आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

Bashu Mishra-बाशुदेब मिश्र
१० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका इन्टेलिजेन्स एजेन्सीहरुलार्ई आईएसआईएस को हुन् भन्ने थाहा भएको भएता पनि संसारभरिका सर्बसाधारणहरुमा दुइ देश (सिरिया र इराक ) लार्ई एकैसाथ हल्लाउन सक्ने त्यो कुन शक्ति हो र कहाँबाट संचालित छन् भन्ने कौतुहलता जागेको छ । विशेष गरी राजनीतिले अत्यन्तै ग्रस्त हाम्रो जस्तो तेस्रो विश्वको समाजमा घटनालार्ई निरपेक्ष ढंगले लिइन्छ, एकांगी तवरले केलाईन्छ, Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

Bamdev-Gautamमलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो।

हाम्रो पार्टीभित्र तीन जनाले अध्यक्ष हुने मन गर्नुभएको छ। मैले भित्रभित्रै ‘यी तीन जनाभन्दा त मै हुनुपर्ने हो, त्यो चाहिँ किन भन्दैनन्’ भनें। Continue reading

बाबुरामको घोषणाले स्थाइत्व पाओस्

नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर  प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ । तथापी उनको यो घोषणाले नेपाली जनमानसलाइ खुसी तुल्याएको छ  भने अन्य पार्टीका बुढा नेताहरुलाइ भने मार हानेको छ । नेपाली कांग्रेसका शेर बहादुर देउवा, राम चन्द्र पौडेल एमालेका माधब नेपाल, के पी ओली हरुलाइ बज्रपात परेको हुनु पर्छ किनभने उनिहरुलाइ भबिश्यमा नेपाली जनताले पद छोड्न दवाब दिने छन् । सुनिन्छ यिनीहरु डा बाबुरामको उक्त घोषणा फिर्ता गराउन निमित्त दौड धुप गरिरहेका छन् ।

Continue reading

“ट्रेडमार्क कम्युनिजम”को पिडा

-डम्बर खतिवडा
केही महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक औपचारिक कार्यक्रमपश्चात् अनौपचारिक कुराकानीमा एकजना सहभागीले मलाई सोधे, ‘सर  तपाईंहरू अलिक बढी नै लेखपढ गर्नुहुन्छ । राजनीतिक टिप्पणी पनि लेख्नुहुन्छ । आफूहरूलाई स्वतन्त्र पनि भन्नुहुन्छ । विश्लेषण पनि गर्दै हिँड्नुहुन्छ । लौ भन्नुस् त, नेपालमा यतिका धेरै कम्युनिस्ट छन्, को चाहिँ खाँटी कम्युनिस्ट हुन् ?’ प्रश्न मेरा लागि अनपेक्षित थियो । जीवनमा मैले कहिल्यै यसरी सोचिनँ । नेपालका कुन कम्युनिस्ट खाँटी हुन् ? कुन नक्कली ? तसर्थ झट्ट कुनै उत्तर फर्काउन सकिनँ । केहीबेर मौन रहेँ । Continue reading

अष्ट्रेलियाली प्रधानमन्त्री समक्ष बुद्ध मूर्ति उपहार

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो । Continue reading

Nepali Temple in Plumstead Welcomes Sacred Hindu Pot ‘Green Kumbh’

by Surya Upadhya

Dr Kusum Vyas ji brought the ornate pots known as ‘Green Kumbhs Kalash’ to the first Nepali Temple(Pasupatinath Mandir) in UK at Swingate Lane, SE16 2DAC, Plumstead on 2 June 2013 at 1200 hours as part of a unique and colourful pilgrimage symbolising their commitment to protecting the environment. Distinguished International Visiting Professor of Universitas Mahendradatta, Bali, Indonesia and founder of the Living Planet Foundation and Green Yatra Action Network (GYAN) Dr Vyas spoke on various programmes and projects launched at her initiative on climate change. Continue reading

