प्रधानाध्यापकको सम्मेलनले भन्योः अंग्रेजहरु अंग्रेजीमा कमजोर

Picture from Google

—शशी पौडेल
बेलायती समाज कहाँ पुगेर ठोकिने हो भन्ने कुराको सहजै अनुमान गर्न नसकिने भएको छ । बिसौं सताब्दीको मध्य सम्म बिश्वको एक तिहाइ भूभागमा साम्राज्य फैलाउन सफल बेलायती गोराहरुको अहिले आफ्नै मुलुकमा शैक्षिक दुर्गती हुन थालेको छ । दुर्गती पनि किन नहोस् ? यिनीहरुकै भाषामा भनिन्छ “ह्वाट गोज एराउण्ड कम्स् एराउण्ड” ।
कुनै बेला यहाँका पार्कहरुमा समेत कुकुर र भारतीयहरुलाइ प्रबेश निषेध गराउने गोराहरुलाइ अहिले तिनै भारतीय एवं अन्य एशियालीहरुले राम्रा राम्रा बिश्वबिद्यालयका महत्वपूर्ण संकायहरुमा मात्र होइन स्कूलहरुमा समेत पछाडी पारेका छन् । गत अक्टोबरमा बेलायती प्राइभेट स्कूलहरुका प्रधान अध्यापकहरुको बार्षिक राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनले मजदूर वर्गबाट आएका बेलायती गोरा बिद्यार्थीहरु पढाइमा लगनशील नभएको र उनिहरुमा “एण्टी एजुकेशन कल्चर”को मनोबिज्ञान पलाएको दाबी गर्दै अन्य बिदेशी बिद्यार्थीहरुको तुलनामा बेलायती गोरा बिद्यार्थीहरु पढाइमा कमजोर भएको तथ्य अघि सारेको छ । Continue reading

Bring an end to royal hysteria

Picture from Google

Jacintha Saldanha’s death is a tragedy for her partner, her children, her wider family and friends, but it should also give our society a jolt of reality.This nurse has apparently taken her own life in response to a puerile stunt by two Australian broadcasters who impersonated the Queen, asking for details of the condition of her daughter-in-law in hospital.

Had the private hospital in which she worked had a telephone receptionist on duty, Saldanha would not have found herself in the public eye. Continue reading

एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ । हामी नेपालीहरुनै किन नहौं बेलायतमा बसे पछि बेलायती नियम कानून हाम्रा लागि पनि लागु हुन्छन् । यदि नियम कानून बारे सामान्य ज्ञान पनि हुन सकेन र अन्जानमै केही गल्ती गर्यौं भने हामीलाइ कानूनले छोड्ने छैन ।  त्यतीखेर म नेपाली हुं बेलायतको कानून मलाइ थाहा थिएन त्यसैले गल्ती भयो भन्दैमा कानूनबाट हामी बंच्न सक्ने छैनौं । Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल
समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको ब्याख्या गरेका थिए । आदिम साम्यबादमा कसको बाबु को हो भनेर चिन्न नसकिने तर आमा मात्र चिनिने र समाज मातृसत्तात्मक रहेको बताएका थिए । बेलायतमा एउटा समुदायको अवस्था झण्डै झण्डै आदिम साम्यबादीकालको जस्तै रहेको छ । तर उनिहरुमा अनुशासन, आदर, सम्मान र इमान्दारिता भने कम देखिन्छ । उनिहरुले आफ्नै अलग्गै मुल्य र मान्यता तय गरेका छन् । Continue reading

Academies delusion

Education Secretary Gove

Teacher’s union, National Union of Teachers (NUT) leader Christine Blower has hit the nail on the head with her charge that the Tories and Liberal Democrats are hell-bent on privatising our education system.

There is no educational justification for heavy-handed government insistence on forcing schools out of local authority democratic accountability. Continue reading

के बेलायतलाइ राजनैतिक बिकल्प चाहिएको हो ?

शशी पौडेल

गत सेप्टेम्बर र अक्टोबर महिना बेलायतका ठुला राजनैतिक पार्टीहरु आ आफ्ना बार्षिक सम्मेलनमा ब्यस्त रहे । मिलीजुली सरकारमा रहेका कन्जरभेटिभ पार्टी र लिब डेमबीच समेत केही मत भिन्नता देखिए भने बिपक्षीदल लेबर पार्टीसंग त यसै पनि राजनैतिक, आर्थिक र सैद्यान्तिक बिषमता रहेकै थियो । जे होस् उनिहरुका बार्षिक पात्रोमा उल्लेखित कामहरु भने सफलताका साथ सम्पन्न भए ।
सामान्यतया बेलायतका राजनैतिक पार्टीहरुका कार्ययोजनाहरुको इतिहाँस पल्टाउने हो भने, निर्बाचन पछिको दोस्रो बर्षको बार्षिक सम्मेलनमा आगामी निर्बाचनमा उठ्न सक्ने मुद्धाहरु के के हुन सक्छन् र त्यसलाइ राजनैतिक पार्टी र सरकारले कसरी ट्याकल गर्ने भन्ने बारे केन्द्रित भएको पाइन्छ । जुन छलफल वा बहस एवं त्यसबाट निस्केको परिणामले आगामी निर्वाचनमा कसलाइ भोट दिने भन्ने एक प्रकारको सोंच जनताले बनाउने गर्दथे । र आगामी निर्वाचनमा सम्भबत कुन पार्टी सरकारमा आउछ भन्ने सामान्य अनुमान लगाउन सकिने अवस्था रहन्थ्यो । जुन एक प्रकारको परम्परा जस्तै भैसकेको थियो बेलायती राजनितीमा । तर यसपालीको सरकारमा आसिन एवं बिपक्षि पार्टीहरुका बार्षिक सम्मेलनले त्यो परम्परा तोडेर एक अर्कामा आरोप प्रत्यारोपमा केन्द्रित रहे । Continue reading

जायज आन्दोलन

– शशी पौडेल
वेलायतको प्राकृतिक वातावरण जति जति चिसिदै गएको छ त्यति त्यति यहा“को राजनैतिक वातावरण भने तातेको छ । लगभग तीन हप्तादेखि विद्यार्थी, शिक्षक एवं मजदूरहरु सांगठनिक रुपमा निरन्तर आन्दोलनमा छन् । सरकारले उनीहरुको आन्दोलनलाई सुनिरहेको छैन । यो आन्दोलन विद्रोहमा परिणत हुने हो कि भन्ने चिन्तामा भने सरकार रहेको बुझिएको छ । दुवै पक्षले शक्ति परीक्षण गरेको अर्थमा पनि यो आन्दोलनलाई प्राज्ञीक वर्गले लिन थालेका छन् । सरकारले हेरौं कति दिन यो जाडोमा आन्दोलनकारीहरु सडकमा आउने रहेछन् । भन्ने तर्फ लागेको पनि महसूस गरिएको छ । Continue reading

महासंघ लोकपृय हुदै

What is the great about Unity

-अनु उप्रेती

बेलायत स्थित नेपाली सँघ सँस्थाहरुको महासँघ निर्माणका लागि गठित नेपाली सँघ सँस्था समन्वय परिषद यू के मा थप सँस्थाहरुको समर्थन र सहभागिता वढेको छ।

स्थानिय acton  स्थित ABI College  मा बसेको कार्यसमितिको बैठकले कार्यगत बिषयहरुमा समिक्षा र छलफल गर्दै कार्यसमितिमा थप सदस्यहरु मनोनयन गरेको छ। जसअनुसार कोमल प्रसाद श्रेष्ठ मल्ल, एल एन पाण्डे, राजकुमार त्रिपाठी, खगेन्द्र पाठक, गोपी कृष्ण प्रसाइ, सनत कुमार गुरुङ, विकल आचार्य, दिलिप महासेठ, डा सुधा श्रेष्ठ, सुर्य नेवाङ, सुजित साह र युवराज सिंह छन् भने राजकुमार त्रिपाठीलाई प्रवक्ता तोकिएको छ ।

Continue reading

बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो ।
त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी यौन दुराचार गरेको आरोप लगाएका छन् । उक्त आरोप लागे पछि जुलियन केही महिना देखि बेलायत बस्दै आएका थिए । त्यसैबीच स्वीडिस सरकारले अमेरिकाको दवाबमा आएर बेलायतसंग जुलियन असन्जालाइ पक्राउ गरि स्वीडेन सपुर्दगी गर्न अनुरोध गर्दै आइरहेको थियो । अर्कोतिर अमेरिकाले पनि बेलायती सरकारलाइ जुलियन असन्जालाइ पक्राउ गर्न दवाब दिदै आइरहेको छ । बेलायती प्रहरीले आफुलाइ खोजेको थाहा पाएपछि जुलियन लण्डन स्थित इक्वाडोर दुताबासमा शरण लिन पुगेका थिए । र उनले आफुले ती महिलाहरुलाइ कुनै यौन दुराचार नगरेको बयान दिदै आइरहेका छन् । Continue reading

एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल
गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए ।
अल्टरनेटिभ भोटिङ सिष्टमका समर्थक एंव प्रस्तावक पक्षबाट अल्टरनेटिभ भोटिङ सिष्टम के हो भन्ने बारे सर्वसाधारण जनतालाई उचित र प्रष्ट जानकारी गराउन सकेनन् । अर्कोतिर अल्टरनेटिभ भोटिङ्ग सिष्टम आफैमा सर्वसाधारणवीचमा अदृश्य बनेर देखा परेको थियो । जनतालाई यसबारे प्रष्ट जानकारी थिएन । मिलिजुली सरकारको निर्माण गर्नेबारे कुराकानी गर्दा लिवरल डेमोक्रेटिक पार्टीले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्याएको थियो । Continue reading