गगन थापा तिमीले पनि डन पाल्ने ?

Gagan Thapaसमाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार पढ्दा नेपालमा एक प्रकारको निराशा पैदा भएको छ । भखैरै मात्र कांगे्रसी युवा नेता एबं सम्बिधान सभासद गगन थापाले आफुले पालेका डन कुमार घैंटेलाइलाइ कानूनी दायराबाट जोगाउन भिसा मिलाइदिएर बिदेश पठाएका छन् ।

गगन थापाले पालेको डन कुमार घैंटे

गगन थापाले पालेको डन कुमार घैंटे

नेपाली अनलाइन मेडिया अनलाइन खबरका अनुसार प्रहरीले निगरानी बढाएपछि कुमार घैंटे भने विदेशिएका छन् । उनले केही दिनअघिसम्म कांग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा र जगदीशनगरसिंह केसी लगायतको नाम लिँदै ठेकेदारहरुलाई धम्क्याएको प्रहरी स्रोतले जनाएको छ ।
घैंटेले गजुरमुखी निर्माण सेवा नामक कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको पाइएको छ । गजुरमुखी निर्माण सेवा कांग्रेस सभासद जगदीशनरसिंह केसी लगायतको स्वामित्वमा छ । यदि गगन थापाले कुमार घैटेलाइ नपालेको भए वा कुमार घैटेबाट फाइदा नलिएको भए प्रहरीले खोजीरहेको कुमार घैटेलाइ कानूनी कार्यबाहीबाट जोगाउन गगनले भिसा मिलाउन किन स्वर्स लगाए ?
केही महिना अघिसम्म काग्रस नेतृत्वलाइ आगामी एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा नबस्ने भनेर धम्क्याउने गगन आफैले डन पालेर बसेका छन् भनेर कस्ले संका गर्न सक्थ्यो र ? तर अहिले गगनले समेत डन पालेको समाचार खुलासा भएपछि मात्र गगनले कांग्रेस नेतृत्वलाइ किन त्यसरी धम्क्याएका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ । तर त्यतिबेला हामी सर्वसाधारण जनताले भने बल्ल गगनले सही कदम चाल्न थाले भनेर मख्ख परेका थियौं तर उनको यो धम्क्याइको आशय भने आफुले पालेका डनलाइ सभासदमा मनोनित गराउन नपाएर पो पार्टी नेतृत्वलाइ धम्क्याएका रहेछन् भन्ने प्रश्ट भएको छ । अनलाइन खबरले अगाडी लेख्छ प्रहरीले कांग्रेसको आडमा गुण्डागर्दी गर्ने केही डनहरुको लिष्ट उतार्दै उपत्यकाको सुरक्षामा उनीहरु चुनौती बनेको ठहर गरेको छ ।
गगन थापाले त्यतिबेला निकै ठुलो स्वरमा सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । समानुपातिको सूचि बनाउँदा नेपाली काग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै काग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको भन्दै चिच्याएका थिए  । यसरी गगनले चिच्याउदै बोलेको प्रकाशन गर्ने समाचार पत्रहरुको मसी सुक्न नपाउदै गगनले डन पालेको समाचार प्रकाशन हुनु नेपालको दुभाग्य हो । यस्ता दुइ जिब्रे चरित्र भएका नेताहरुको कसरी बिश्वास गरिरहने ? त्यति मात्र होइन उनले त्यतिबेला पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो साक्षात्कारमा गरेका थिए ।
हुनत गगन थापा झुट बोल्न ढाँट्न र लुक्न र लुकाउन माहिर छन् । पहिलो सम्बिधान सभाको सभासद हुदा उनकि पत्नी, कांग्रेस नेता अर्जुननरसिंह केसीकि छोरी बेलायत बस्थिन् र बेलायतमै बच्चा पैदा गरेकी हुन् । त्यतिबेला उनी बर्षको तीन पटकसम्म बेलायत आएर सैर गर्ने गर्थे जबकि उनको जिम्मेवारी नेपालमा सम्बिधान लेख्ने थियो र त्यसैकालागि उनले भत्ता पाउंथे । नेपालबाटबाट लुकेर अर्थात पार्टी र सम्बिधान सभालाइ जानकारी नै नदिइ बेलायत आएको बेला मैले नै बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्समा उनी त्यतिबेला बेलायतमा भएको भनेर उनीबारे सकारात्मक समाचार लेखेको थिए । तर त्यतिबेला गगन थापाले एकजना प्यादा मसंग झगडा गर्न पठाएका थिए । प्यादाले गगन थापा बेलायत त्यतिबेला नआएको भनेर मसंग झगडा गरेपछि मैले पनि उनि नेपाल फकिर्ने दिन सम्म पर्खेर गगन नेपाल फर्किने दिन त्यो गगनको प्यादालाइ घरमा निम्तो गरें तर उसले मकहाँ आउन फुर्सद नभएको बतायो । किनकि उसले गगनलाइ हित्रो पुर्याउनु थियो । त्यो दिन देखि मेरो गगन थापा प्रति घृणा जागेको हो । गगनले  खुलेर बेलायत आएको कुरा भनेको भए हुने थियो  अथवा मैले लेखेको समाचारबारे चुप बसेको भए पनि कसैले उनको खोजी गर्ने थिएन । किनकि त्यतिबेला उनले त्यत्रो ठुलो कुनै अपराध गरेका थिएनन् । उनलेत आफ्नी धर्मपत्नीलाइ भेट्न आएका थिए । अव रह्यो कुरा सम्बिधान बनाउने वा उनले सम्बिधान सभासदका हैसियतले तलव खाएको  तर लुकेर आफ्नो जिम्मेवारी छोडेर भागेको भन्ने कुरा । त्यसकालागि उनले बेलायत स्थित नेपाली कांग्रेसका नेताहरुसंग भेटी सम्बिधानसभा बारेनै छलफल चलाउन सक्थे । पार्टीलाइ जानकारी र प्रतिबेदन दिन सक्थे तर त्यसो नगरी बरु लुक्नेतिर र ठाँट्ने तिर उनी लागे ।

Bookmark the permalink.

One Response to गगन थापा तिमीले पनि डन पाल्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *