तुलनामा: बहुदलीय डन र पञ्चायती गुण्डा

King-mahendra-of-nepalकमाए नाम जो भन्छ उ बैरत्व कमाउछ,
कमाए दाम जो भन्छ आफ्नो खाल्टो उ खन्दछ ।
स्वर्गिय राजा महेन्द्रले उक्त कबिता कुन प्रसंगमा लेखेका थिए ? सायद अहिले कसैले अनुमान गर्न सक्तैन होला । उनले नेपाली जनतालाइ इमान्दार भएर देश सेवामा डट तव मात्र मुलुकको उद्धार हुने छ  भन्न खोजेका हुन् कि, अथवा नाम र दाम कमाउने जिम्मा त हामी राजाहरुको मात्र हो, तिमीहरु सधै प्रजा भएर राजदरबारबाट केही पाइएलाकि भनेर आशामुखी भएर वस भनेर जनतालाइ नाम र दामबाट निरास गराइ टाढा राख्ने प्रयत्न स्वरुप लेखेका हुन् ? अथवा तेस्रो तर्क भाइहरुहो मलाइ धन दौलत र नाम केही कमाउनु छैन यो देश बनाउनु छ मलाइ साथ देउ भनेका हुन् ?  यी त तर्क गर्ने कुराहरु मात्र भए । किन भने बौद्धिक कुशलता पूर्वक मेहनत गरेर नाम र दाम कमाउनेहरुले बैरत्व होइनकि मित्रत्व पनि कमाएका छन् । त्यस्तै दाम कमाउदा खाल्टो खनिने तर्कलाइ केही इमान्दारिता पूर्वक मेहनत गरेर दाम कमाउनेहरुले गलत साबित गरी खाल्टो खन्नुको बदला खाल्टो पुर्दै गएका पनि छन् । तर बेइमानी पूर्वक देश र जनताको आँसु बगाएर, जनताको रगतमा होली खेलेर, तस्करी गरेर, गुण्डा राज चलाएर, मातृभूमीको छातीमा तरवार चलाएर नाम र दाम कमाउने बज्रस्वाँठहरु भने चाँडो वा ढिलो फन्दामा परेकै छन्, उनिहरुले बैरत्व कमाएका छन् र आफ्नो खाल्टो आफैले खनेका पनि छन् । यस अर्थमा कबिताको उक्त पंती केही न केही सन्देश दिन सफल छ ।
मैले अस्ती लेखेको “पाडो लाटो भएर दुध खान्छ र काग बाठो भएर आची खान्छ” भन्ने लेखका बारेमा आएका कमेन्टहरुले मलाइ केहीबेर घोत्लिन बाध्य गरायो । उक्त कमेन्टले अकाट्ट्य उत्तर दिएको छ । त्यो केभने कुनै पनि ब्यक्ति राजनिती वा प्रशासनको संरक्षण बिना गुण्डा वा डन बन्न सक्तैन र गुण्डा वा डन नबनिकन तस्कर वा अपराधी बन्न सक्तैन । हुनत भारतीय सिनेमाहरुमा गुण्डाहरुलाइ राजनैतिक संरक्षण प्राप्त र ती गुण्डाहरुले यदि त्यो संरक्षण दिने राजनितीक ब्यक्तिको चाहना भन्दा एक सेन्टीमिटर भन्दा फरक ढंगले हलचल गर्यो भने उसलाइ तुरुन्तै मारेर अर्को डन तयार गरेका सिनहरु हेर्न पाइन्छ । सिनेमा दर्शकहरुलाइ यस्तो त सिनेमामा मात्र हुन्छ भन्ने लाग्दो हो । तर कतै न कतै यस्तो नभएको भए सिनेमा लेखकले यस्तो कुरा कल्पनाबाट मात्र लेख्यो भन्न मिल्दैन । नेताहरुले राजनितीलाइ आफ्नो अनुकूल बनाउन अपराध गराएर संरक्षण दिने र अर्को तर्फ अपराध गरेर राजनितीको संरक्षणमा जाने घटनाहरु नेपालमा पनि एक वा दुइ होइन कि अलि धेरै भैसकेका छन् । अहिलेमात्र नेपालमा आधा दर्जन भन्दा बढी राजनितीक संरक्षण प्राप्त डनहरु छन् । कोही शेर बहादुरका त कोही बामदेवका आदी आदी । यसैले नेपालमा लोकतन्त्रले डनहरु जन्माएको आरोप अहिले यत्र तत्र सुनिन्छ र यो भन्दा त राजाको संरक्षणको पञ्चायती ब्यबस्थानै ठीक थियो, सुरक्षित थियो भन्ने तर्कहरु पनि यदाकदा सुनिने गरेको छ । त्यसैले म पञ्चायतीकालका केही घटना स्मरण गर्न चाहान्छु ।
