ऐतिहासिक पाल्पा अर्गली दरबार सौचालयमा परिणत

Argali Darbarपाल्पा समाचारदाता ,पाल्पा
पाल्पा, असार २२ गते । पाल्पा सदरमुकाम तानसेनबाट झण्डै २५ किलोमिटर उत्तर पश्चिममा रहेको ऐतिहासिक अर्गली दरबार उचित संरक्षणको अभावमा सौंचालयको रुपमा परिणत भएको छ । पबित्र तीर्थ स्थल रुरु क्षेत्रमा रहेको उक्त दरवार वर्षौदेखि वेवारिसे अबस्थामा रहेको छ ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणले १९९७ सालमा १० वर्ष लगाएर उक्त दरबारको निर्माण गरेका थिए । दैनिक रुरु क्षेत्रमा तिर्थ बर्त गर्न जाने राजश्री महाराज भएर बस्ने योजनाका साथ उनले अर्गली दरवार निर्माण गरेको किंवदन्तीमा उल्लेख छ । उक्त दरबारको निर्माणपछि झण्डै ५ वर्र्षसम्म जुद्ध शमशेर सोही दरवारमा बसेका थिए । पछि देश व्यापी रुपमा राणा शासन बिरुद्व आन्दोलन चर्किएपछि जुद्ध शमशेरले दरबारको स्वामित्व आफ्नी छोरी जनकराज्य लक्ष्मी ९मिश्रीमैया० लाई हस्तान्तरण गरिदिएर भारतको देराहदुन तर्फ लागेको किव्दन्ती छ । Continue reading

यसकारण एमाले मधेस बिरोधी होइन

Raghubir Mahaseth-रघुवीर महासेठ
अहिले मधेसमा खासगरी एकीकृत माओवादी, मधेसी दल र केही कांग्रेसभित्रबाट पनि एमालेलाई मधेसविरोधी पार्टीको रूपमा चित्रण गर्न खोजिएको छ । ‘एमाले भनेको मधेसविरोधी पार्टी हो । एमालेले मधेसलाई उत्तर–दक्षिण काटेर संघीयता बनाउन खोजेको छ । एमाले नागरिकताको सवालमा गम्भीर छैन । मधेसीलाई नागरिकता दिन हँुदैन भन्ने एमालेको चाहना छ अर्थात् दिए पनि सकभर जुन प्रकारले दिइरहेको छ, त्यो बेठीक छ । त्यो राष्ट्रियताका लागि राम्रो कुरो होइन भन्ने एमालेको सोच भएको हुनाले एमालेले मधेसका लागि केही गर्दैन,’ भन्ने कुप्रचार मधेसमा गरिएको छ । हामीले जनसँगठनमार्फत यस्ता कुरालाई चिर्दै आएका छौँ । तर, हामी खासगरी मधेर र तराईसँग सम्बन्धित लिडरहरू के चाहन्छौँ भने कम्तीमा पार्टीकै पहलमा मधेस अभियान सञ्चालन गरियोस् । Continue reading

चार कम्युनिष्ट पार्टी एक हुने ?

नेपालका बिभिन्न चार कम्युनिष्ट घटकहरुले नेपालमा अब राजनितीक धुर्बिकरण हुनु पर्ने कुरा औल्याएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका विभिन्न चार घटकहरु एक ठाउँमा बसेर देशको समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्दै वर्तमान अवस्थामा क्रान्तिकारी पार्टी र शक्तिहरुबीच एकीकरण र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षमा पुगेका हुन् । Continue reading

घर र समाजबाटै पीडित दलित महिला

– नेहा शर्मा

काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्। Continue reading

शेरको भारतमा मेजमानी, शुशिल र राच चिन्तित

यसै पनि नेपाली कांग्रेस भित्र देखिएका तीन गुट मध्यको एउटा गुटका नेतालाइ भारतले निम्त्याउदा अर्को गुट ससंकित हुनु स्वाभाबिकै हो ।  कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाको भारत भ्रमणलाई लिएर पार्टी सभापति सुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल संशकित भएको समाचार कान्तिपुरले खुलासा गरेको छ  । ६ दिने भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका देउवालाई भारत सरकारले उच्च स्थान दिनुका पछि भावी प्रधानमन्त्रीको रुपमा उभ्याउन सक्ने संभावनाबाट कोइराला र पौडेल संशिकत बन्न पुगेका हुन् ।  भारतको इसारामा नाच्न नचाहेकै कारण  कोइराला र पौडेल नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार बनाइएर पनि प्रधानमन्त्री हुन नसकेको बुझाई पार्टीभित्र छ ।

Continue reading

Needs Britain alternative ?

