युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने,
नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म ।
गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर रहेका पत्रकारहरुलाइ संगठित गर्नेु पर्ने बिचार गरेको कुरा बताएका थिए र उनले यसबारे पत्रकार महासंघसंग पत्राचार गरिसकेको बताउदै मलाइ यसबारे सहयोग गर्न आग्रह गरेका थिए । उनले यस्तै आग्रह भगिरथ योगीसंग पनि गरेका रहेछन् । सोही प्रतिबद्धताको एउटा पाटो थियो हाम्रो पेरिस यात्रा । Continue reading

सहमती गर अनि चुनाव गराउ र राज्य गर -राष्ट्रपति

यतिखेर भने राष्ट्रपति डा रामवरण यादवले नितान्त मुलुक बासी र मुलुकका निम्ति सोचेकै हुन्कि भन्ने अनुमान गर्न सकिने भएको छ । उनले राजनीतिक दलबीच सहमति कायम गरी नेपाली जनतालाई यथाशक्य छिटो नयाँ संविधान दिन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरे ।
राजनीतिक दलबीच पटकपटक संवाद भए पनि त्यसले निकास नपाएकामा आफू चिन्तित भएको बताउँदै राष्ट्रपति डा यादवले राजनीतिक सहमति कायम गरी नयाँ संविधानका लागि दलहरूले दिने निकासका लागि आफू सकारात्मक हुने विश्वास दिलाए । देश सङ्कटतर्फ उन्मुख रहेको र सङ्कटबाट समाधानका लागि राजनीतिक दल र आफ्नो भूमिकासमेत के हुन सक्छ भन्ने विषयमा राष्ट्रपति डा यादवले चासो र चिन्ता प्रकट गर्दै “सहमतिको प्रक्रियामा किन तपाईंहरूबाट ढिलाइ भइरहेको छ” भनी नेताहरूलाई प्रश्न गरे । Continue reading

“समाचार” बन्द – बाप सेर तो बेटा सवासेर

एनेकपा माओबादीका अध्यक्ष प्रचण्डलाइ अहिले उपरोक्त अनुभूती भैरहेको हुनु पर्छ । उनले देनिक पत्रिका समाचारका, प्रधानसम्पादक तथा वाइसिएलका उपत्यका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखालाइ दिएको एक करोड रुपियाँ प्रचण्डले मेसोनै नपाइ हजम भएको छ ।  किम कर्तब्यबिमुढ भएका प्रचण्डले एक दिन ‘पत्रिकामा पैसा हाल्यो, अन्तिममा केही न केही, बालुवामा पानी हाले जस्तो ।’ भन्दै लेघ्रो तानेछन् । यसरी माओवादी अध्यक्ष प्रचण्डले ओठ लेप्य्राएको भोलिपल्टै उनी निकटको दैनिक पत्रिका ‘समाचार’ बजारमा आउन छाडेको छ ।

Continue reading

समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत

नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न सन्चारमाध्यम तथा सोसल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो। जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधिा युकेका अध्यक्ष मुछेत्र गुरुङ, मिस नेपाल युकेकी संस्थापक शान्ति गुरुङ तथा व्यवसायी नरेन्द्र कंडेल छन्।  Continue reading

माओबादीको मागपत्र तयार

यही भदौ १४ देखि १९ सम्म चलेको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले सरकारलाई बुझाउन तयार गरेको मागपत्रको सम्पादित अंश । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे मागपत्रका धेरै बुँदाहरू यसमा समावेश गरिएका छन ।

मुलुक यतिखेर गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । संविधानसभा/व्यवस्थापिका–संसद् भंगसँगै सरकार कामचलाउमा परिणत भएको छ । न्यायपालिकालगायत संवैधानिक अंगहरू रिक्त हुँदै जाँदा राजनीतिक दलहरूबीच राजनीतिक सहमति हुन सकिरहेको छैन । यसले गर्दा मुलुकको राष्ट्रिय सार्वभौमसत्ता गम्भीर संकटमा परेको छ भने महँगी, भ्रष्टाचार, कमिसनखोर, कालाबजारीलगायत जनजीविकाका समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । अत: राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तपसिलका सवालहरूबारे सरकारलगायत सम्बद्ध सरोकारवाला सबैको ध्यान आकृष्ट गरी अविलम्ब सम्बोधन गर्न निम्न मागहरू प्रस्तुत गरिएको छ । Continue reading

भट्टराई सरकारका एक वर्ष: जनता र राष्ट्रविरुद्धका कामहरुको फेहरिस्त

भट्टराई सरकारले एक वर्षमा राष्ट्रिय हितको अबमूल्यन, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको उपहास, भ्रष्टाचार र दण्डहिनताको संरक्षण, मूल्यवृद्धि र कालाबजारीलाई प्रोत्साहन, राज्यको ढुकुटीमा ब्रम्हलुट र आफ्नो सस्तो लोकप्रियताका लागि अनेको ढोग गरेको छ । एक वर्षका भएका यिनै घटनाक्रमका केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छः
गफमा सुशासन, कर्मचारी प्रशासनमा निरन्तर हस्तक्षेप
२७ असोज– प्रहरी अनुसन्धानबाट काशी तिवारीको हत्याको मुख्य योजनाकार देखिएका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहविरुद्ध मुद्दा दर्ता नगर्न जिल्ला सरकारी वकिललाई महान्यायाधिवक्ता मुक्ति प्रधानको निर्देशन । Continue reading

लहरो तान्दा पहरो गर्जीयो

नेपालीमा एउटा उखान छ “लहरो तान्दा पहरो गर्जीयो” । हुन पनि हो कहिलेकाँही त्यस्तै हुने रहेछ । अपराधको सन्जाल कहाँबाट कहाँ पुगेको हुन्छ भन्ने बुझ्न त्यति सजिलो रहेनछ । भनिन्छ अपराध गर्नेले केही न केही कमजोरी छोडेको हुन्छ । कतिपय मान्छेहरु भोक लागेर भोक मेटाउन साना तिना अपराध गर्दछन् तर कतिपय लोभको भाडो नभरिएर । अहिले यस्तै समाचार सन्चारको बजारमा आएको छ । एउटी आर्थिक र सामाजिक रुपमा सम्पन्न महिलाको अपराध खुलासा भएको छ ।
केही समय अघि पत्नीको आर्थिक अपराधका कारण पतिले आत्महत्या गरेका समाचार पनि नआएका हैनन् । आशा गरौ यो समाचारका कारण उनका पतिले आत्माहत्या गर्ने अवस्था श्रीजना नहोस् । Continue reading

When I visited Oxford Hindu Centre

– by Bandana Upadhya

Karma Yoga. Jnana Yoga. Bhakti Yoga. Doing, Thinking, Feeling, respectively. This was the presenting paradigm or in other words, a way of thinking that I (at least) have brought home with me from the visit to Centre for Hindu Studies, Oxford University. Later, when I was asked to sum up the day’s experience, two words instantly came to mind: thought provoking. Upon reflection I recognise the inspiration behind my selected words: Shaunaka Rishi Das ji, the speaker, informed us that Oxford University teaches its students to think. Just a few hours at Oxford University and that is exactly what I was doing, thinking. All the while, my father, who was also present at the talk, was trying to convince everyone to study at Oxford. Continue reading

चालकरहित विमानले मान्छे मार्दै

पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो । Continue reading

लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती


अगष्ट १९ आइतबार सन् २०१२मा लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो सस्था भविष्यमा विश्वव्यापी आकारमा फैलिदै जाने छ । सस्थामा कार्यकारी समिती र वोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको छ । कार्यसमितीमा अध्यक्ष विकल चन्द्र आचार्य, उपाध्यक्षमा क्रमश डा. शुषमा आचार्य, राजेन्द्र सलभ, गोपीकृष्ण प्रसाईं, र किरण थेबे लिम्वु रहेका छन् ।
Continue reading