बेलायतमा “मह”को आबश्यकता

Haribansa Madan Krishna—शशी पौडेल
बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा पनि गुमाएर पुरा टुहुरो भएको कुरा उल्लेख गरे । Continue reading

लंका मा सुन छ, कान मेरो बुच्चै !

Boz Raj-भोज राज
…. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! …..
कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा !
भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १० करोडमा मागेका थिए मैले दिइन, मेरो जमिनलाई ५ करोड दिएका थिए, बेचिन यार,  मेरो घरबाट महिनाको ७० हजार रुपियाँ आउँछ इत्यादि इत्यादि Continue reading

अक्षम्य अपराध

BK Panday-बीके पाण्डे
नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ ।
आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले नेपालमा शासन गरेको अहिले २५ वर्ष पुग्न लागेको छ । यो पच्चिसवर्षमा यी ‘समाजवादीहरु’ स्वास्थ्यसेवा गरीवहरुको पहुँच भन्दा बाहिर पुर्याउन ‘सफल’ भएका छन् । तैपनि यी महाशयहरुले समाजवाद शव्दको दुरुपयोग गर्न छाडेका छैनन् । Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

United Kingdomआज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा युकिपलाइ मेरो भोट दिएं । अहिले त कहाँ छस् मिल्छ भने एकपटक भेटौं न ।” Continue reading

बेलायतका नेपाली संघ-संस्थाका चुनौती

Organisations—शशी पौडेल
बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने  पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छ । उनि साढे चार दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै  अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्धेश्यले गठन गरिएको नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । Continue reading

एन् आर एन् युके र सदस्यता खरिद

BK Pandayबिके पाण्डे
एमाले नेता माधव नेपालले करिब १ वर्ष अघि दोहोरो नागरिकताको सन्दर्भमा सोधिएको एक प्रश्नको उत्तरमा ‘यदि एनआरएनलाई दोहोरो नागरिकता दिएर चुनाव लड्न दिने हो भने उनीहरुले विदेशमा कमाएको पैसा खर्च गरेर यहाँ चुनाव जित्ने छन्’ भनेका थिए । उनको यो भनाईलाई मैले एनआरएएनप्रति अत्यन्त पूर्वाग्रही सोचको रुपमा लिएको थिएँ । तर अहिले सांसदको कुरो छोडिदिउँ जाबो एनआरएन यूकेको पद हत्याउनको लागि त पौण्डको खोलो बगेको छ भने सांसद हुनको लागि त यस्ता प्रवृत्ति बोकेका मानिसहरुले नदी नै बगाउने छन् भनेर कसैले टिप्पणी ग(यो भने पनि जवाफ दिने ठाउँ नै नरहने भएको छ । एनआरएनहरुको यो गलत कार्यले नेपालका नेतालाई दोहोरो नागरिकता दिने सवालमा नकारात्मक सोच बनाउन झन राम्रो सहयोग पु(याउने भएको छ । Continue reading

चक्रबहादुर

-दिल साहनी

हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु
चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा
हामीले आक्रमण गरेको नठान्नु होला कृपया
चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा
हामीले मारेको नठान्नु होला कृपया
हामी त बुद्धका चेला हौं
हामी त शान्तिका पुजारी हौं
हामी कहिले हतियार उठाउँदैनौ
हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं
नेपालमा जन्मेर के हुन्छ ? Continue reading

दुतावास भवनको अण्डरग्राउण्डदेखि टप फ्लोरसम्म

   –गोविन्द बेल्वासे

बिहानैदेखि झम–झम झरी लागेको नोभेम्वर ७, शुक्रवारका दिन १० बज्न १० मिनेट बाँकी छँदा लण्डन स्थित नेपाली दुतावास भवन पुगें। यो त्यही भवन हो जुन भवन बिक्री गर्ने चर्चाले सन् 2008मा निकै स्थान पाएको थियो। दुतावास भवन रहेको क्षेत्र कति महत्वपूर्ण रहेछ भन्ने कुरा मलाई मेरो नेभिगेटरले पनि बतायो। म दुतावास पुग्दासम्म पनि मेरो नेभिगेटरको कुरा मैले बुझिन। तर, झिपी झिपी गरेर अलिबेर पछि ट्यूवलाइट बले जस्तो गरी मेरो दिमागले पनि ढिलो गरेर त्यो नेभिगेटरको कुरा बुझ्यो। मैले नेभिगेटरमा दुतावासको सही ठेगाना हालेको थिए। त्यो गल्ती पनि भएको थिएन। तर, अग्रेजी भाषामा नेभिगेटरले मलाई जवाफ दियो– यो स्थानमा पुग्ने बाटो बताउन म असमर्थ छु। मेरो दिमागले कालो बादल घेरिएको र सिमसिमे झरीमा सेटलाइटको सम्पर्क राम्ररी नपाएर होला भन्ने सोच्यो। अलि पर गए पछि सेटलाइट सम्पर्क बन्ला र नेभिगेटरले छोटो बाटो लैजाला भनेको त दुतावाससम्म पुग्दासम्म पनि नेभिगेटरले काम गरेन। Continue reading

किन चाहियो नयाँ संस्था ?

-शशी पौडेल
बेलायतमा अगस्त महिनामा दुइवटा संस्था जन्मेका छन् । एउटा संस्था बिशुद्ध साहित्य सेबाका निम्ति कृयाशील हुन भने अर्को संस्था, संस्था संस्थाबीच समन्वय कायम गरी सम्बद्ध संघ संस्थाको एकिकृत प्रतिनिधित्य गर्ने लगायतका उद्धेश्य सहित । यी दुइ संस्थाहरु मध्य “नेपाली संघ संस्था समन्वय परिषद युके”ले निकै चर्चा पाएको छ । चर्चामा खासगरी दुइ वटा प्रश्न उठेका छन् । पहिलो प्रश्न एन् आर एन् छदै छ अव के चाहियो ? दोस्रो यी संस्थै संस्थाको भिडमा अर्को संस्था किन ? Continue reading