लंका मा सुन छ, कान मेरो बुच्चै !

Boz Raj-भोज राज
…. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! …..
कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा !
भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १० करोडमा मागेका थिए मैले दिइन, मेरो जमिनलाई ५ करोड दिएका थिए, बेचिन यार,  मेरो घरबाट महिनाको ७० हजार रुपियाँ आउँछ इत्यादि इत्यादि Continue reading

पुटिन रोएको एक दृश्य

Vladimir Putinसर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो । Continue reading

जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

Dil Magar-दिल निसानी मगर
जब म,
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कली जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई
गलत लाग्छ मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । यो पंक्तिकार निसानी पनि त्यस्तै कबिता त्यसै लेख्दैनः–
देश भनेको सूर्य होइन
जो उदाउँछ र अस्ताउँछ अनि फेरी उदाउछ
जमीन मुनीको स्वर्गलाई टेकेर
आकाशमाथिको नर्क देख्न पनि
रुख ढल्नु हुदैन
देश ढल्नु हुदैन । Continue reading

धुंवामा उडेको कटवालको आत्मरती

sudip-सुदीप विश्वकर्मा
कुनै बेला कटवालको यस्तो अवस्था थियो, उनी चुरोटको धूवाँले फोक्सोको फन्को लगाएर हावामा उडेको देख्दा आनन्दित हुन्थे, आफ्नै धूवाँरुपी सिनेमाको हिरो । तर अहिले उनी चुरोटको धूवाँसँगै पुस्तकको हावामा रमिरहेका छन् । त्यतिबेला चुरोटको धूवाँले उनको फोक्सोमा फन्को लगाएको यतिबेला उनको पुस्तकले नेपाली जनताको दिमागमा धूवाँ उडाइरहेको छ । हामी कामना गरौं त्यो धूवाँले आगोको रुप नलेओस् ।
प्रचण्डका अनुसार– ‘कटवालको आत्मकथा वाहियात् हो ।’ प्रचण्ड एक उच्च ओहोदाका नेताले कटवाल एक पूर्व कर्मचारीको आत्मरति माथि त्यति धेरै महत्व नदिनुपर्ने हो तर सेनापति काण्डका चार पात्रमध्ये उनी पनि एक भएका नाताले महत्व दिनु स्वाभाविक पनि हो । हुन त यतिबेला नेपाली मिडिया पुनः कटवालको फोटोले रंगिएका छन् । Continue reading

अरुलाइ हंसाउने आफै रोएर मरे

Shree Krishna Shresthaहो कहिलेकाही यस्तै हुने रहेछ । जसले आफ्नो जीबनभर अरुलाइ हंसाएरRobin williams मनोरन्जन दियो उसैले एक्लो कुनामा आत्महत्या गर्न पुग्ने रहेछन् । रबिन विलियमस संसार प्रशिद्ध हाँस्य कलाकार एवं हलिउडका स्टार हिरोले आजै ६३ बर्षको उमेरमा आत्महत्या गरेको समाचार निमेसभरमा संसार भरी फैलियो । अंग्रेजी फिल्म हेर्ने संसारका मान्छेहरुले सायदै उनलाइ भुल्न सक्छन् । उनि खेलेका दुइवटा फिल्म हेरेको मलाइ अझै पनि सम्झना छ । ती दुइ मध्य अझ बिशेष गरेर गुड वील हण्टिंग चाहीले मेरो मनलाइ जित्न सकेको हो । Continue reading

राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन

Karuna-Poudel-12-300x225— करुणा पौडेल
झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु । । यो लेखको शिर्षक थियो “ट्रिवुट टु द लिजेन्ड एक महिलाको आँखामा” ।(द ल्गोबल डट को डट गुके ) Continue reading

अतिततिर फर्केर हेर्दा

job_openingहिजो फेसबुकमा एउटा मेसेज आयो, जो यस प्रकार थियो । “हाम्रो बसाइ चाबहिलको मित्रपार्कमा थियो । हाम्रो कोठामा चोरी भएर मोजा समेत लगेको याद होला हैनर ?” मैले त्यसको जवाफमा लेखें “ओ कहाँ हुनुहुन्छ अहिले ? गणेश अंकल कहाँ हुनुहुन्छ ? त्यो घटना बिर्सियो भने त अरु सम्झने कुरा केही बाँकीनै रहेननी होइनर ? ”
सिताराम घिमिरेको त्यो मेसेजले मलाइ अतित तिर डोर्यायो । आज भन्दा झण्डै ३७/३८ बर्ष अघिको कुरा हो । मैले तानसेन क्याम्पस नपढ्ने सोचाइ राखेको थिंए । तर बुवाले भने तानसेनमा नपढे अन्यत्र पढ्न खर्च नभर्ने कुरा गर्नु भएको थियो । बुवाको यो सोचाइले मलाइ छटपटी बढेको थियो । त्यो छटपटीसंगै मैले बिहान वा साँझको पढाइ गर्ने र दिउसोमा कतै काम खोज्ने अठोट गरें र म पोखरा तिर लागें । Continue reading

हरि फुँयालहरू किन निराश भए ?

40340_129510857095131_2884202_n-आनन्दराम पौडेल

हरि फुँयाल जतिपटक उत्साहित भए त्यो भन्दा कैयौंगुना बढी निराश भए। पार्टी राजनीतिमा लाग्ने विचार दिमागमा कहिल्यै पलाएन। पञ्चायतकालमा नेपाल विद्युत कर्पोरेशनमा जागिरे थिए। आफ्नो पेशागत कर्ममा निष्ठापूर्वक समर्पित भएर काम गरिरहेका थिए। कर्मचारीहरूमध्ये पनि टाठाबाठा र धूर्तहरूले शक्तिकेन्द्रमा सम्पर्क बढाएर तथा आफ्ना नाता, कुटुम्बहरूमध्ये त्यस्तै चलाक, छट्टुहरूले दरबारियाहरूसम्म पहुँच पुर्याएर फाइदा लिएको, तर कर्तव्यलीनहरूलाइ पाखा पारिएको दृष्यहरू खट्किंदै गयो। पक्षपात खपिनसक्नु भएरै बहुदलीय नेताहरूलाई सहयोग गर्न थालेका थिए। Continue reading

एबर्डिनमा नेपाली भाषा

nepali language classमातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ । Continue reading

भएर के भो र ….. !

Kalpana Shrestha– कल्पना श्रेष्ठ
गहिरिएको चोट देख्न सक्नुहुँदैन भने
आँखा भएर के भो र……..
मनको कुरा बुझ्न सक्नुहुँदैन भने
मित्रता गाँसेर के भो र …….

गल्तीमा गल्ती भनिदिनुहुँदैन भने
श्रीमान् श्रीमती हुनुको अर्थ के भो र ………….
आलो घाउमा मलमपट्टी लगाउन फुर्सद हुँदैन भने
जीवनसङ्गी- सङ्गीनी मात्र कह्लाएर के भो र………… Continue reading