मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

Minendra Rijal 1संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने प्रावधान सहित निजामती ऐन संशोधन गरी संसदमा पुर्यारइसकेका छन् भने अर्कोतिर  मिनेन्द्र रिजालले भने बिदेशबाट फर्केका केही र केहीलाइ बिदेश पठाउन बिभिन्न पदमा नियुक्ति गराइ भिषाको प्रबधान मिलाइ दिन्छन् । Continue reading

धन्य ! काँग्रसी उरन्ठेउलाहरु

10386263_290159161167059_4848906560206693527_n“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान पनि बेफुर्सदिलो बनाएका छन् । अझ रमाइलो त के भने उनलाइ मुलुकको प्रधानमन्त्री भन्दा पनि नेपाली कांग्रेसका सभापतिको हैसियतमा पो सम्बोधन गरिदो रहेछ । Continue reading

नयाँ नेपालका राजा ?

rambaran-yadavकमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् । Continue reading

स्नोडेनको एक बर्ष

Edward Snowdenगत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक मच्चाइ आफु संसारको प्रहरी बन्ने अमेरिकी खेल संसार सामु ल्याउनु पर्छ भन्ने लाग्यो र यसैमा प्रतिबद्ध भए । उनको यो आत्मबलले उनलाइ संसारले चिने तर अमेरिकाले भने आफ्नो दुस्मन ठान्यो । Continue reading

हाम्रो परम्पराको हत्या

Friendship-शशी पौडेल
लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि लेखेका । तर यदि उसको साथमा स्मार्ट फोन छ भने त्यसले भने ठाँउ पाउने छ । पार्कएटमाइहाउस् डट कम मा सम्पर्क गरेर । घण्टाका दरले भाडा तिरेर पार्किंग स्पेस प्राप्त गर्न सक्ने छ । यसरी पनि पैसा कमाउने सयौं उदाहरणहरु मध्य एउटा हो यो । Continue reading

Tidbits of Nepali Journalism ‘’Buddha was born in ……..’’

Gautam Buddha– Chiranjibi Paudyal

Famous poet Sir Edwin Arnold to UN official say Buddha was Chiranjibi Paudyalborn in India distorting the fact and hurting the sentiment of millions of Nepali around the globe. However, I had the opportunity to persuade a senior UN official to make him understand and acknowledge that ‘’ Gautam Buddha was born in Nepal.’’ Continue reading

मोदी र युरोप

EU LogoMap of Indiaयुरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर पुग्ने अधिकार राख्दछ भने एउटा भारतीय नागरिक बंगालको खाडी देखि अरबको खाडीको किनार सम्म र केरला देखि जम्मु सम्म बिना कुनै कागज ढुक्कसंग यात्रा गर्ने अधिकार राख्दछ  । Continue reading

उफ् ! एमाओबादी फेरी फुट्ने भो

Prachanda and Baburamदुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो । Continue reading

छापा पत्रिका मर्दै जाने

220px-Newsweek_final_issue— शशी पौडेल
छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक अनुसन्धानले बताएको छ । अनलाइन मेडिया छापा पत्रिका भन्दा सस्तो र दोस्रो समयको पनि खपथ । अनलाइन संचार साधनले छापा पत्रिकाको ठाँउ ओगटे पछि छापा पत्रिकाका प्रकाशकहरु र सम्पादकहरु पनि परिवर्तित ढंगले पाठक समक्ष उपस्थित हुन बाध्य भएका छन् । कोही ल्बगरका रुपमा त कोही अनलाइन मात्र प्रकाशन गर्ने गरी । Continue reading

“Nepal envoy recalled after Qatar ‘open jail’ remarks”

mayakumari-sharma– From The Star Online

KATHMANDU (Reuters) – Nepal recalled its ambassador in Qatar on Thursday after she called the Gulf state an “open jail” for Nepalis who suffer labour abuses, and amid outrage about labour conditions and deaths as the emirate prepares to host the 2022 World Cup.

Maya Kumari Sharma’s remarks were made about six months ago in an interview but only attracted attention this week after they were reprinted in a report by Britain’s Guardian newspaper that documented the deaths of dozens of Nepali workers in Qatar over the summer. Continue reading