पंचायतीकालमा पनि यस्तो पटक्कै नहुने गरेको होइन । अहिलेका राप्रपाका महासचिब दीपक बोहराको उदाहरण लिउ । २०३० सालको दशकको शुरुमा दीपक बोहराका दाजु रुपन्देही प्रहरी प्रमुख भएका बेला उनले भैरहवामा मात्र होइन कि त्यस क्षेत्रमा गुण्डा राज चलाए । पछि उनका भिनाजु नवलपरासीमा प्रहरी प्रमुख हुदा पनि उनलाइ संरक्षण मिल्दै रह्यो र गुण्डागिरीमा उनको नेतृत्व जीबित रह्यो । त्यतिबेला उनले सिमा पारी गोरखपुर सम्म गुण्डागिरीको सम्बन्ध बिस्तार गरे । २०३६ सालमा भएको जनमतसंग्रहमा उनी आफै राजनितीमा हुम्मिए र पंचायती ब्यवस्थाको पक्षमा रुपन्देहीमा बढी मत ल्याउन सफल भए । उनको दाहिने हातका रुपमा रहेका बिनोद थापासंग २०४२ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचन देखि मनमुटाब भयो । दीपक मरिचमान सिंह मार्फत दरबारको संरक्षणमा पुगे र राजनितीमा सफलता हासिल गरे भने बिनोद थापा सुर्य बहादुर थापाको संरक्षणमा । दीपक बोहरा एण्ड कंपनीहरुलाइ दुर्भाग्य अहिले सम्म कानूनी कार्बाही त भएको छैन तर उनिहरुबाट इज्जत लुटिएका सयौं चेलीबेटीहरुको आँसुले भने उनिहरुलाइ उच्छार दिएको छैन ।
पञ्चायतीकालकै अर्को उदाहरण, कुनै बेलाका प्रहरी प्रमुख डि बि लामा नामले परिचित दिल बहादुर लामाले पञ्चायती सरकार र दरबारको संरक्षणमा भ्रष्टाचार र तस्करीतन्त्र यती बढाएकि अन्तरराष्ट्रिय स्तरमै नेपाल तस्करहरुको मुलुकको नामले चिनिन थाल्यो । उनलाइ साथदिने ब्यक्ति पूर्व अधिराजकुमार धिरेन्द्रका सैनिक सचिब भरत गुरुंग थिए । भरत गुरुंगले डिबी लामालाइ मात्र सघाएनन् कि आफु पनि लागु पदार्थको ब्यापारमा संलग्न भए र सुनको तस्करीमा लागे । सुनको तस्करीमा बहु परिचित हाम्रा अहिलेका गृहमन्त्री बामदेव जस्तै । यिनीहरुले आफ्ना पालामा आफैले बनाएका कति डनहरुलाइ मारे वा मराए यदि त्यसको खोजी गरेर लेख्ने हो भने एउटा उपन्यास तयार हुनेछ । भरत गुरुंग र डीबी लामा पक्राउ परे कार्बाही भयो । डीबी लामालाइ पाँच बर्ष जेल सजाय तोकियो भने भरत गुरुंगका साथ भिम प्रसाद गौचन पनि पत्रकारको हत्या गरेको, लागु पदार्थको ब्यापार, गैर कानूनी हात हतियार र गैरकानूनी बिदेशी मुद्रा, सुनको ब्यापार लगायत सात प्रकारका गैरकानूनी धन्दा गरेको आरोपमा पक्राउ परे । २०४३ सालमा भरत गुरुंग पक्राउ पर्दा उनिबाट पन्द्र हज्जार थान सुनका बिस्कुटहरु, पाँचहज्जार पाँचसय महंगा घडीहरु र नब्बेवटा गैरकानुनी अर्थात बिना लाइसेन्सका पेस्तोलहरु बरामद भएका थिए । त्यसैले उनलाइ बीस बर्ष कैद सजाय तोकिएको थियो ।
अति चतुर र अति अपर्चुनिस्ट डिबी लामा भने जेल सजाय पछि अर्का नामुद भ्रष्ट नेता शेर बहादुर देउवाको नेतृत्वको त्यतिबेलाको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सदस्यता लिन पुगे । कुनै बेला राजाको संरक्षणका लागि मुलुकको प्रहरी प्रमुख आइजीपी समेत बन्न पुगेका डिबी लामा अचानक ६२/ ६३ को आन्दोलनमा राजाका बिरुद्ध उत्रे । जबकि उनी बिसं २००७ सालमा प्रहरी सेवामा भर्ना भै प्रहरी सेवाको ३२ बर्ष पछि उनि प्रहरीको उच्च पदमा आसिन हुन पुगेका थिए । बिसं २०१७ सालमा तत्कालिन राजा महेन्द्रले बहुदलीय शासन ब्यबस्था फालेर पञ्चायती ब्यबस्था लागु गर्दा यिनले बहुदल ब्यवस्थाका बिरुद्ध सक्रिय जाइ लागेर कांग्रेस र कम्युनिष्ट नेताहरुलाइ जेलमा कोंचेका थिए । त्यसैले यिनलाइ  दरबारले अन्तत आइजीपीको पद सम्म उकालो चढाएको थियो ।
