महाभारत नरसंहारी युद्ध तर अपूर्ण कथा

-शशी पौडेल,
महाभारत कथा र युद्धका कुराहरु अहिले पनि नेपाली र भारतीय समाजमा एउटा धार्मिक युद्धकथाका रुपमा लिइने गरेको छ । यसबारे प्रश्न उठाउने र यसबारे अनुसन्धान भए गरेको कुरा प्रकाशमा ल्याइएको कमै पाइन्छ । यस बिषयमा  मैले आजभन्दा झण्डै ३१ वर्ष अघि महाभारत कथाबारे एउटा प्रश्न उठाएको थिंए । Continue reading

धुंवामा उडेको कटवालको आत्मरती

sudip-सुदीप विश्वकर्मा
कुनै बेला कटवालको यस्तो अवस्था थियो, उनी चुरोटको धूवाँले फोक्सोको फन्को लगाएर हावामा उडेको देख्दा आनन्दित हुन्थे, आफ्नै धूवाँरुपी सिनेमाको हिरो । तर अहिले उनी चुरोटको धूवाँसँगै पुस्तकको हावामा रमिरहेका छन् । त्यतिबेला चुरोटको धूवाँले उनको फोक्सोमा फन्को लगाएको यतिबेला उनको पुस्तकले नेपाली जनताको दिमागमा धूवाँ उडाइरहेको छ । हामी कामना गरौं त्यो धूवाँले आगोको रुप नलेओस् ।
प्रचण्डका अनुसार– ‘कटवालको आत्मकथा वाहियात् हो ।’ प्रचण्ड एक उच्च ओहोदाका नेताले कटवाल एक पूर्व कर्मचारीको आत्मरति माथि त्यति धेरै महत्व नदिनुपर्ने हो तर सेनापति काण्डका चार पात्रमध्ये उनी पनि एक भएका नाताले महत्व दिनु स्वाभाविक पनि हो । हुन त यतिबेला नेपाली मिडिया पुनः कटवालको फोटोले रंगिएका छन् । Continue reading

अरुलाइ हंसाउने आफै रोएर मरे

Shree Krishna Shresthaहो कहिलेकाही यस्तै हुने रहेछ । जसले आफ्नो जीबनभर अरुलाइ हंसाएरRobin williams मनोरन्जन दियो उसैले एक्लो कुनामा आत्महत्या गर्न पुग्ने रहेछन् । रबिन विलियमस संसार प्रशिद्ध हाँस्य कलाकार एवं हलिउडका स्टार हिरोले आजै ६३ बर्षको उमेरमा आत्महत्या गरेको समाचार निमेसभरमा संसार भरी फैलियो । अंग्रेजी फिल्म हेर्ने संसारका मान्छेहरुले सायदै उनलाइ भुल्न सक्छन् । उनि खेलेका दुइवटा फिल्म हेरेको मलाइ अझै पनि सम्झना छ । ती दुइ मध्य अझ बिशेष गरेर गुड वील हण्टिंग चाहीले मेरो मनलाइ जित्न सकेको हो । Continue reading

सानो देशका ठुला मान्छे

Kurta Sulbar-शशी पौडेल
अघिल्लो हप्ता एक नेपाली बहिनी आफ्नो पतिका साथ छोरा पनि लिएर मकहाँ भेट्न आइन् । यस्तै डेड दशक अघि ती बहिनीको बिबाहमा म अनुबादक एवं केटी पट्टीको साछीका रुपमा उपस्थित थिंए । त्यसपछि मेरो उनी र उनको पतिसंग लामो समयसम्म सम्पर्क थिएन । हामी हाम्बर्गमा आएपछि उनिसंगको सम्पर्क अलि बाक्लियो । अचानक उनले एकदिन अघि टेलीफोन गरिन् र अर्को दिन मकहाँ आउन चाहेको कुरा बताएकि थिइन् । म उनिभन्दा एकदशक अघि युरोप छिरेको हुँ, सायद ममापनि थुप्रै परिवर्तन आएहोला, कपाल फुले, अनुहार चाउरी भयो । समग्रमा भन्दा उमेरले डाँडा काट्यो । तर उनमा आएको परिवर्तनले भने मेरो मनमा एक अनौठो तरंग ल्यायो । Continue reading

