लहलहैमा पछि नलागौं

शशी पौडेल

नेपालका पछिल्ला राजनैतिक घटनाहरुले सहजै केही प्रश्न उठाएको छ । प्रश्न के हन् भने के राज्य संचालन नेपाली जनताको पक्ष्यमा छ ? अथवा राजनितीलाइ आफ्ना संभावना भन्दा बाहिर डोर्याइएको छ ? र यदि त्यस्तो हो भने किन त्यस्तो भैरहेको वा गरिएको छ ? कसरी र के कारणले गलत राजनितीको बिकाश हन गैरहेको छ ? र यसलाइ कसरी सही बाटोतिर डोर्याउन सकिन्छ भन्ने ?

सर्वप्रथम उपरोक्त प्रश्नहरुको उत्तर खोज्न नितान्त आवश्यक छ । जस्तै कसरी र कुन राजनितीक ब्यवस्था वा प्रणालीले राज्यलाइ सही दिशातिर लैजान्छ र कसरी गलत बाटोतिर डोर्याउने राजनितीलाइ राज्यसंचालनबाट अलग्याउन सकिन्छ भन्ने नकि पहिलेनै असफल भएका एवं जनहित बिपरित काम गरिसकेकाहरुकै पछि लागेर अथवा नेपाल र नेपालीहरुका हितका लागि नभै छिमेकी मुलुकको कम्फरटेबलकालागि राजनिती गर्नेहरुको उत्तेजित भाषण सुनेर आफुलाइ बलिदान दिने ?

किन नेपाली जनताका आशा र सपनाहरु कर्कलाको पानी जस्तै चिप्लीरहेछन् ? यसले के देखाँउछ भने नेपाली राजनिती संचालनमा गरिएका गलत निर्णयहरु, ब्यक्तिगत महत्वाकांक्षा बोकेर राजनितीमा आएका ब्यक्तिहरु, लोभ, लालच, ब्यक्तिगत स्वार्थ र इश्र्याले भरिएका ब्यक्तिहरुको नेतृत्वमा राजनिती जानाले जनताको पक्षमा गरिने राननितीक चिन्तनको बिकाश हुन सक्तैन ।

नेपालको भबिश्य लैंगिक, जातीय वा बातावरण प्रदुषण कुरा र पटक पटक सत्तामा पुगिसकेकालाइ जुरुक्क उचालेर फेरी सत्तामा राख्ने मात्र बहस, छलफल वा आन्दोलन गरेर मात्र पुग्दैन । नेपालको राजनितीलाइ सही दिशातिर लैजान वा नेपालको भबिश्य उज्यालो बनाउन चाहने हो भने राजनैतिक सिध्दान्तको बहस, शिक्षा, स्वास्थ्य, रोजगारी, निती र कार्यनितीमा प्रश्ट रोडम्याप तयार पारिएको हुनु पर्छ । तवमात्र हाम्रो समाजलाइ सचेत र बलियो बनाउन सकिने छ ।

यदि मैले कम्युनिष्ट गलत भने वा मैले टेबुल प्रजातन्त्र बहिस्कार गरें र यदि म हाम्रो राननितीमा आएको गलत प्रबृती आज भन्दा भोली झन् भन्दा झन बलियो बनाउदै लगे  वा मुखले म यो गलत प्रबृतीको बिरोधमा उभिएको छु भनें भनेपनि यो होइनकि मैले साँचो अर्थमा परिवर्तन वा जनमुखि राजनिती गरिरहेको छु । त्यसैले हामीले सर्व प्रथम हाम्रो समाजमा सकारात्मक र नकारात्मक प्रभाव पार्ने हाम्रा काम कार्य र कार्यशैलीलाइ पहिचान गर्न सक्नु पर्छ ।

दुर्भाग्यबश हाम्रो जस्तो खुला समाजको के कमजारी हुदो रहेछ भने हरेक मान्छेहरुले सहजै हिजै मात्र आफुले गरेका कुकर्महरु बिर्सेर आफु एकदम असल छु र मैले गरेका सबैकामहरु सबैको हितको निम्तिमात्र भएका छन् । उसलाइ कहिल्यै पनि यो महशुष हुन्न कि मैले यो यो काम गलत गरेको थिंए वा मैले यो यो कुरा गलत गरेको थिंए अनि मैले यतिखेर यो काम गलत गरिरहेको छु । यसै कारणले हाम्रा नेताहरुले गरेका काम कार्यबाही मात्र होइनकि यी नेताहरुको गलत आशय नबुझिकन यिनैहरुको पछि लागिदिनाले पनि हामीलाइ बाध्यताबश गलत दिशातिर डोर्याइरहेको हुन्छ । यो पनि हाम्रो गल्ती हो किनभने हामी अन्जानमै लहलहैमा पछि लागीरहेका हुन्छौं ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *