पुटिन रोएको एक दृश्य

Vladimir Putinसर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो । Continue reading

कहिले सासुको पालो कहिले बुहारीको पालो

Second world warराजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता भएदेखि अर्थात बिगत २४ बर्ष देखि लगातार राज्यसंसदको प्रतिनिधित्व र मिलिजुली सरकारको कान्छो भाइका रुपमा स्थापित उदारबादी शक्तिहरुको पार्टी स्वतन्त्र डेमोक्रेटिक पार्टी पहिलो पटक संसदबाट बाहिरिएको छ । पहिलो बिश्व युद्ध छेडिएको एकसताब्दी र दोस्रो बिश्वयुद्ध छेडिएको ७५ बर्ष भएको बेला नाजी चिन्तनको नजिक रहेको पार्टीले दश प्रतिशत भन्दा माथी भोट ल्याएर राज्यसंसद भित्र पस्नुलाइ बिश्व राजनैतिक चिन्तकहरुले अर्थपूर्ण रुपमा हेरिनु स्वाभाबिक हो । Continue reading

चुनावी वहस

Campaigns and Election-शशी पौडेल
मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत गरेको थियो । डेढ घण्टासम्म भएको यस प्रकारको वहस वेलायतको राजनीतिक इतिहासमा पहिलो  थियो । Continue reading

युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

showdown-bruessel-शशी पौडेल
बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ । Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

United Kingdomआज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा युकिपलाइ मेरो भोट दिएं । अहिले त कहाँ छस् मिल्छ भने एकपटक भेटौं न ।” Continue reading

युरोपले भोट हाल्योः तेलमा आगो लागेपछि

EU Logo—शशी पौडेल
यसपालीको युरोपियन युनियनको संसदको निर्बाचनमा सोसल डेमोक्रेटहरु हल्का अगाडि बढेका छन् भने कन्जरभेटिभहरुको गठबन्धन पार्टी युरोपियन जन पार्टीले गत निर्बाचनको तुलनामा केही शिट गुमाए पनि पहिलो ठुलो पार्टीको दर्जा भने गुमाउनु परेन । तर युरोपका ठुला र शक्तिशाली मुलुकहरुमा भने अती दक्षिणपन्थीहरु बलियोगरी युरोपियन संसद भित्र पस्न सफल भएका छन् । यद्यपी युरोप भरका बामपंथीहरुले गत २००९को निर्बाचनको तुलनामा सात शिट थप हत्याउन सफल भए । Continue reading

मोदी र युरोप

EU LogoMap of Indiaयुरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर पुग्ने अधिकार राख्दछ भने एउटा भारतीय नागरिक बंगालको खाडी देखि अरबको खाडीको किनार सम्म र केरला देखि जम्मु सम्म बिना कुनै कागज ढुक्कसंग यात्रा गर्ने अधिकार राख्दछ  । Continue reading

खहरे खोलाको दम्भ

Nigel Farage-शशी पौडेल,
युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार कसे । निर्वाचन परिणाम हेर्दा ओरिपरी थुप्रै दाग वा टाटाहरु देख्ने छौं । युरोपियन बिरोधी दाग, रंगभेदी दाग, बाम र दक्षिणपंथी दाग तर दुर्भाग्य केन्द्र भने झन भन्दा झन साँगुरिदै गएको देख्ने छौं । Continue reading