बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल
समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको ब्याख्या गरेका थिए । आदिम साम्यबादमा कसको बाबु को हो भनेर चिन्न नसकिने तर आमा मात्र चिनिने र समाज मातृसत्तात्मक रहेको बताएका थिए । बेलायतमा एउटा समुदायको अवस्था झण्डै झण्डै आदिम साम्यबादीकालको जस्तै रहेको छ । तर उनिहरुमा अनुशासन, आदर, सम्मान र इमान्दारिता भने कम देखिन्छ । उनिहरुले आफ्नै अलग्गै मुल्य र मान्यता तय गरेका छन् ।
अफ्रो क्यारिवियनहरुको बेलायतमा ठुलै समुदाय छ । उनिहरु बिशेष गरि पहिलो बिश्वयुद्ध पछि बेलायत छिर्न थालेको इतिहाँस भेटिन्छ । क्यारिवियनहरु बेलायतका बिभिन्न ठाँउमा छरिएर बसेको भएता पनि यिनीहरुको बिशेष बसाइ उत्तर पूर्बि लण्डनमा अलि बढी केन्द्रित रहेको छ । लण्डन भन्दा करीव करीव पैतिस माइल पश्चिम रेडिङ्ग भन्ने ठाँउमा पनि उनिहरुको बाक्लै बसाइ रहेको छ । यिनीहरुको खासगरी परिवार एक गठ भएर बस्ने चलन छैन । धेरै जसो बालबच्चाहरुले आफ्नो बाबु कोहो भनेर चिनेको पनि हुदैनन् । लगभग पैसठ्ठी प्रतिशत बाल बच्चाहरु एक्ली आमाले पालेर हुर्काएका हुन्छन् । अझ त्यहाँ गाँठी कुरा त के छ भने कसैका सात आठ र बाह्रवटा सम्म पनि बाल बच्चा छन्, ती बाल बच्चाहरु फरक फरक बाबुहरुबाट जन्मेका हुन्छन् र ती बाबुहरु मध्य कसैले पनि बाबुको जिम्मेवारी लिन चाहेका हुंदैनन् ।
केही समय अघि मैले काम गर्ने ठाउमा एउटा क्यारावियन युवकले पनि काम गर्दथ्यो । उसंग मेरो रामै भलाकुसारी हुने गर्दथ्यो । उ बिबाहित थिएन तर उसका तीन छोरा छोरी थिए र ती तीनवटै अलग अलग आमाबाट जन्मेका थिए ।
म त्यो ठाउबाट सरुवा भएर अर्को ठाउमा पुगे । त्यहा पनि एकजना यस्तै ब्यक्ति भेटें । उसका दशवटा दिदी बहिनी रहेछन् । तर सात फरक फरक बाबुबाट जन्मेका । उ रेडिङ्गमा जन्मेर हुर्केको रहेछ । रेडिङ्गमा पछिल्ला दिनहरुमा नेपालीहरुको पनि बसाइ बाक्लिदै गएको छ । उसको छिमेकमा एक नेपाली परिवार बस्दा रहेछन् । ती नेपाली परिवारमा भएको पारिवारिक एकता, बाबु आमा अनि बालबच्चा संग संगै बसेको देखेर उसलाइ कता कता पिडा हुने रहेछ । उसले आफ्नो बाबुलाइ कहिल्यै भेटेको रहेनछ । जव उसले ती नेपाली बाबु चाहीले आफ्नी छोरीलाइ स्कूल लैजाने र घर ल्याउने गरेको देख्छ अनि उसलाइ डाहा भएर आउने रहेछ ।
उ सोह्र वर्षको हुदा एउटी युबतीले बच्चा जन्माइछन्, जो उसको छोरा हो । तर ती युबती उमेर पुगिसकेको र उ चाँही कानूनले बच्चानै भएकाले कानूनी रुपमा बाबु चिनाइनछन् । त्यसैले उसले आफ्नो छोरालाइ कानूनी रुपमा छोरा भन्ने अधिकार पनि राख्दैनथ्यो । अहिले उसको छोरा दश वर्ष पुगिसकेको छ । कतिपय क्यारावियनहरुले जब युबतीहरु गर्भबती हुन्छन् तव उसलाइ छोडेर पन्छिदारहेछन् । यसरी जन्मेका बच्चाहरु जो बाबु बिना हुर्केका हुन्छन् उनिहरुमा अनुशासनमा कमि, पढाइ अध्ययनमा ध्यान नदिने, अपराधिक कार्यमा बढी संलग्नता रहने र बिशेष गरेर उनिहरु समाजबाट अलग्ग भएर बस्ने गर्दछन् भन्ने मनोबैज्ञानिकहरुको राय रहेको छ । यस्ता युवाहरुबाट बढीमात्रामा अपराधिक कार्य भएको कुरा बेलायती प्रहरीहरुको पनि दाबी रहेको छ ।
