“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

Dipak-raj-and-bijaya-kumar-pandey-शशी पौडेल
अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि पूर्ब प्रधान सेनापति रुकमागत कटुवालले भाडामा लेखाएर, अनि अहिले “सोधपुछे” पत्रकार बिजय कुमारले “खुसी” शिर्षकमा एउटा पुस्तक लेखेर अरुबाट निकै प्रसंशा बटुल्न चाहेका थिए तर यो पुस्तक प्रकाशन गरे पछि उनले नेपाली जनताबाट अहिलेसम्म पाएको इज्जतमा उल्टै दाग लाग्न थालेको छ । Continue reading

लंका मा सुन छ, कान मेरो बुच्चै !

Boz Raj-भोज राज
…. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! …..
कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा !
भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १० करोडमा मागेका थिए मैले दिइन, मेरो जमिनलाई ५ करोड दिएका थिए, बेचिन यार,  मेरो घरबाट महिनाको ७० हजार रुपियाँ आउँछ इत्यादि इत्यादि Continue reading

एनआरएनएको अर्को कुम्भ मेला

NRN Logo-रोशन राइ
गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र उनीहरुको क्षमतालाई  केन्द्रले चुनौती दिँदै सायद असक्षमताका कारणले होला– न त त्यहाँका महासचिव न त त्यहाँको अध्यक्षको कुनै भूमिका रह्यो । Continue reading

गगन थापा तिमीले पनि डन पाल्ने ?

Gagan Thapaसमाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार पढ्दा नेपालमा एक प्रकारको निराशा पैदा भएको छ । भखैरै मात्र कांगे्रसी युवा नेता एबं सम्बिधान सभासद गगन थापाले आफुले पालेका डन कुमार घैंटेलाइलाइ कानूनी दायराबाट जोगाउन भिसा मिलाइदिएर बिदेश पठाएका छन् । Continue reading

क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

Govind-Belbase– गोविन्द बेल्वासे

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन नजाने ‘काउछो’सरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन। यसका सम्बन्धमा सबैसंग आ–आफ्ना अनुभव होलान नै। मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन, तर पनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला । Continue reading

अमेरिकाः बिभाजित मुलुक

Ferguson Voilence—शशी पौडेल
अमेरिकाको फेरगुसनमा केहिदिन यता देखिएका तस्वीरहरुलाइ नियालेर हेर्ने हो भने अहिले पनि अमेरिकामा रंगभेदको गन्धमात्र होइनकि रंगभेदका कारण त्यहाका जनता पिडित रहेछन् भन्ने बुझ्न कठिन पर्दैन । १४ सेप्टेम्बर २०१३का दिन नर्थ कारोलाइनको चारलोटे भन्ने ठाँउमा  गोरे प्रहरीहरुले एक २४बर्षीय कालाजातीको निहत्ता युबकलाइ गोली हानेर मारे । प्रहरीले उसको शरीर १०वटा गोलीले छिया छिया पारे । के तपाइहरुले यो समाचार सुन्नु भएको थियो ? मैले त त्यतिबेला सुनेको थिइन । Continue reading

राजनितीमा बिष भरिएपछि

RIP Middle Classकहिलेकाँही हामीलाइ राजनेताहरुबाट ठगिएको महशुस हुदा, राजनेताहरुले भ्रष्टाचार गरेको देख्दा, हाकाहाकी ढाँटेको सुन्दा र उनिहरुले मुलुकको समस्यालाइ एकातिर थन्क्याएर अनाबश्यक बुंदाहरु वा जनताको चाहाना र इक्षा बिपरितका कुराहरुलाइ महत्वपूर्ण बनाएर सर्बसाधारण जनताको मनमा असन्तुष्टी मात्र होइनकि आक्रोस समेत पैदा गराएको देख्दा मुलुकमा फेरी एकपटक पुष्पलाल, मनमोहन, बीपी, गणेशमान, कृष्ण प्रसाद भट्टराइ र मदन भंडारी एवं जीबराजहरु जन्मिनु पर्ने महशुस हुने गरेको छ । तर कहिलेकाँही भने यो सोचाइ आफैमा गलत लाग्ने नभएको पनि होइन । किन भने केही समय यता मैले नेपाली राजनितीलाइ अर्कोढंगले बुझ्ने प्रयास गरेको छु । Continue reading

अरुलाइ हंसाउने आफै रोएर मरे

Shree Krishna Shresthaहो कहिलेकाही यस्तै हुने रहेछ । जसले आफ्नो जीबनभर अरुलाइ हंसाएरRobin williams मनोरन्जन दियो उसैले एक्लो कुनामा आत्महत्या गर्न पुग्ने रहेछन् । रबिन विलियमस संसार प्रशिद्ध हाँस्य कलाकार एवं हलिउडका स्टार हिरोले आजै ६३ बर्षको उमेरमा आत्महत्या गरेको समाचार निमेसभरमा संसार भरी फैलियो । अंग्रेजी फिल्म हेर्ने संसारका मान्छेहरुले सायदै उनलाइ भुल्न सक्छन् । उनि खेलेका दुइवटा फिल्म हेरेको मलाइ अझै पनि सम्झना छ । ती दुइ मध्य अझ बिशेष गरेर गुड वील हण्टिंग चाहीले मेरो मनलाइ जित्न सकेको हो । Continue reading

“मधेश” भन्ने नेताहरुको मुखमा बुजो

Deepak Naneral-दीपक मनराल

हाम्रा तराई-आधारित राजनीतिक दलका नेताहरूले चाहेको र सोंचेको बिपरित, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा  सम्बोधन गर्दाको भाषणमा “मधेश” भन्ने शब्दको सट्टा तराई भन्ने शब्द बारम्म्बर प्रयोग गरिदिंदा, ति तराई आधारित नेताहरूलाई पर्नु सम्म पिर परेको देखिन्छ. तर, यो कुरा नेपालको लागि बहुत सकारात्मक हो. हुँदै नभएको “मधेश” लाई के को मधेश भन्दै कुर्लंदै हिंडछन् हँ, यी “नेताहरू?” जबर्जस्ती “मधेश” भन्दै हज्जार पटक झुट बोल्दैमा नभएको चिजलाई सत्य साबित गर्न मिल्छ र ? Continue reading

बिश्वब्यापीकरणले दिएको पीडा

logo-globalगए राती तीनबजे हाम्रो छिमेकीले भित्ता ढ्वांग ढ्वांग हानेको आवाज आयो । यी छिमेकी मध्य पुरुष चाँही पुगनपुग ८० बर्षका थिए । पत्नी भने उमेरले अली कान्छी हुनुपर्छ । एकहप्ता अघि पत्नीचाँही छोरा भेट्न अमेरिका गइन् । उनी अमेरिका जाने बेलामा आफ्ना पतिलाइ यसो कहिलेकाँही रेख देख गरिदिनु भनेर उनको घरको साँचो हामीकहाँ छोडेर गएकि थिइन् । यसो त ती बृद्ध पुरुषको रेख देख र खान पिन ल्याउनकालागि उनले अलग्गै ब्यवस्था गरेर छोडेकी थिइन् । तर पनि रातीमा एक्लै हुनेभएकाले साँचो हामीकहाँ छोडेकी हुन् । Continue reading