मणिमुकुन्द उद्यानमा दश भिन्न थरकिा जनावर

बुटवलको मणिमुकुन्द उद्यान (फूलबारी) का संरक्षकहरुले घुम्न आउने पर्यटकलाई फरक खालको घरपालुवा जनावर बोकालाई देखाउने तयारी गरेको बताएका छन् ।
फरक प्रकृतिको बोकालाई उद्यानले नवलपरासीबाट ल्याएको हो । उद्यानको पशु संग्रहालयमा बोका थपिएपछि पर्यटकमा थप आकर्षण बढ्ने उद्यान समितिको बुझाइ छ । नौ महिना उमेर पुगेको उक्त बोकाका चार खुट्टाका खुर लामा लामा छन् । बोकाको आकर्षण त्यही लामा लामा खुर हो । त्यसको खुट्टाको खुर लामोमा आठ इन्चदेखि छोटोमा पाँच इन्चसम्म छ ।
उद्यानका कर्मचारीका अनुसार बोकाको खुर बेला बेलामा पलाउने र भाँचिने गर्छ । बोकाको तौल करिब आठ किलो मात्र छ । बोका स्वस्थ छ भने उभिन र बिस्तारै हिँडडुल गर्नसक्छ । खानेकुरा सबै राम्रैसँग खान्छ । उद्यानका पशु हेरालु टेकराज पौडेलले बोकालाई हुर्काउन एक महिनादेखि खुल्ला छाडिएको बताए । “फूलबारीमा ल्याउँदा बिरामी जस्तै थियो” पौडेलले भने– अहिले स्वास्थ्य ठीक हँदै गएको छ, रङ पनिफेरिएकोछ, सफापनिभएकोछ ।
उनले बोकालाई उद्यानमा रहेको खोरमा राख्ने तयारी गरिएको जानकारी दिए । खोरमा राखिएपछि यसलाई सर्वसाधारणका लागि हेर्न खुल्ला गरिने छ । उद्यानमा ल्याइएको बोकाको आकर्षण अहिलेदेखि नै उद्यान आउने पर्यटकमा परेको छ । बोका हेर्दै गर्दा भेटिनुभएका स्याङ्जा पुतलीबजारका मनोज गुरुङले बोका देखेर आफू दङ परेको बताए । उनले भने–“फरक खालको बोका देख्दा उद्यानभित्र फरकपन पाएको महसुस भएको छ” । अर्का स्थानीयवासी फर्साटिकरका लीला बगालेले पनि बोकाको खुर देखेर आफू छक्क परेको बताए । “कति लामा खुर हुन्, कसरी हिँड्छ होला” बगालेले जिज्ञासा राखे ।
मणिमुकुन्द उद्यान व्यवस्थापनका अनुसार चिडियाखानामा अहिले नौ थरीका जनावर छन् । यो खालको बोका थपिपछि चिडियाखानामा १० थरीका जनावर हुन पुगेको छ । यो बोकालाई दसैँसंगै चिडियाखानामा राखिएको पनि बताइएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *