दसैं बहिस्कार गर्नेहरुलाई

किशोर चाम्लिंग राई

दशैंलाई घोषितरुपमै बहिस्कार गर्नुपर्छ भन्ने अभियान ०४६ पछि गोरेबहादुर खपाङ्गीलगायतका केही जनजातिले चलाए । अहिलेसम्म पनि कतिपय मंगोलहरु दशैं बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा लागिरहेकै छन् । अधिकांश नेपाली क्रिश्चियनहरु दशैंप्रति असाध्यै अरुची व्यक्त गर्छन् । यता राज्यलेचाँहि संविधानमा धर्मनिरपेक्षता घोषणा गरिसक्दा पनि वर्षैपिच्छे राज्यकोषबाट कर्मचारी, प्रहरी र सैनिकलाई दशैं पेश्की बाँड्न छाडेको छैन । ०६४ पछि राज्यले दशैं पेश्की खारेज गर्नुको साटो निजामति सेवा ऐन संशोधन गरेर सबैलाई ‘चाडपर्व खर्च’ बाँड्ने धर्मसापेक्ष कानून बनाएको छ । Continue reading