अमेरिका यात्राको उपलव्धी ?

  • शशी पौडेल

हुन त बेलायतमा हामी नेपालीहरुका लागि राजनीति भनेको सुत्दा घुर्नुसरह बाहेक अन्य हुने छैन । हरेक हप्ता ढोका भित्र खुत्रुक्क छिर्ने पत्रिकाको लिफामा खोलेर बाहिर झिकेर हेर्नुको एउटै मात्र कारण प्रायः हुन सक्छ । हाम्रा सयभन्दा बढी बेलायतमा रहेका संगठनहरु मध्य  कसले कहाँ के गरे भनेर हेर्ने । तर राजनीतिको जकेट  भिर्ने जमर्को गरेकाहरुका लागि भने गत हप्ता साँचो अर्थमा निराशाजनक वितेको हुनुपर्छ । Continue reading

सत्तासिनवीच खैलाबैला

शशी पौडेल

खै त त्यो खुसी ?

बेलायतमा गत मइ महिनाको पहिलो हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणमले सत्तामा बसिरहेका दुबै पर्टीहरु कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक पार्टी भित्र खैलाबैला परेको छ । निर्बाचनको परिणाम प्रतिशतको आधारमा सवभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुलि सरकारको दाजूको भूमिका निर्बाह गर्दैै आएको कन्जरभेटिभ पार्टी पनि कम पराजय भएन । Continue reading

राजदूतका चार बुँदा

शशी पौडेल
वर्षमा एक दुई चोटी पार्टी गर्ने र आफ्नो कार्यकाल सक्ने परम्परालाई तोडेर केही गरौ भन्ने भावनाले प्रेरित भै आफु लागि परेको कुरा बेलायत स्थित नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले गत हप्ता दिएको बिवरणबाट प्रष्ट थियो । उनले मुख्य चार कुरामा ध्यान दिएको पनि प्रष्ट पारे । सर्व प्रथम नेपालको आर्थिक उन्नतीको मेरुडण्ड मानिने क्षेत्र पर्यटनलाइ पहिलो प्राथमिकतामा राखेको भन्दै ब्यपार र ब्यवसाय पनि त्यत्तिकै महत्वपूर्ण भएको स्वीकार गरे ।
Continue reading

अन्याएका बिरुद्ध जुध्नु प्राणी जगतको मनोबिज्ञान हो

शशी पौडेल
संसारको राजनितीक एवं सामाजिक परिवर्तनमा बिशेष गरेर बिद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस पछि मजदूर र किसान बर्ग । कुनै पनि काम एउटा बर्गले शूरु नगरे सम्म अगाडी बढ्दैन । राजनितीक एवं सामाजिक परिवर्तनका निम्ति गरिने आन्दोलन प्रायजसो बिद्यार्थी वर्गबाटै शूरु भएको पाइन्छ । यदि सामाजिक यथार्थताका गतिमान तरंग बुझ्ने शासकहरुले शासन गरेको खण्डमा जोसुकैबाट शुरु गरिएको भएपनि आन्दोलनहरु कामयाव हुन्छन् । तर यदि शासकहरु दृष्टिबिहिन भैदिए भने आन्दोलन, संघर्ष वा बिद्रोहले कुनै माने राख्दैन । बरु नरसंहार हुने सम्भावनाहरु रहन्छ त्यसैले आन्दोलनकारीहरु आफू शहीद हुन सक्ने मनोेबिज्ञानले समेत प्रेरित भएको हुनु पर्दछ । Continue reading

Scary time for young people

By Shashi Poudel

Figures are showing that young people are having difficulties to find jobs worldwide. UK government’s new statistics show nearly one million 18 to 24 years olds are out of work in the Country.

Unemployment among young people is the highest it has been for 17 years with 991,000 youngsters unable to find a Job says Camberley News and Mail.

It also states a total of 114,000 lost their jobs between June and August and the total number of unemployed people stood at 2.57 million Continue reading