“पाडो लाटो भएकाले दुध खान्छ काग बाठो ……”

तस्वीर दैनिक नेपालबाट

तस्वीर दैनिक नेपालबाट

नेपालीमा एउटा उखान छ “पाडो लाटो भएकाले दुध खान्छ तर काग बाठो भएकाले आची  खान्छ ।” हो यस्तै भएको छ नेपालमा अहिले । आफुलाइ निकै बाठी भन्ने प्रहरीको भिडन्तमा मारिएका गुण्डा चरीको प्रेमिका खुश्बु ओलीको अवस्था । चरी मारिएपछि मेडियामा आएर निकै चर्चित हुन पुगेकी खुस्बुले अन्ततः चरीको मुत्युमा प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो सहभागिता रहेको स्वीकार गरेकी छन् । तर पनि प्रहरी खुश्बुलाइ पक्रिने तर्फ लागेको छैन । यद्यपी खुश्बुलाइ प्रहरीले धेरै पहिलेनै पक्राउ गरी जेल हालीसक्नु पथ्र्यो । आफूले गरेको ठगी नदेख्ने खुश्बुले चरी मारिएकोप्रति विभिन्न सञ्चार माध्यमहरुमा डिएसपीद्वय सोमेन्द्र सिंह राठौर, प्रजित केसी, इन्सपेक्टर कुमुद ढुंगेल र अर्पण कोइरालाको नाम मुछेर घटनालाई अतिरञ्जित र राजनीतिकरण गरिरहेकी  छन् ।  जवकि गुण्डा चरीले हरेक काम खुश्बुका लागि गर्दा रहेछन् भन्ने कुरा यस अघिनै खुलासा भैसकेको हो । यदि प्रहरीले यस अघिनै खुश्बुलाइ पक्राउ गरेर सोध पुछ गरेको भए गुण्डा चरीलाइ त्यतिखेरै भेटाउन सक्थे । तर नेपालका घुसखोर प्रहरीले त्यसो गरेनन् बरु खुश्बुले नक्कली कागज प्रहरीका सामु पछार्दा डराएर उल्टै प्रहरीले कब्जामा लिएको गाडी समेत फर्काइ दिएका थिए ।
घटनालाइ अतिरञ्जित राजनितीकरण गरेर प्रहरी बिरुद्ध जनमत श्रृजना गर्ने कुटिल मनशायले अभियानमा जुटेकी खुश्बुले बिभिन्न ब्यापारीहरुलाइ लाखौं ठगेको  कुरा आजमात्र सार्वजनिक भएको  होइन । चरी खुश्बुको रिमुट कन्ट्रोलबाट चल्छन् भन्नेकुरा पनि प्रहरीलाइ यस अघिनै जानकारी थियो । खुश्बु ओलीले अर्पण कोइरालासँगको प्रेम सम्बन्ध चिसिएपछि डन चरीतिर लागेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको कुरा पनि  त्यतिबेलै खुलेको हो । खुश्बुले बिभिन्न ब्यक्रिहरुबाट सरसापटक नाममा रुपैयाँ लिएर ठगी गर्ने  गरेको रहस्य चरी मारिनु अघिनै खुलेको थियो ।
अर्पणसँग सम्बन्ध टुटेपछि डन चरीसँग नजिकिन पुगेकी खुश्बु वलीले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ । मिटर ब्याजमा पैसा लगानी गर्ने काम पनि गैर कानुनी हो । यस अर्थमा पनि यदि खुश्बुलाइ त्यतिबेलानै प्रहरीले आफ्नो नियन्त्रणमा लिएको भए यस्ता गैरकानूनी धन्दा गर्नेहरुको पनि लामै लिष्ट तयार हुनेथियो । तर प्रहरीले त्यसो गर्न चाहेन किनभने प्रहरी आफैले पनि यस्ता गैरकानूनी धन्दा गर्नेहरुबाट हप्ता उठाएर खाने गर्छन् ।
मिस टिनको विजेता समेत रहेकी खुश्बु वलीले पछिल्लो समय न्यूरोडका ब्यापारी अमित मित्तललाई ५० लाख ठगी गरेकी छिन् । सापटको नाममा लिएको रकम फिर्ता नपाए पछि मित्तलले प्रहरीमा जाने धम्की दिएका थिए । मित्तलको धम्की सहन गर्न नसकि  मोडल वलिले आफ्नो प्रेमी चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएकी थिइन्  ।
चरी र खुश्बुका समाचार पढ्दा नेपाली जनमानस थाकिसकेको अनुभूती अव हुन थालेको छ । एक मित्र नारायण गाँउलेले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्छन् — “फेसबुक खोल्यो, खुश्बू ओलीको यो र त्यो खुलासा शीर्षकको समाचारले होमपेज भारिएको छ । स्क्रोल गर्यो, श्वेता खड्का अब के गर्दै छिन् शीर्षकमा एक दर्जन समाचार छन्, अनि अझै तल झर्यो केही यस्ता गजलहरू छन् ।
तिम्रो शरीर ……..।
तिम्रो जबानी ………।
उनको भोगाइ समग्र नेपालीहरुको भोगाइ हो । उनले नेपाली पत्रकारिता जगतले बाटो बिराएको होकि भनेर नै यस्तो ब्यंग गरेका हुन् । उनका ती पंतीहरु बुझ्नेका लागि काफी छन् । मुलुकमा  पत्रकारिताले चौथो अंगको भूमिका निर्बाह गर्नु पर्ने हो । तर त्यसो नभै पत्रकारिता ब्यापारिकरण भएको छ । जजस्ले रुपैयाँको मुठा दिन्छन् उनिहरुको अन्तवार्ता छाप्ने, उनिहरुलाइ प्रथमपृष्ठमा ल्याउने तर मुलुक कुनबाटो गैरहेको छ ? समाजले के चाहिरहेको छ ? राष्ट्रियताको सवालमा पत्रकारिताले के कस्ता जिम्मेवारी बहन गर्नु पर्ने हो भन्ने तर्फ भने बहुसंख्यक पत्रकारहरु चनाखो भएको देखिदैन । आखिर केनै भएको थियो र एउटा गुण्डा न मरेको थियो । यदि उ कानुनी राज्यमा जन्मेर हुर्केर त्यत्ति हर्कत गरी लुटपाट मच्चाउने ठग्ने र मान्छे मार्ने गरेको भए उसलाइ धेरै पहिलेनै अदालतको निर्णयले झुण्ड्याइ सक्थ्यो । यदि मृत्युडण्डको ब्यवस्था नभएको मुलुकमा हुन्थ्यो भने पनि उ कालकोठरीमा पुगिसक्थ्यो ।
भनिन्छ गर्नेको भन्दा गराउनेको हात ठुलो हुन्छ । त्यस अर्थमा चरी भन्दा खुश्बु कम गुण्डा होइन तर प्रहरीले खुश्बुलाइ हतकडी लगाउन किन सकिरहेको छैन ? जनताले यसको उत्तर खोजीरहेको बेला नेपाली मेडियाले खुश्बुलाइनै माथी उचालेर कानुनी राज्यको उपहास गरिरहेका छन् । यसैले जवसम्म नेपाली पत्रकारिता जगत राज्य र जनता प्रति गंभीर हुन्न तवसम्म यस्ता समाचारहरु पढिरहनु पर्ने दुर्भाग्यबाट नेपालीहरु मुक्त हुनेछैनौं ।

Bookmark the permalink.

2 Responses to “पाडो लाटो भएकाले दुध खान्छ काग बाठो ……”

Leave a Reply

Your email address will not be published. Required fields are marked *