तस्करहरु आफु आफु यसरी लड्छन्

गौमाताको तस्करी भनेको आमाको तस्करी हो

नेपालमा तस्करी यति बैध भैसक्यो कि तस्करहरु पनि आ आफ्नो ब्यबसायका प्रतिस्पधि बीच खुल्लमखुला लड्ने गरेको समाचारहरु प्रकाशमा आउने गरेका छन् । यसैको एउटा ज्योलन्त उदाहरण का रुपमा निम्न समाचारलाइ लिन सकिन्छ ।
बाराको मटिअर्वामा गाई तस्करहरु बिच झडप भएको छ । भारत तर्फ गाईको तस्करी गर्दै आएका दुई समुह बिच मटिअर्वाको निलकण्ठवामा बिहिबार राति झडप भएको हो ।
गाईको तस्करीमा सम्लग्न सशस्त्र प्रहरी जवान इमाम हुसेन, उनका साझेदार कलाम मियाको समूह र पुरैनियाका कपिल मिया ठकुराइको समूह बिच कुटाकुट भएको हो । गाई तस्करीकै विषयलाइ लिएर दुवै समूह बिच झडप भएको हो ।
सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरीका डिआइजी सुशिल कुमार श्रेष्ठका घुमुवा हुन । उनी पनि लामो समय देखि गाइको तस्करीमा संलग्न रहदै आएका छन । सशस्त्र प्रहरी जवान इमाम र उनका साझेदार कलामले कपिल मियालाइ गाई तस्करीमा अवरोध गरेपछि दुवै समूह बिच झडप भएको हो । इमाम र कलामले मटिअर्वा नाकाबाट दिनहु अवैध रुपमा भारत तर्फ गाई पठाउदै आएपनि आफुलाइ तस्करी गर्न नदिएको कपिल मियाको आरोप छ । Continue reading

मुलुकको अवस्था प्रति दुर्गा भवानी रोइन्

आज सौर्य दैनिककले बारा जिल्लाको लिपनिमाल गाबिस चैनपुरमा मुर्तिको आँखाबाट आँसु झरेको समाचार प्रकाशन गरेको छ सौर्य दैनिक अनलाइनका अनुसार बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ ।

दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान साढे सात बजे तिर अचानक दुर्गाभवानीको मुर्तीबाट आँसु बगेको पुजारी दिलिप कुमार उपाध्यायले जानकारी दिएका छन्
दुर्गा भवानीको दाहिने आँखाबाट आँशुको धारा बगेको पुजारी उपाध्यायले बताए । यसका साथै दुर्गाभवानी सवार रहेको सिंह र कात्र्तिकेय भगवानको आँखाबाट पनि आँसु झरेको स्थानीयवासीले बताएका छन । Continue reading

नरोद्दम सिंहानुक अब रहेनन

कुनैबेला सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिका रुपमा चिनिने क्याम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको ८९ वर्षको उमेरमा निधन भएको छ । चीनको राजधानी बेइजिङस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । सोमबार बिहानपख हृदयाघातबाट उनको निधन भएको चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ ।
सिंहानुकको शव लिन क्याम्बोडियाका राजा नरोद्दम सिंहामुनी र प्रधानमन्त्री हुन सेन बेइजिङ पुगिसकेका छन् । पूर्वराजाको शव कहिले र कसरी लगिने भन्नेबारे केही बताइएको छैन । यस विषयमा बेइजिङस्थित क्याम्बोडियाली दूतावाससमक्ष जिज्ञासा राख्दा दूतावासले जानकारी दिन अस्वीकार गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । Continue reading

रबिन्द्र मिश्र र हेल्प नेपाल

शशी पौडेल
रबिन्द्र मिश्र लगभग दुइहप्ता बेलायतमा हेल्प नेपालको प्रचार प्रसार पछि नेपाल फर्केका छन् । उनलाइ बेलायत स्थित नेपाली समुदायले बिभिन्न ढंगले चिन्दछन् । प्रथम बिबिसी नेपाली सेवाका रबिन्द्र, द्धितीय हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रबिन्द्र, र फर्किएका रबिन्द्र ।
सामान्यतया मानिसहरुको दुइ प्रकारका परिचय हुने गर्दछन् । ब्यक्तिगत र पेशागत । ब्यक्तिगत मान्छे कहाँ जन्म्यो, कहाँ हुर्कियो भन्ने जस्ता जन्म कुण्डली र पेशागत, उसले गर्ने पेशा, जीबिकोपार्जनका निम्ति बनाएको क्यारियर तर रबिन्द्र मिश्रको बेलायतमा ब्यक्तिगत जन्म कुण्डली बाहेक अन्य परिचय पनि छन् । यो कसरी सम्भव भयो ? यो प्रश्नको उत्तर खोज्नु भन्दा बिषय बस्तु तिर लाग्नु उपयुक्त हुने छ । Continue reading

डाबर इन्डिया र श्री वैद्यनाथले अझै औषधि फिर्ता गरेका छैनन्

औषधिको नाममा ब्याक्टेरिया बिक्री गर्ने बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले बजारमा पठाएका ब्याक्टेरियासहितको औषधि अझै फिर्ता गरेका छैनन् । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरीया फेला परेको थियो । Continue reading

शर्मा मरणोपरान्त भ्रष्टाचारी

मृत्यु भएको साढे चार वर्षपछि पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधबार उनलाई भ्रष्टाचारीको बिल्ला भिराएको हो ।
शर्माले मन्त्रीपदमा रहदा २ करोड २७ लाख ७६ हजार ४ सय २४ रुपियाँ १९ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले बिगो जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले शर्माको कुल सम्पत्ति तीन करोड ७२ लाख ८९ हजार २ सय १६ मध्ये २ करोड २७ लाख ७६ हजार ४ सय २४ रुपियाँ अवैध ठहर गरेको हो । Continue reading

सतर्क: औषधीमा ब्याक्टेरिया मिसियो है

भारतबाट आयात हुने केही आयुर्बेदिक औषधीहरुमा सतर्क अपनाउनु पर्ने भएको छ । भारतीय बहुराष्ट्रिय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै कम्पनीका औषधिको आयातमा रोक लगाएको छ । Continue reading

भट्टराइलाइ नेपालीले फाल्न नसक्ने

डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न कसरतमा जुटेका प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले नेताहरु अहिलेसम्म पूर्ण असफल भएका छन् । संविधान नबनाई संविधानसभा विघटन गराउन पहिलो असफलता हाँसिल गरेका यी दुई दल एमाओवादीलाइ कुर्सीबाट खसाल्न पनि फेल भएका हुन् । राजनीतिक सतरन्जका पुराना खेलाडीहरु कांग्रेस र एमाले हाललाइ संगसंगै भएको देखिए पनि सत्ताका सूत्रधारक अमेरिका र भारतले उनीहलाई विश्वास नगरी आफ्नो पक्षमा प्रयोग गर्न एमाओवादीलाई पत्याएका छन् । डा. बाबुराम भट्टराईको कुटनीतिक क्षमताले होला सायद ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’लाई मूल शत्रु घोषणा गरेका एमाओवादी यतिखेर दुवै देशको विश्वास पात्र बन्न  पुगेको हो ।  अहिले झन अमेरिकीहरुले  माओवादीलाई आतंककारी सूचीबाट हटाएर पीस कोरको टोली नेपाल पठाएर  हरियो झण्डा देखाएको कारण डा. भट्टराइको सरकारलाई उखेलेर फ्याँक्न राष्ट्रपति र अरु दलहरुलाई गा¥हो हुदै आइरहेको छ । Continue reading

‘नेपालका लागि सबै नागरिक बराबर छन्,

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् ।
गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर छन्,’ उनले भने, ‘पूर्वराजाको भ्रमणलाई पनि कसैले विरोध गर्नु हुँदैन ।’
पूर्व राजालाई जिल्ला प्रवेशमा रोक लगाएर विभिन्न स्थानमा विरोध भईरहेका समयमा एमाले नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । Continue reading

महासंघ लोकपृय हुदै

What is the great about Unity

-अनु उप्रेती

बेलायत स्थित नेपाली सँघ सँस्थाहरुको महासँघ निर्माणका लागि गठित नेपाली सँघ सँस्था समन्वय परिषद यू के मा थप सँस्थाहरुको समर्थन र सहभागिता वढेको छ।

स्थानिय acton  स्थित ABI College  मा बसेको कार्यसमितिको बैठकले कार्यगत बिषयहरुमा समिक्षा र छलफल गर्दै कार्यसमितिमा थप सदस्यहरु मनोनयन गरेको छ। जसअनुसार कोमल प्रसाद श्रेष्ठ मल्ल, एल एन पाण्डे, राजकुमार त्रिपाठी, खगेन्द्र पाठक, गोपी कृष्ण प्रसाइ, सनत कुमार गुरुङ, विकल आचार्य, दिलिप महासेठ, डा सुधा श्रेष्ठ, सुर्य नेवाङ, सुजित साह र युवराज सिंह छन् भने राजकुमार त्रिपाठीलाई प्रवक्ता तोकिएको छ ।

Continue reading