बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो ।
त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी यौन दुराचार गरेको आरोप लगाएका छन् । उक्त आरोप लागे पछि जुलियन केही महिना देखि बेलायत बस्दै आएका थिए । त्यसैबीच स्वीडिस सरकारले अमेरिकाको दवाबमा आएर बेलायतसंग जुलियन असन्जालाइ पक्राउ गरि स्वीडेन सपुर्दगी गर्न अनुरोध गर्दै आइरहेको थियो । अर्कोतिर अमेरिकाले पनि बेलायती सरकारलाइ जुलियन असन्जालाइ पक्राउ गर्न दवाब दिदै आइरहेको छ । बेलायती प्रहरीले आफुलाइ खोजेको थाहा पाएपछि जुलियन लण्डन स्थित इक्वाडोर दुताबासमा शरण लिन पुगेका थिए । र उनले आफुले ती महिलाहरुलाइ कुनै यौन दुराचार नगरेको बयान दिदै आइरहेका छन् ।
गतहप्ता सिआइएको दवाबमा बेलायती सरकारले जुलियनलाइ इक्वाडोर दुताबास भित्रैबाट पक्राउ गर्ने धम्की दिएको थियो । सो धम्की पश्चात इक्वाडोरका राष्ट्रपतिले दुताबास सम्बन्धीत राज्यको टेरीटोरी हुने भएकाले त्यसो नगर्न अनुरोध गरेका थिए । तर बेलायती परराष्ट्रमन्त्री विलियाम हेगले बेलायत सरकारले त्यो अधिकार पाएको दाबी गरेका थिए ।
बेलायती परराष्ट्रमन्त्री विलियाम हेगको उक्त दाबीले समग्र दक्षिण अमेरिकालाइ उत्तेजित बनायो र समग्र दक्षिण अमेरिका एक भएर जुलियन माथी अन्याय हुन नदिने निर्णय गरे । इक्वाडोरको तर्फबाट अप्रत्यक्ष्य रुपमा यदि अमेरिकाले बेलायतलाइ यस प्रकारको दवाब दिन्छ भने उनिहरुले दक्षिण अमेरिका हुंदै तानिएको ज्ञास र तेलका पाइपलाइनहरु बन्द गरिदिने भने पछि अमेरिकाको सेंखी झरेको छ ।
अर्को तिर जुलियन असन्जाको शरणार्थी दर्खास्त इक्वाडोरका राष्ट्रपतिल स्वीकृत गरेका छन् । यता बेलायतले लुते कुकुरले पुच्छर लुकाएर कांइ कांइ गरेझै “हामीले जुलियनलाइ सजिलैसंग इक्वाडोर उड्न दिने छैनौ” भन्दै आफ्नो दाजु अमेरिकाको चाकरी बजाइरहेका छन् ।
यसैबीच ती युबती जसले जुलियनलाइ यौन दुराचार गरेको भनि आरोप लगाएका थिए उनिहरु सिआइएको एजेन्ट भएको थाहा लागेको छ । यो समाचार बजारमा आएपछि उनिहरुलाइ सिआइएले जुलियन माथि यौन दुराचार गरेको आरोप लगाउन दवाब दिएको आसंका गरिएको छ । सोही आसंका अनुरुप स्वीडेन सरकारले यसको अनुसन्धान सुरु गरिसकेको बताइएको छ । यदि ती दुइ महिला सीआइएको एजेन्ट भएको र सीआइएको दवाबमा आएर उनलाइ यौन दुराचार गरेको आरोप लगाएका हुन् भने जुलियन होइनकी ती दुइ महिलालाइ स्वीडेन सरकारले कठघरामा उभ्याउने छ । यदि यो त्यसो भयो भने अमेरिकी र बेलायती साम्राज्यबादीहरुको नकाव उत्रने छ ।

 

Bookmark the permalink.

2 Responses to बेलायत र अमेरिकाको सेंखी झर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *