ब्राजिलमा लात्ती भकुण्डो

FIFA World CUPशशी पौडेल
लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी त्यसो भए त्यत्तिकालागि रोएको ? हो आमा हुँ…… हुँ……. हुँ……. । छोरो झन बढी रुन लाग्यो । ए उनिहरुले खेल जितेर के गरे त ? आमाले सोधी । उनिहरु त खुसी हुदै घर गए । छोराले भन्यो । Continue reading

औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

Juliano Pintoफुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो दोस्रो चाँही बिश्वभर टेलिभिजनमा बिश्वबप फुटबल हेर्न चासोकासाथ सोफामा बसेकाहरुमध्य केहीकालागि भने धेरै चासो नभएको हुन सक्छ तर बिश्वका थुप्रै जनसमुदायका लागि भने एक आश्चर्यको बिषय बन्यो । Continue reading

म, क्रिकेट र विश्वकप सपना

Bhaskarभास्कर ज्ञवाली

सन् १९८५  नेपालमा  टेलिभिजन  प्रसारण  सुरुआतको  वर्ष । यो  त्यही  समय हो, जतिबेला टेलिभिजनसँग मेरो  पहिलो  चिनजान  भयो । हजुरबाहजुरआमा  बनारस  बस्नुहुन्थ्यो।  हामी  पाल्पाको तानसेन  बस्थ्यौं ।  दसैंतिहार, जाडो  वा  अलि लामो  बिदा  परेको बेला हामीलाई  बनारस   जाने  अवसर  हुन्थ्यो । यसपटक भने  फरक  अवसर थियोफुपूको बिहे।  हजुरबाआमासँगै काका  पनि बनारसमै  बस्नुहुन्थ्यो । काकाले  घरमा टेलिभिजन ल्याउनुभएको  रहेछ।  बाकस जस्तो  ठूलो।  काँचको  पर्दामा  सजीव  आकृतिहरू । टेलिभिजनले एकैसाथ आश्चर्य  र रमाइलो दियोहामी  दंग पर्यौं। Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल 
बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल एवं बिबाद उत्पन्न हुनसक्ने छ । बिबादको संकेत खाडी क्षेत्र र उत्तर अफ्रिकामा बिगत तीनवर्ष देखि देखा परेको अस्थिर राजनितीलाइ पनि लिन सकिन्छ । Continue reading

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि सोही नम्बरबाट फेरी अर्को सूचना प्राप्त भयो, जसमा भनिएको थियो, मैले हाफ म्यराथुन सम्पन्न गरें, मैले आंटेको यो कामका लागि सहयोगको हात दिने सबैलाइ धन्याबाद ।
दोस्रो पटकको धन्याबाद सहितको सूचनाले मेरो चेतना जगायो र ती जसले आफू निरन्तर लागी रहने तर अरुलाइ च्यारिटी डिनरको नाममा अथवा अन्य कुनै कार्यक्रम गरेर अरुबाट जबर्जस्ती रकम संकलन नगरी इक्षुक ब्यक्तिहरुसंग मात्र आग्रह गर्ने ब्यक्ति को रहेछन् भनेर जान्ने कौतुहल जागेर आयो । त्यसैले टेलीफोन लगाइहाल्ने बिचार गरें यद्यपी ए दाहालको नामबाट सूचना आएकाले कुनै दाहाल होला भन्ने चाँही पक्का थियो । टेलीफोन लागेन । कोही होला भनेर त्यसै छोडेको थिंए, उनले फोन फर्काए । म आत्माराम दाहाल, उताबाट आवाज आयो । ब्यक्ति चिनें । दुइ चार पटक यस अघिनै भेट भैसकेका जान पहिचानका ब्यक्ति, ब्रिटीश गोर्खा आर्मीका पंडित आत्माराम दाहाल पो रहेछन् । Continue reading

नेपाली प्याराओलम्पीयनहरुलाई आर्थिक सहयोग

रमेश साराङ्ककोटीबाट

“नेपालको झण्डा लिएर दौडिनुस, तपाई अझ दौडिनुस, तपाई दौडिदिए मात्र पुग्छ ।”
सो एसिया क्याम्बर्लीमा सेप्टेम्बर ४ तारीख सांझ ७ बजेतिर रमाईलो माहौल थियो । सांझको खाना खान आएका ग्राहकहरु नेपाली तथा बेलायती ओलम्पीयनहरुसंग फोटो खिचाउन पाएकोमा रमाएका थिए । उक्त रमाईलो कार्यक्रम अरु केही नभएर नेपालबाट प्यारा ओलम्पीक्समा भाग लिन आएका खेलाडी तथा प्रतिनीधीहरुको स्वागत तथा आर्थिक सहयोग कार्यक्रमका थियो । कार्यक्रमको आयोजना सो एसिया क्याबर्ली र नेटफक्स लिमिटेडको संयुक्त आयोजनामा गरिएको थियो । Continue reading