्ता लागेको खबर दिइसकेका छन् ।
 समाजसेवा केहो ? अहिले समाजसेबाको नाममा के कस्ता काम भैरहेका छन् भन्ने अत्यन्त उपयोगी लेख मैले मित्र गोपाल सिबाकोटी चिन्तन मार्फत प्राप्त गरेको हूँ । सुमन पोखरेलद्धारा लिखित “समाज सेबा कि भ्रम ” भन्ने लेख अत्यन्त उपयागी लागेकाले यहाँ प्रस्तुत गरेको छु । -शशी पौडेल Continue reading

कंग्रेस (आई) को जरा हल्लिइसकेको छ – बाबा रामदेव

जसको कुनै सम्मान नै छैन उसको अपमान नै हुँदैन’ ।

‘हामी हारेर होइन, जितेर जाँदै छौँ ।

‘प्रधानमन्त्रीले अगस्त १५ को भाषणमा कालो सम्पत्तिबारे बोल्नुपर्छ, ।

उक्त कुरा योग गुरु राम देबले आफ्नो अनसन तोडेर रामलिला मैदान छोड्ने बेलामा ब्यक्त गरेका हुन् । Continue reading

साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन्

सउदी अरबले पहिलो पटक ओलम्पीकमा भाग लिन दुइ महिला खेलाडीलाइ पठाएको थियो, उनिहरुलाइ राज्य स्तर र सामाजिक सतरमा नै सम्मान गरिनु पथ्र्यो तर त्यसो हुन सकेन । सम्मानको बदला उनिहरुले त्यहाँ अपमान खेपीरहेका छन् । एक समाचारका अनुसार ’ ओलम्पिकमा सहभागी भएलगत्तै ओलम्पीक दुइ महिला खेलाडीहरु   आलोचनाको पात्र बनेका छन् र  मानिसहरू उनीहरूलाई ‘ओलम्पिक खेलकुदका वेश्या’ भनिरहेका छन् ।

यसअघिका ओलम्पिक खेलकुद संस्करणमा साउदी अरबले कहिले पनि महिला खेलाडी भाग लिन नपठाएको पृष्ठभूमिमा ती दुवै खेलाडीको सहभागिता मात्रै पनि विश्वव्यापीरूपमा चर्चाको विषय बन्यो । उनीहरूले प्रतिस्पर्धा गरेका हरेक क्षणका तस्बिर विश्वभरका अखबारमा छापिए । तर साउदी अरबभित्रै रहेका मिडियाले भने यी खेलाडीलाई वास्ता नगरेको पाइएको छ । Continue reading

राजकुमारको विवाहमा ३० अरब राष्ट्रिय घाटा हिरक उत्सबको हिसाब किताव आउन बाँकी

–शशी पौडेल
राजकुमार विलियमको विवाहवाट राष्ट्रलाई ३० अरब स्टरलिङ्ग पौण्ड घाटा लागेको अर्थविदहरुले बताएका छन् । २०११ सालको २९ अप्रिल शुक्रवार राजकुमार विलियमको विवाहका कारण एक दिनका लागि राष्ट्रिय विदा घोषणा गरिएको थियो । त्यति वेला बेलायतका प्राय जसो उद्योग धन्दा झण्डै दुईहप्ताका लागि बन्द भएका थिए । लाखौं मजदुरहरुले भने गतबर्ष लामो इष्टर होलिडे र त्यसपछि मई दिवश अनि मई दिवशमा दिइने सोमवारको बैंक होलिडेकावीच भएको राजकुमार विलियमको विवाहमा दिइएको राष्ट्रिय विदाले झण्डै दुई हप्ता विदा मनाउन पाएका थिए ।
मजदुरहरुले सोमवार, मंगलवार, अनि बुधवार जम्मा जम्मी तीनदिन आफ्नो घर विदा लिंदा यसको प्रतिफल एघार दिन विदा भएको थियो । २२ अप्रिल शुक्रवार गुड फ्राइडेबाट २५ तारिक इष्टर सोमवार सम्म यसै विदा थियो । अनि शुक्रवार २९ अप्रिल विलियमको विवाह, शनिवार आइतवार अनि सोमवार २ तारिक मे का दिन बैंक होलिडे । क्या मज्जा । Continue reading

Rambaran & Baburam are Dangerous Element in Nepal

-Dirgha Raj Prasai
The constitution could not be drafted in time following the expiry of Constituent Assembly. In such situation President and PM can’t exercise their power. But Rambaran Yadav and Baburam Bhattarai are clinging to their posts like a leech and sucking Nepal’s blood. Their treacherous behavior has created instability in the nation. The dead interim constitution cannot secure the post of President, as well as Baburam’s PM post is also unsecured. The airplane in which Rambaran and Baburam Bhattarai are travelling bursts into flames in the sky, and then will they live? With the dissolution of the Constituent Assembly (CA) interim constitution was cremated. Down with persons willing to bargain off the country for power positions! So in a sense, Rambaran Yadav who opened the gates of treason is considered more fatal than the leader of treacherous acts–Baburam Bhattarai. Continue reading

परिचय खोज्दै बिदेशमा नयाँ पुस्ता

Picture by Neha Sharma, Radio Journalist

–शशी पौडेल
बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा सताब्दी पहिले देखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपी नेपाल, भारत र बेलायतवीच सम्पन्न त्रिपक्षीय सन्धी पश्चात दुईसय बर्ष अघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा बेलायत आउन थालेका हुन् । गोर्खालीहरुलाई ९० को दशक सम्म पनि ज्यादै कम बेलायत ल्याइन्थ्यो । विशेष गरेर सिङ्गापुर प्रहरी र हङ्गकङ्गमा सैनिक सेवामा राखिने गर्दथ्यो । र उनीहरुलाई बेलायतले आवाशिय अधिकार दिएको थिएन । तर विश्व ग्लोवलाइजेशनले संसारलाई एक कुनाबाट अर्को कुनामा चिनाउन सजिलो पारीदियो । अर्कोतिर नेपालमा २०४६ (१९९०) को राजनैतिक परिवर्तन पछि नेपालीहरुले पनि आफ्नो उज्यालो भविश्य हेर्न संसारका विभिन्न मुलुकमा उड्न र गुड्न थाले । र नेपालीहरु बिकशित मुलुकहरु बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया एंव युरोपका विभिन्न मुलुकहरुमा मात्र हैन अरवका खाडीमा समेत पुगेर जीविकोपार्जन गरिरहेका छन् । Continue reading