छापा पत्रिका मर्दै जाने

220px-Newsweek_final_issue— शशी पौडेल
छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक अनुसन्धानले बताएको छ । अनलाइन मेडिया छापा पत्रिका भन्दा सस्तो र दोस्रो समयको पनि खपथ । अनलाइन संचार साधनले छापा पत्रिकाको ठाँउ ओगटे पछि छापा पत्रिकाका प्रकाशकहरु र सम्पादकहरु पनि परिवर्तित ढंगले पाठक समक्ष उपस्थित हुन बाध्य भएका छन् । कोही ल्बगरका रुपमा त कोही अनलाइन मात्र प्रकाशन गर्ने गरी । Continue reading

गिरिजाका नाममा पाँच विद्यार्थी

Girija_P_koirala२०४६ साल अर्थात १९९० को राजनीतिक परिवर्तनपछिको २०१० सालमा उनको मृत्यु सम्म झन्डै २० वर्षको अवधिमा सबैभन्दा बढी सत्तामा रहने र आलोचना पाउने राजनीतिज्ञ स्वर्गीय गिरिजाप्रसाद कोइराला हुन् । त्यो अवधिमा सबैभन्दा बढी पुत्ला कसैका जले भने उनैका जले । तर, जीवनको उत्तरार्धमा माओवादीलाई शान्ति  प्रक्रियामा ल्याउन र मुलुकमा गणतन्त्र स्थापनामा उनले खेलेको भूमिकाले उनका ती नकारात्मक पक्षलाई ढाक्यो र बाहबाही पाए । अहिले माओवादीले पनि चाहिएको बेला बेलामा स्मरण गर्ने उनै कोइरालाको नाममा भने एउटा लाजमर्दो काम भइरहेको छ । Continue reading

बेलायतमा शैक्षिक योग्यताका साथै पेशागत तालिमको पनि जरुरी

शिक्षा, क्यारियर र अपर्चुनिटीका बारेमा कुरा गर्दा बेलायत लगायत बिकशित मुलुकहरुमा सहजै थुप्रै अपर्चुनिटीहरु पाइन्छ भन्ने प्रायः सुनिने गर्दछ । साथै फलानाले आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र काखीमा च्यापेर हिन्दा हैरान भएछ अनि कही काम नपाए पछि उ बिदेशियो रे भन्ने पनि सुनिन्छ । यसरी केही आफ्नो मुलुकमा कुनै कामको जोहो नपरे पछि अथवा कुनै अपर्चुनिटी नपाएका कारण थुप्रै होनाहार युवाहरु बिदेशिने गर्दछन् भने केही आफ्नो शैक्षिक योग्यता अनुसार, र समाजमा प्रतिष्ठित जागीर हुदा हुदै पनि अझ उच्च प्रतिष्ठा र सुन्दर भबिश्य निर्माण गर्ने उद्धेश्य लिएर बिदेशिने गर्दछन् । त्यो पनि कुनै दलालको सहयोग बाट ।  Continue reading

आन्दोलन हाँक्न अनुभव चाहिन्छ

-शशी पौडेल
दुई दशक भन्दा बढि समय युरोपको बसाइमा मेरा सबभन्दा दुःखका दिन भनेको क्रिसमसको बेलामा हुने गर्दछ । हेरक बर्ष जव क्रिसमसको बेला आइपुग्छ तव मेरो दिमागलाई फुकेर खाली गराएको महसुस हुने गर्दछ । आवश्यकता भन्दा बढि महंगा खाना परिकार र सस्ता अल्कोहलका बोतलले मात्र सताउने नभै यो बेलामा पत्रपत्रिकाहरु वाक्ला देखिए पनि पढ्ने कुरा खासै हुदैन । या त खाना वा उपहारको विज्ञापन या त क्रिसमसकै वारेमा एउटै धर्राका सूचनाहरु । जसले मलाई कोमामा पु¥याएको महसुस हुने गरेको छु । अझै यस बेलामा कुनै छिमेकी वा जान पहिचानको ब्यक्तिले भान्साका निम्ति बोलाए भने न त नाई भन्नु न त जानुको अवस्थामा हरेक बर्ष संघर्ष गर्ने गरेको छु । यस बर्ष म त्यस प्रकारको कोमाबाट बच्न गतबर्ष देखि पढ्न नभ्याएका लेख रचनाहरु कटिङ्ग गरेर ग्यारेजमा थन्क्याएका बेलैमा झिकेर पढ्न तयार पार्ने निधो गरें । गार्डियनको गतबर्षको एक अंक फेला प¥यो । Continue reading

प्रधानाध्यापकको सम्मेलनले भन्योः अंग्रेजहरु अंग्रेजीमा कमजोर

Picture from Google

—शशी पौडेल
बेलायती समाज कहाँ पुगेर ठोकिने हो भन्ने कुराको सहजै अनुमान गर्न नसकिने भएको छ । बिसौं सताब्दीको मध्य सम्म बिश्वको एक तिहाइ भूभागमा साम्राज्य फैलाउन सफल बेलायती गोराहरुको अहिले आफ्नै मुलुकमा शैक्षिक दुर्गती हुन थालेको छ । दुर्गती पनि किन नहोस् ? यिनीहरुकै भाषामा भनिन्छ “ह्वाट गोज एराउण्ड कम्स् एराउण्ड” ।
कुनै बेला यहाँका पार्कहरुमा समेत कुकुर र भारतीयहरुलाइ प्रबेश निषेध गराउने गोराहरुलाइ अहिले तिनै भारतीय एवं अन्य एशियालीहरुले राम्रा राम्रा बिश्वबिद्यालयका महत्वपूर्ण संकायहरुमा मात्र होइन स्कूलहरुमा समेत पछाडी पारेका छन् । गत अक्टोबरमा बेलायती प्राइभेट स्कूलहरुका प्रधान अध्यापकहरुको बार्षिक राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनले मजदूर वर्गबाट आएका बेलायती गोरा बिद्यार्थीहरु पढाइमा लगनशील नभएको र उनिहरुमा “एण्टी एजुकेशन कल्चर”को मनोबिज्ञान पलाएको दाबी गर्दै अन्य बिदेशी बिद्यार्थीहरुको तुलनामा बेलायती गोरा बिद्यार्थीहरु पढाइमा कमजोर भएको तथ्य अघि सारेको छ । Continue reading

माधवी हाडेओखरजस्तो

मदनमणि दीक्षित

मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी कोइरालाले नेपाली कांग्रेसमा बोलाउनुभयो । म नगएपछि मेरो ठाउँमा उहाँले तुलसी गिरीलाई राख्नुभयो ।
लामो समय लागेपछि ०४२ सालतिर मैले कम्युनिस्ट पार्टी छाडेँ । त्यो बेला हालका एकजना ठूला कम्युनिस्ट नेताको घरमा गएको थिएँ । त्यसबेला उनले छोराले लेखेको चिठी पढेर अनेकौँ दु:ख र गुनासो लेखिएको सुनाए । अर्का हालका माओवादी नेता हामीलाई भेट्न आउन लाग्दा उसलाई अर्को कोठाबाटै फर्काउँछु है भन्दै चिठी त्यहीँ छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठी त्यसरी हेर्ने गरेको त थिइनँ तर त्यसदिन त्यो चिठी पढ्न मन लाग्यो । त्यहाँ त्यस्तो दुखको कुरा एक शब्द पनि लेखिएको थिएन । यो बनावटी कुराले मलाई निकै दु:ख लाग्यो । ती नेतालाई मैले नै कम्युनिस्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिस्ट रहन सकिनँ । Continue reading