On 3 June Labour shadow chancellor Ed Balls made a speech to his shadow cabinet in which he laid out his intention to fully accept the draconian austerity inaugurated by the Con-Dems.

It is clear that Labour has now given up any pretence of being an opposition, buying wholesale into the logic of a neoliberal austerity which forces ordinary people to pay for the gigantic mistakes of the reckless super-rich. Continue reading

पूँजीविनाको बेलायती पूँजीवाद

—शशी पौडेल

विश्व पूजीवादी व्यवस्थाभित्र यो दशकमा आएको आर्थिकमन्दीले १९३० को दशकको भन्दा अझ नराम्रो गरी गाडेको छ । यद्यपि पूँजीवादी व्यवस्था कहिल्यै समस्या मुक्त थिएन । पूँजीवादी व्यवस्थाभित्र पटक पटक ठूला वा साना समस्या आइरहेकै हुन् । जस्तै मेक्सीकोमा १९८२ मा, जापानमा १९९० मा, पूर्वी एसियामा १९९७ र ९८ मा । तर बेलायतमा अहिले आएको आर्थिकमन्दी अली फरक खालको रहेकोछ । बेलायतमा आधा दशकदेखि आएको आर्थिक मन्दीको भुइँचालोको केन्द्र संयुक्त राज्य अमेरिका थियो । २००७/०८ मा अमेरिकाको लेहमान ब्रदर्श बैंक कोल्याप्सबाट सुरु भएको आर्थिक मन्दीले बेलायतलाई अहिले तेस्रो पटक मार हानेको छ । Continue reading

यो अति हो कि मुलुकको खती हो ?

नेपालमा दुइवटा प्राथमिक बिद्यालय अचानक भुगोलबाट हराएको कुरा आजको सौर्य देनिकले आफ्नो सम्पादकीयमा लेखेको छ । यस्ता घटना सायद नेपालमै मात्र हुने गर्दछन्  अन्यत्र भएको यस पंतीकारलाइ अहिले सम्म थाहा छैन ।
सप्तरी जिल्लाको बथानाहा–३ र देउरी भरुवा–४ मा दुईवटा प्राथमिक विद्यालय हराएका छन् । गत मंसिरसम्म सम्पूर्ण सुविधा लिँदै आएका ती विद्यालयले कहिलेदेखि अनुमति पाएर सञ्चालित भएका थिए र अस्तित्वमै नरहेका ती विद्यालयलाई सरकारले कति खर्च गर्यो र प्रधानाध्यापक र सञ्चालक समितिमा कोको थिए र यी विषयमा सबै पक्ष मौन छन् । कागजमा दुई विद्यालयले बर्षैं देखि जिल्ला शिक्षा कार्यालय सप्तरीमार्फत सेवासुविधा लिँदै आएका थिए । Continue reading

छाडेर जानेहरुका नाममा

—शशी पौडेल
रामचन्द्र झाले नेकपा एमालेबाट दिएको राजीनामाको समाचार नेपालका सबैखाले संचार साधनले प्राथमिकताका साथ छापे । चाहे छापा पत्रिकामा होस् चाहे बिद्युतीय संचार साधन होस् । बिद्युतीय संचार साधनले त झन् उनको राजीनामाको फोटोकपीनै प्रकाशित गरे । उनको राजीनामाको समाचारका साथ साथै उनी आगामी दिनमा भर्ती हुने पार्टीको नाम पनि खुलासा गरे । Continue reading

Top CIA candidate defends drones

US President Barack Obama’s candidate to run the CIA defended drone strikes as a vital “last resort” against terrorists today despite criticism from senators about the secrecy surrounding the raids.

John Brennan faced repeated questions at his confirmation hearing over the targeted killings, which have even involved US citizens not charged with any crime. Continue reading