घर र समाजबाटै पीडित दलित महिला

– नेहा शर्मा

काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्। Continue reading

नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले

—शशी पौडेल
“आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो । नत हामीलाइ बाटोमा कसैले छेणखान गथ्र्यो, न त कुनै ट्याक्सी चालकले हामीलाइ ठग्यो, न त यात्रुहरुले ट्याक्सी चालकलाइ ठगेको खबर सुनियो । काठमाण्डौ रत्नपार्कबाट पाटनढोका सम्म पुग्न बसभाडा २० पैसा मात्र थियो । १९८२ देखि १९८५ सम्म म काठमाण्डौमा कार्यरत रहें । नेपाल यति शान्त थियो, अहिले यी कुराहरु गर्दा सायद पौराणिक कथा जस्तो लाग्ला किनभने अहिले नेपालमा अपराध यति चुलियो कि यो भन्दा बढि माथि चुलिने कुनै ठाउनै छैन जस्तो लाग्छ ।” Continue reading

कस्ले कस्ले भोगे अवहेलनामा सजायँ

-अश्विन कुमार
राज्यका तीन अंगमध्ये अदालतको पनि अन्यजस्तै आफ्नै मर्यादा र विशेषाधिकार छन्। ति विशेषधिकार पालना र कार्यान्वयनका लागि अदालतले प्रचलित संविधान, कानून र नियमको परिधिभित्र रही विभिन्न मापदण्ड निर्माण गर्न सक्छ ।
तर, तिनै मापदण्ड र अदालती मर्यादाका बिषयमा विवाद हुँदा धेरैलाई अदालतले अवहेलना मुद्दा चलाएका छ कारवाही समेत भएका छन । यसमा सञ्चार क्षेत्रका समेत धेरै व्यक्ति तानिएका छन । बहुदल स्थापनाका केही बर्षसम्म पनि अदालतले पुरानै परम्पराबट अवहेलनाको कारवाही जारी राख्यो । पछिल्ला केही बर्षहरुमा प्रेसप्रति उदार देखिएको अदालत फेरि एकपटक अनुदार बन्ने प्रयास गरिरहेको छ । अदालतको यो कामको चौतर्फी रुपमा आलोचना समेत भइरहेको छ । अवहेलनामा कसूर स्थापित भए सर्वोच्च अदालत नियमावली अनुसार बढीमा एक बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । Continue reading

प्रधानमन्त्री सत्ताकब्जाको लागि अनुकूल बातावरण बनाउँदै

नेकपा एमालेका संविधानसभा–संसदीय विभागकाप्रमुख भरतमोहन अधिकारीले एक बक्तब्य प्रकाशित गरी मुलुक क्षतबिक्षत भएको, प्रधानमन्त्रीले राष्ट्रियता धरापमा पुर्याएको एवं सत्ताकब्जाका लागि आफ्नो अनुकूल बनाएको भन्दै एक बक्तब्य प्रकाशित गरेका छन् । बक्तब्यको पूर्ण पाठ यसप्रकार छ ।
डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारले आज १ बर्ष पूरा गरेको छ । शान्ति, संविधान, सुशासन र समृद्धिको नारा लिएर निर्वाचित भएका प्रधानमन्त्रीले यी उद्देश्य पूरा हुन नसकेमा आफ्नो सरकारको कुनै औचित्य नहुने र त्यस्तो अवस्थामा आफू एक मिनट पनि प्रधानमन्त्रीको कूर्चीमा नबस्ने उद्घोष गरेका थिए । तर यो बर्षमा सरकार आफ्ना यी चारवटै उद्देश्यमा असफल भएको मात्रै होइन, यसकै कारण संविधानसभा विघटन हुने, शान्ति प्रक्रिया अलपत्र पर्ने, राजनीतिक दलका बीचमा द्वन्द्व र धु्रवीकरण निम्त्याउने, सुशासनको साटो मुलुक कुशासनको चपेटामा पर्ने र समृद्धिका जनचाहनामाथि तुषारापात हुने स्थिति सिर्जना भएको छ । सरकारको यो एक बर्षे कार्यकालमा भएका जनता र राष्ट्रका दीर्घकालीन हित विपरीतका कदम, निर्णय र गतिविधिको बारेमा जनतालाई सुसूचित गर्नु र छिटोभन्दा छिटो यसलाई बिदा गरेर राष्ट्रिय राजनीतिलाई सहमतिको बाटोमा फर्काउनु अपरिहार्य भएको छ । Continue reading