राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् ।

उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो ।

हिजो बिहिवार Westminster मा सम्पन्न एक कार्यक्रमा राजदूत डा चालिसे सहित ६ जना विशिष्टि व्यक्तिहरुलाई विभिन्न ३ वटा विधामा सो अवार्ड प्रदान गरिएको थियो । सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा Conservative पार्टीका सांसद Robert Buckland, Labor Party का सांसद Debbie Abrahams, House of Lord का सदस्य Baroness May Blood MBE बेलायतका लागि ब्राजिलका राजदूत H.E. Roberto Jaguaribe र Colombia  का राजदूत H.E. Mauricio Rodriguez Munera  छन् ।

पुरस्कार बितरण समारोहमा वोल्दै राजदूत डा चालिसेले  “विश्वमै परिश्रम र अनुशासनका लागि परिचित रहेका गोर्खाली नेपालीहरुलाई बेलायती समाजमा समायोजन गराइनु अपरिहार्य रहेको छ ” भने । उनले  Grassroot Diplomat ले आफनो कार्यको कदर गर्दै अवार्ड प्रदान गरेकोमा  खुसी व्यक्त गर्दै भने “बेलायतमा वसोवास गरी रहेका विभिन्न आर्थिक सामाजिक र सांस्कृतिक पहिचान वोकेका नेपालीहरुलाई बेलायती समाजमा समायोजन गराउन यस अवार्डले दूतावास र मलाई अझ उत्साहित गर्ने छ ” ।

सो अवार्डका लागि बेलायत स्थित उच्च्स्तरीय राजनीतिज्ञ, सरकारी पदाधिकारीहरु तथा कुटनीतिज्ञहरु गरी ५० जना मनोनित भएका थिए ।

पुरस्कारका लागि Conservative पार्टीका सांसद सदस्यहरु Robert Buckland, Zac Goldsmith, Richard Ottaway, Mark Grainer, Helen Grant, Nadhim Zahawi, Caroline Dineage, James Duddridge, Richard Harrington र  Golden Henderson Labor Party का सांसद सदस्यहरु Tom Watson, Jermy Corbyn र Debbie Abrahams  तथा House of Lord का सदस्हरु Lord Tim Clement-Jones, Lord Diljit Rana, Baroness May Blood MBE र Baroness Dorothea Gelnes Thornton मनोनित भएका थिए । यसैगरी Consellor Chris Maines, Rajwant Singh Sidhu र Lindsey Hall तथा वेलायतका लागि ब्राजिल कोलम्विया, अर्जेन्टिना, फिनल्याण्ड, फिलिपिन्स, होण्डुरस, मल्डोभा, स्लोभानिया र इजरायलका राजदूतहरु पनि सो अवार्डका लागि मनोनित भएका थिए ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *