समाजवादको भविश्य

शशी पौडेल

१९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पूँजीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज भतेर गर्न थाले । पूँजीवादीहरुले समाजवाद प्रति जनताको मोह भंग भएको मात्र तर्क गरेनन् कि उनिहरुले समाजवादी सिद्धान्तलाई ‘‘व्यवहारमा लागु गर्न नसकिने’’ सिद्धान्त हो भन्ने आरोप समेत लगाएका छन् । उनिहरुले राज्यविहिन समाजको परिकल्पना अहिलेको अवस्थामा गर्नै नसकिने भन्दै खास गरी निम्न तर्कहरु क्रिष्टलाइज गर्न खोजे । हेरौं उनिहरुका आरोपमा कति सत्यता छन् ? Continue reading