बिदेशीएका नेपालीलाइ सम्पर्कमा ल्याउने जमर्को: एन् आर एन् ए

शशी पौडेल

मानव सभ्यताको थालनीदेखिनै मानव जाती एक ठाउँबाट अर्को ठाउँमा कामको खोजीमा जाने, वसाई सर्ने  हुदै रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउँबाट अर्को ठाउँ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउँमा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि । Continue reading

पारस पारस अनि फेरी पनि पारस !

Parash Shaha-कुन्जर कर्मयोगी
नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ । Continue reading

बिदा भइन् “पार्टीकी आमा”

Sahana Pradhan-प्रकाश  सिलवाल / कालिका खड्का
काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  ।
विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो ।
नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः  ‘पार्टी  आमा’ का  रूपमा  लिन्थे  भने  समग्रमा  उहाँ  आन्दोलनको  अभिभावकका  रूपमा  चिनिनु  हुन्थ्यो  ।  उहाँ  पूर्व  उपप्रधानमन्त्री  तथा  परराष्ट्र  मन्त्री  पनि  हुनुहुन्छ  । Continue reading

बेलायतले एउटा चुनौती पार गर्यो

United Kingdom-शशी पौडेल
जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो । तर असिना पसिना, दुख र कष्टकासाथ यसपालीलाइ भने त्यो समस्याबाट मुक्त भएको छ । बेलायत आफ्ना कोलनी मुलुकहरु फुटाएर छोड्दा उनिहरुलाइ कस्तो चोट लाग्यो होला भन्ने कुराको अनुभव अहिले आएर बेलायतले स्वयं अनुभव गर्ने मौका पायो । बेलायतले बीशौं सताब्दीको मध्यभागमा आफ्ना कोलनी मुलुकलाइ लगाएको घाउ अहिलेसम्म पनि ताजा छन् । Continue reading

पुटिन रोएको एक दृश्य

Vladimir Putinसर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो । Continue reading

सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

Surya Bahadur Thapa-शशी पौडेल
हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी अन्याय नगरिकन बोल्छन् कि भन्ने आशा गर्नु पनि अस्वभाबिक होइन । अव त बुढो भइयो देश र जनता प्रति इमान्दार भएर बोल्छु भन्ने सोंच्छन् कि भन्ने मैले आशा गरेको थिंए । तर म जस्ता थुप्रै नेपालीहरु गलत रहेछौं । Continue reading

प्रसंग: पृथ्वीनारायण शाह र २७ पुसको

Prithibi Narayan Shaha“एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण” शिर्षकमा हिंजो कान्तिपुरले लामै समाचार छापेको छ । कान्तिपुरले के लेख्यो वा गोपाल किराँतीले के भने भन्ने प्रश्न भन्दा पनि यो समाचारलाइ नेपाली जनताले कसरी लिए भन्ने प्रश्नको उत्तर खोज्नु आजको आबश्यकता हो । भनिन्छ मानिसका देखिने कान दुइवटा मात्र भए पनि यथार्थमा सुन्ने कान चारवटा हुन्छन् । एउटा कानले जे समाचार हो त्यही समाचारलाइ बस्तुगत रुपमा सुन्छ । दोस्रो कानले समाचारलाइ अपीलका रुपमा सुन्छ र भन्छ हो अव हामी पनि यही बाटो तिर लाग्नु पर्छ किनकि गोपाल किराँतीले आग्रह गरेका छन् । तेस्रो कानले जनकमान डंगोलले आफ्नो फेसबुकमा दिएको प्रतिकृया जस्तै “ढिलै भए पनि बुद्धि पलाएछ अब ०४७को संबिधान ब्युताउनु ठिक हुन्छ” भन्ने सुन्ने छ भने चौथो कानले जजस्ले यो कुरा थाहा पाउनु पर्ने हो पाए भैगोनी केको धंकुरी फुकेर हामीलाइ सुनाउनु पर्ने ? भनेर सुन्ने छ । Continue reading

प्रजातन्त्र मात्र सबैथोक होइन रहेछ दधीजी

Dadhiram Acharya१९९०मा बिश्वभर भएको प्रजातन्त्र स्थापनार्थको संघर्षले संसारभर थुप्रै परिवर्तनहरु ल्याए । नेपालमा पनि पंचायती ब्यवस्थाको जरा उखेल्यो । त्यसको बीशवर्ष नबित्दै अढाइ सताब्दीसम्म नेपालमा राज्य गरेको  शाहा बंशको समेत अन्त भयो । यही प्रजातन्त्र प्राप्तीका निम्ति संघर्ष गर्नेहरुमा भने अहिले बितिक्ष्णा पलाएको छ । अरु त अरु के बिशौं बर्षसम्म पञ्चायतको जरा उखेल्न ढोब खन्नेहरुले अहिले आएर अहिलेको प्रजातन्त्र भन्दा त बरु त्यसबेलाकै ठीक थियो, त्यतिबेला सुरक्षा थियो  भन्न थालेका छन् । Continue reading

जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

Dil Magar-दिल निसानी मगर
जब म,
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कली जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई
गलत लाग्छ मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । यो पंक्तिकार निसानी पनि त्यस्तै कबिता त्यसै लेख्दैनः–
देश भनेको सूर्य होइन
जो उदाउँछ र अस्ताउँछ अनि फेरी उदाउछ
जमीन मुनीको स्वर्गलाई टेकेर
आकाशमाथिको नर्क देख्न पनि
रुख ढल्नु हुदैन
देश ढल्नु हुदैन । Continue reading

कहिले सासुको पालो कहिले बुहारीको पालो

Second world warराजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता भएदेखि अर्थात बिगत २४ बर्ष देखि लगातार राज्यसंसदको प्रतिनिधित्व र मिलिजुली सरकारको कान्छो भाइका रुपमा स्थापित उदारबादी शक्तिहरुको पार्टी स्वतन्त्र डेमोक्रेटिक पार्टी पहिलो पटक संसदबाट बाहिरिएको छ । पहिलो बिश्व युद्ध छेडिएको एकसताब्दी र दोस्रो बिश्वयुद्ध छेडिएको ७५ बर्ष भएको बेला नाजी चिन्तनको नजिक रहेको पार्टीले दश प्रतिशत भन्दा माथी भोट ल्याएर राज्यसंसद भित्र पस्नुलाइ बिश्व राजनैतिक चिन्तकहरुले अर्थपूर्ण रुपमा हेरिनु स्वाभाबिक हो । Continue reading