The Nepalese: a cost or a benefit for UK?

Deepak Neupane

There is no long history of Nepalese migration in the United Kingdom.  During 1960s, some Nepalese landed on British soil to study medicine, communication and other professional studies; and some of them returned to Nepal whereas others made United Kingdom their home while still in contact with their family and colleagues in Nepal.  Many of the first generation experts have retained and naturalised with English language and culture.  Their children may not be keeping up with Nepali society, culture and language.   Continue reading

नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने
लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ?
नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२ हेर्न एक व्यक्ति मात्र आएका थिए ।
को हुन त ती व्यक्ति ? लण्डन स्र्टाटफोर्ड स्थित ओलम्पिक रंगशाला अगाडि सेतो दौरा सुरुवाल, छिर्केमिर्के कोट, नेपाली टोपी तथा कम्मरमा कालो पेटीमा सजिएर, हातमा टिकट र क्यामेरामा दृश्यहरु कैद गर्दै बडो फूर्तीसाथ हिडेका, पछाडी ढाडमा नेपालको झण्डा ओढेर विभिन्न देशका दर्शकका साथ गफ गर्दै, सोभेनियरहरु आदान प्रदान गर्दै हिडेका भिडका बीचमा प्रष्टै देखिने गोरो, हिमाल जस्तो टल्किने कपाल भएका ती व्यक्ति थिए – गौतम दास श्रेष्ठ । Continue reading

“ओलम्पिकले मलाई के दिन्छ ?”

केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो ।
यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें, त्यतिखेरै यो प्रश्न उठाएर लेख्ने बिचार गरेको थिएं । तर यस प्रकारको प्रश्न उठाउने सायद म मात्र एक्लो हुन्छुकि भन्ने डर पनि कता कता लागेको थियो । Continue reading

युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

लण्डन ओलम्पिकले ब्यस्त थियो, स्कूलहरु पनि बन्द भएकाले त्यति ब्यस्तता थिएन, कतै घुम्न जाने योजना पनि बन्न सकेको थिएन । एउटा सानो बैठक सकेर घर आइपुग्दा बर्षभरी काम गरेर थाकेको महसुष हुनु अस्वाभाबिक थिएन । छोराहरुले पनि एक दुइ दिनकालागि कतै बाहिर जाने बिचार भए हामी घरै बस्छौं भन्ने संकेत दिए । के खोज्दछस् काना भनेर सोध्दा एकदम छिटो आँखा भन्ने जवाफ दिए झै करुणा तैयार भएर ब्यागमा टाबेल, ब्रस, मन्जन अनि साबुन आदी पोका पारेर म त तयार भएं भन्दै सामुन्य उभिइन् । तर मलाइ भने कहाँ जाने अलमलल थिंए । एक दुइवटा फोन गरें, लण्डन ओलम्पिकले ब्यस्त भएर होला कहीकतै बास बस्ने होटल पाउन सकिन, केही मित्रहरुलाइ फोन रिगाँए तर त्यो बिकल्प पनि असफल भयो, साथीहरु भेट्न सकिन । पत्नीले “मच्चियो मच्चियो थच्चियो” भन्दै सुस्केरा काढ्न थालिन । Continue reading

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल
मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै शिवले गोमालाई विवाह गरेर अर्कै ठाउ“मा बसाई बसाएको । रामचन्द्रहरुको १४ वर्षसम्मको बनबास आदि आदि ।
उता क्रिश्चियन धर्मबारे बाइबलमका कुरा ग¥यौं भने पनि बाइबलको प्रमुख कथाका पात्र नै जेसु क्रिष्ट, म्यारी र जोसेफ रहेका छन् । कथालाई गहिरिएर पढ्ने हो भने जोसेफको म्यारीस“ग प्रेम सम्बन्ध बसेपछि म्यारी गर्भवती भएको र अविवाहित नारी गर्भवती भएपछि इजरायलमा बस्न त्यतिबेलाको सामाजिक मान्यता अनुरुप अप्ठ्यारो पर्ने भएकाले भाग्न बाध्य भएको बुझिन्छ । रातारात भाग्दा अहिलेको इजरायलको राजधानी जेरुसलम र हेवरोनको वीचमा पर्ने वेथलेहेम पुग्दा अचानक बच्चा जन्मेको भन्ने बुझ्न गाह्रो पर्दैन । Continue reading

ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

Greece Olympia

– शशी पौडेल
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ । Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

Gordon Brown leaving Downing Street

– शशी पौडेल
“विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी गोर्डनले स्कूले जीवनमा ठूलो क्षती व्यर्होनु परेको थियो । पन्ध्रवर्षको उमेरमै ए.लेभल सकेर विश्वविद्यालय पुगेका पूर्व प्रधानमन्त्री स्कूले जीवनमा रक्वी खेल्ने गर्दथे । दूर्भाग्यवस रक्वी खेल्दा उनले एउटा आ“खा गुमाउनु परेको थियो । भनिन्छ उनि २००८ सालमा विश्वमा देखा परेको आर्थिक मंदीका वेला प्रधानमन्त्री नभएको भए सायद वेलायत यति छिटो त्यो भड्खालोवाट उठ्न सक्थेन । Continue reading

बारोनेश वार्सी र बासबसेको भाडा

—शशी पौडेल
कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ पार्टीका र लिबडेमका सदस्यहरूको पनि यसमा नाम आएको थियो ।
उक्त ‘वैध’ भ्रष्टाचारको अनुसन्धानका लागि गठित आयोगले आफ्नो काम अघि बढाउने क्रममा अहिले वारोनशा वार्सी तानिएकी छन् । वारोनश वार्सीले लण्डनमा बस्दा भाडा तिरेर बसेको भन्दै एक रातको १६५.५० पौण्डका दरले रकम असुल गर्दै आएकी रहिछन् । एक सुत्रका अनुसार उनले कुनै भाडा तिरेर बसेको नभई एक पाकिस्तानी मूलका धनाढ्य तथा टोरी पार्टीको सहयोगी नवीड खाँकहाँ बस्ने गरेकी रहिछन् । र उनले त्यहाँ रात बसेवापत रकम नतिरेको खुलासा भएको छ । तर, खाँ स्वयंले वार्सीलाई खर्च असुल गर्न सघाएको कुरा पनि प्रकाशमा आएको छ । Continue reading

डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल
बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो । सामान्यतया चर्चहरु कन्जरभेटिभ चिन्तनका हुने हुंदा कन्जरभेटिभ सरकारको सर्मथन गर्ने हुन्छन् । अझ त्यसो भन्दा पनि जो हरेक हप्ता चर्चमा प्रार्थनाका निम्ति जान्छन् उनीहरुनै निर्वाचनमा भोट दिन जाने समुदाय हुन् र उनीहरुले प्राय जसो कन्जरभेटिभ पार्टीलाई भोट दिने गर्दछन् । चाहे अमेरिकामा होस्, फ्रान्स वा जर्मनीमा । तर  बेलायती चर्च अफ इङ्गलैण्डका आर्च विशोफले भने मिलिजुली सरकारको भरपुर आलोचना गरे  । Continue reading