उसंग उसको बाल्यकाल, युवाबस्था र अहिले सम्म आइपुग्दाको अवस्थाबारे चासो राख्दा आफ्नो कथा यसरी भन्छ, मैले मेरो बाबुलाइ कहिल्यै देखिन । मेरी आमाले बाबुलाइ भेट्न मलाइ प्रतिबन्ध लगाइन् । मेरो कोही पनि रोलमोडेल छैन । मैले कस्को ब्यबहार देखेर राम्रो कुरा सिक्ने ? जवकि मेरो नजिक कोही लोग्ने मान्छे छैन । त्यसैले मलाइ कुनै जिम्मेवारीको अनुभव पनि छैन । मलाइ कुनै किसिमको पारिवारिक सहयोग एवं सहानुभूती भएन । म मेरो आमाको सातौं बच्चा हुं । हामी एधार जना मध्य अरु सबै दिदी बहिनीहरु हुन् । मेरा दिदीहरु सबैका बालबच्चा भैसकेका छन् । तर कोही पनि बिबाहित छैनन् । उनिहरुले पनि एक्लै एक्लै बच्चा हुर्काएका छन् । मेरा दुइ बहिनीहरु जेलमा छन् । हामीलाइ न भौतिक न मानसिक रुपमा कसैको सहयोग छ । हामी सबैलाइ स्कूलमा समस्या प¥यो । हामी मध्य कसैले पनि जी सी एस् इ (एस् एल् सी सरह) पुरा गरेका छैनौं । आमासंग बाबुको बारेमा जान्न खोज्दा किन चाहियो तिमीहरुलाइ बाबु ? खै कसको बाबु कोहो मलाइ थाहा छैन भनेर जवाफ दिन्छे ।
उसले यी कुराहरु भन्दै रहदा बडो अनौठो र अस्वाभाबिक अनुहार बनायो । चिड चिड पसिना काढ्यो । के भयो ? भनेर मैले सोधें । उसले आफ्नो मोवाइल मेरो हातमा दिदै भन्यो हेर मैले भर्खरै एउटा टेक्स मेसेज पाँए तिमी आफैले पढ । टेक्सट मेसेजमा लेखिएको थियो म आज डाक्टरकोमा गएकि थिंए, म गर्भबती भएकी रहेछु र यो बच्चा तिम्रो हो ।
यसपछि उसले भन्या,े देख्यौ यसरी हुन्छन् हाम्रा बच्चा । मैले यो केटीलाइ एक पटक मात्र भेटेको हुं । हामी किन अनुशासित हुन सक्तैनौं ? हामी क्यारावियन कालाहरुले एसियालीहरुसंगबाट किन सिक्न सक्तैनौं ? किन एसियालीहरुले जस्तै एउटा बलियो परिवारको गठन गर्न सक्तैनौं ? अब यो बच्चा पनि म जस्तै अशिक्षि हुने छ । यसको पनि कुनै रोलमोडेल हुने छैन । यसले पनि कतैबाट कुनै सहयोग पाउने छैन, न भौतिक, न मानसिक न सामाजिक न न्यायिक । जिम्मेवारी र अनुशासन बिनाको ब्यक्ति बन्ने छ यो ।
उसका यी कुराहरु सुने पछि यिनीहरुको दिनचर्या के रहेछत ? भन्ने उत्सुकता जागेर आयो र म लण्डनको पूर्बोत्तर भागमा जहा अफ्रो क्यरिवियनहरुको अलि घना बस्ती छ त्यहा पुगेर केही युवा युबती, बृद्ध बृद्धाहरुसंग कुराकानी गर्ने जमर्को गरें । उनिहरु सबैजसोको एउटै भनाइ थियो, धेरैजसोले आफ्ना बाबु चिनेका हुदैनन् । यद्यपी बाबुहरु पनि यहीं ओरी परी घुमीरहेका हुन्छन् । बाबुहरुले जिम्मेवारी लिन चाहादैनन् । बाल बच्चा स्कूल जान चाहांदैनन् । शिक्षा हासिल गर्दैनन् । प्रायजसोले आफुले कहिल्यै काम नगरेको बताए । किन काम गरेनौ त भन्ने जिज्ञासा राख्दा उनिहरु भन्छन्, म युवा छदा मैले गरेको अपराधजन्य कामले गर्दा कही कतै काम पाउन सकिन ।
लगभग बीस बर्ष देखि पच्चिस बर्ष बीचका पाँच युवा युबतीहरुलाइ अलग अलग गरेर एउटै प्रश्न गरेको थिएं, भबिश्यमा तिमी के बन्न चाहान्छौ र आफ्ना बालबच्चलाइ के बनाउन चाहान्छौ ?
राम्रो शिक्षा हासिल गरेर अरुले जस्तै राम्रो काम गरेर ब्यबस्थित जीवन बिताउन चाहन्छु तर यस अघि मैले गरेको गल्तीका कारण अपराध दर्ता खातामा मेरो नाम लेखिइ सकेको छ त्यसैले अध्ययनका लागि मलाइ कुनै पनि शिक्षालयले भर्ना लिन इन्कार गर्ने छ । शैक्षिक योग्यता नभए पछि जागिर पाइने छैन । अव रह्यो बाल बच्चाहरुको कुरा जव हामी आफैले केही गर्न सक्तैनौ भने हामी हाम्रा बाल बालिकाहरुलाइ कसरी रोलमोडल देखाउन सक्छौं ? सबैको उत्तर यही प्रश्नमा केन्द्रित थियो ।

Bookmark the permalink.

5 Responses to बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *