बेलायतमा “मह”को आबश्यकता

Haribansa Madan Krishna—शशी पौडेल
बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा पनि गुमाएर पुरा टुहुरो भएको कुरा उल्लेख गरे । Continue reading

“पाडो लाटो भएकाले दुध खान्छ काग बाठो ……”

तस्वीर दैनिक नेपालबाट

तस्वीर दैनिक नेपालबाट

नेपालीमा एउटा उखान छ “पाडो लाटो भएकाले दुध खान्छ तर काग बाठो भएकाले आची  खान्छ ।” हो यस्तै भएको छ नेपालमा अहिले । आफुलाइ निकै बाठी भन्ने प्रहरीको भिडन्तमा मारिएका गुण्डा चरीको प्रेमिका खुश्बु ओलीको अवस्था । चरी मारिएपछि मेडियामा आएर निकै चर्चित हुन पुगेकी खुस्बुले अन्ततः चरीको मुत्युमा प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो सहभागिता रहेको स्वीकार गरेकी छन् । तर पनि प्रहरी खुश्बुलाइ पक्रिने तर्फ लागेको छैन । यद्यपी खुश्बुलाइ प्रहरीले धेरै पहिलेनै पक्राउ गरी जेल हालीसक्नु पथ्र्यो । Continue reading

के युद्ध नहुन सम्भव छ ?

Zemanta Related Posts Thumbnail-शशी पौडेल
अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् ।
युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य कुना काप्चाका मुलुकहरुमा एक पछि अर्को गर्दै युद्धले खाइरहेको छ । पश्चिमेलीहरु चीनमाथी बिषबमन गर्दछन् । उता युक्रेनले आफ्नो कालो छाँयाँ युरोपमाथी फैलाइ रहेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर इस्ट्राटजीको एक अध्ययन अनुसार बिश्वभर अहिले ४१ हात हतियार सहितका युद्धहरु भैरहेका छन् । र अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुदै छ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, र अहिले नयाँ इसरायल र प्यालेस्टीना । Continue reading

सानो देशका ठुला मान्छे

Kurta Sulbar-शशी पौडेल
अघिल्लो हप्ता एक नेपाली बहिनी आफ्नो पतिका साथ छोरा पनि लिएर मकहाँ भेट्न आइन् । यस्तै डेड दशक अघि ती बहिनीको बिबाहमा म अनुबादक एवं केटी पट्टीको साछीका रुपमा उपस्थित थिंए । त्यसपछि मेरो उनी र उनको पतिसंग लामो समयसम्म सम्पर्क थिएन । हामी हाम्बर्गमा आएपछि उनिसंगको सम्पर्क अलि बाक्लियो । अचानक उनले एकदिन अघि टेलीफोन गरिन् र अर्को दिन मकहाँ आउन चाहेको कुरा बताएकि थिइन् । म उनिभन्दा एकदशक अघि युरोप छिरेको हुँ, सायद ममापनि थुप्रै परिवर्तन आएहोला, कपाल फुले, अनुहार चाउरी भयो । समग्रमा भन्दा उमेरले डाँडा काट्यो । तर उनमा आएको परिवर्तनले भने मेरो मनमा एक अनौठो तरंग ल्यायो । Continue reading

औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

Juliano Pintoफुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो दोस्रो चाँही बिश्वभर टेलिभिजनमा बिश्वबप फुटबल हेर्न चासोकासाथ सोफामा बसेकाहरुमध्य केहीकालागि भने धेरै चासो नभएको हुन सक्छ तर बिश्वका थुप्रै जनसमुदायका लागि भने एक आश्चर्यको बिषय बन्यो । Continue reading

प्रसंग: स्वस्थानीको

DSCF1116 - Copy (800x600) - Copy“हे ! स्वस्थानीमाता आशा छ मलाइ माफी दिने छौ । यस वर्ष पनि मैले तिम्रो भक्तिमा एकाग्र चित्त लगाउन सकिन ।” भन्दै त्यही नजिकै झुण्डिएका दुइ तस्वीरमा फुल चढाइन् करुणाले । एउटा तस्वीर उनको माता र पिताजीको थियो भने अर्को मेरो पिताजीको । उहाँहरुले यो संसार छोडेर जानुभएको दशकौं बितिसकेको छ ।
आफ्नो योगसाधना, प्रणायाम र कपालभाँती सकेर २ – ४ वटा देबी देवताको मुर्ती राखेको ठाँउमा पुगेर बत्तीबाल्दै यस्तै यस्तै मन्त्र जप्ने र यी दुइ तस्वीरमा हेरेर आशिर्बाद मागे पछि मात्र उनको दिन सुरुहुने गर्छ  । अर्थात उनको हरेक बिहानको दिनचर्या हो यो  । Continue reading

द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार

शशी पौडेल
सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत स्टिफानले चाहेर मार्कबादलाइ मलजल दिएका होइनन् । किनकि उनी बिशुद्ध पुजीबादी हुने खाने बर्गका बैज्ञानिक हुन् । आजभन्दा सात दशक अघि बेलायतको अक्सफोर्डमा जन्मेका स्टिफान हवकिङ्गलाइ उनको पहिलो भौतिक सिद्धान्त “एम् थ्यौरी” ले दशकौं देखि बहसमा ल्याएको हो । उनले आफ्नो सिद्धान्तलाइ प्रमाणित गराउन जर्मनीका अर्का भौतिक बिज्ञानका प्रशिद्ध बैज्ञानिक अलबर्ट आइनस्टाइनको सिद्धान्तलाइ पनि अघि सारे । अहिले आएर उनि बैज्ञानिकहरुकाबीच मात्र बहसमा छैनन् अपितु अध्यात्मबादीहरुको प्रहारमा समेत परेका छन् । Continue reading