त्यतिबेला लस एन्जलस् टाइम्सले दिएको समाचार जस्ताको तस्तै तल दिएको छु ।
Los Angeles Times
Drugs, Murder Attempt, Corruption Rob Peaceful Nepal of Its Innocence
August 16, 1987|RONE TEMPEST | Times Staff Writer and Associated Press
KATMANDU, Nepal — The arrests of a powerful aide to the king’s youngest brother on a charge of attempted murder and a former national police superintendent on charges of corruption and drug smuggling have rocked the peaceful mountain kingdom of Nepal.
The scandal has touched even the famous Gurkha troops of Nepal, 8,000 of whom serve in the Queen’s Guard of the British army. Earlier this year, five Gurkha soldiers were arrested at London’s Heathrow Airport after heroin was found in false-bottom compartments of their luggage.
Investigators believe that Gurkha soldiers, returning to Britain after furloughs at home, may have been unwitting carriers of hundreds of pounds of heroin over the past several years.
“Before these arrests,” a Nepalese journalist said, “the Gurkhas had always been considered the most admirable people we had. Their luggage was almost never checked.”
यस बाहेक यदि तपाइहरुलाइ पञ्चायतकालका अरु बढी भ्रष्टाचार, अन्याय, अत्याचार एवं शक्तिको दुरुपयोग  गरेका बारे जानकारी हासिल गर्न मन छ भने आदित्य श्रेष्टद्धारा लिखित पुस्तक ल्बिडिंग माउन्टेन अफ नेपाल खोजेर पढ्न सक्नुहुने छ ।
Bleeding Mountains of Nepal: by Aditya Shrestha
A Story of Corruption, Greed, Misuse of Power .
माथिका पंतीहरुले कमसेका त्यतिबेलाका राजाका पालामा आफ्नै सैनिक सचिब र प्रहरी प्रमुख समेतले गलत कार्य गरेकोमा कार्बाही गरिदो रहेछ । उनिहरुको गैरकानूनी समपत्ती र गैरकानूनी सुन एवं हातहतियार सरकारले बरामत गरेको थियो तर अहिले बाइसे चौबिसे काग्रेसी, एमाले, एमाओबादी राजाहरुका पालामा अपराध झन बढेको छ र आफ्ना मान्छेहरुलाइ कार्बाही होइन बरु संरक्षण दिइदै आएको छ । भागबण्डा नमिले हत्या गराउने कार्य समेत भैरहेको छ ।  फरक के मात्र हो भने पञ्चायतको पालामा गुण्डा भनौ वा डन भनौ त्यसकोे संरक्षण गर्ने र त्यसलाइ कार्बाही गर्ने एउटा मात्र दरबार थियो । तर अहिले गुण्डाहरुलाइ कार्बाही गर्ने होइनकि संरक्षण मात्र दिने दरवारहरु धेरै छन् । तर कार्बाही गर्न भने पोल खुल्ने डरले थरथर भएर बरु डनको रगतमा होली खेल्छन् ।

Bookmark the permalink.

One Response to तुलनामा: बहुदलीय डन र पञ्चायती गुण्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *