Needs Britain alternative ?

On 3 June Labour shadow chancellor Ed Balls made a speech to his shadow cabinet in which he laid out his intention to fully accept the draconian austerity inaugurated by the Con-Dems.

It is clear that Labour has now given up any pretence of being an opposition, buying wholesale into the logic of a neoliberal austerity which forces ordinary people to pay for the gigantic mistakes of the reckless super-rich. Continue reading

डेबिड क्यामरोनको धम्की

प्रधानमन्त्री डेबिड क्यमरोनले लिबडेमको सहयोग बिनानै सरकार चलाउने धम्की दिएका छन् । यदि कन्जरभेटिभ पार्टीको तर्फबाट आएको बजेट कट्टा, युरोपियन युनियन एवं आप्रबास सम्बन्धी कार्यक्रमहरु प्रति उप प्रधानमन्त्रीले असहयोग गरेको खण्डमा एक्लै सरकार चलाउने बताएका छन् । गत शनिबारको डेलिमेलको एक रिपोर्ट अनुसार डेबिड क्यामरोनले बढी भन्दा बढी २०१५ साल भन्दा पहिलेनै आम निर्बाचनको घोषणा गर्नु पर्ला भन्दै आफ्नो मिलिजुली सरकारका उप प्रभानमन्त्रीलाइ धम्क्याएको खुलासा गरेको छ । डेबिड क्यामरोनले भनेको भन्दै डेली मेल लेख्छ —“यसै पनि मे २०१५मा निर्बाचन हुनेनै छ, हुन सक्छ त्यस अघिनै निर्बाचनको घोषणा गर्नु पर्ला । तर पनि म आशा गर्दछु कि निक ल्केगले बर्तमानमा देखा परेको आर्थिक समस्या देखि लिएर अन्य आबश्यकीय समस्या समाधानार्थ सहयोग गर्ने छन् । यदि हाम्रा आर्थिक कार्यक्रमका लागि निक ल्केगले असहयोग गरेमा मिलिजुली सरकारको अन्त गरि अल्पमतको सरकार बनाउनु पर्ला ।” Continue reading

सभ्यताको हलचलको एउटा पाटो हो यति

—शशी पौडेल
आज बेलायत स्थित यती नेपाली एशोसियसनले आफ्नो स्वर्ण जयन्ती मनाउदै छ । हुनत यो संस्थाले २०१० सालमै आफ्नो स्वर्ण जयन्ती मनाउनु पर्ने हो तर बिभिन्न कठिनाइका कारण संभव भएन । ढिलै भए पनि त्यो मौका जुरेको छ आज यतीलाइ । स्वर्ण जयन्तीमा म पनि निम्त्याइएको थिंए तर म भने मेरो दुइ हप्ता अघि अपरेशन भएको कारण चिकित्सकहरुले बढी हिड डुल नगर्ने सल्लाहा दिएकाले जान सकिन । म आफु त्यहा उपस्थित हुन नसके पनि यतीको स्वर्ण जयन्तीको पुर्ण सफलताको कामना गर्दछु ।
यो लेख मैले यतीको स्वर्ण जयन्तीको अबसरमा प्रकाशित गरिएको यती दस्ताबेजकालागि लेखेको हुं ।  Continue reading

कन—डेमको सयौं शीट गुम्ने ?

—शशी पौडेल
भोली बिहिबार हुन गैरहेको स्थानीय निर्वाचनमा यदि युके इन्डिपेण्डेण्ट पार्टीले बलियो स्थान प्राप्त गर्यो भने प्रधानमंत्री डेबिड क्यामरोनलाइ राजनैतिक र मानशिक दुबै दवाव पर्ने छ । कन्जरभेटिभ पार्टीका वरिष्ट सदस्यहरुका अनुसार प्रधानमंत्री डेबिड क्यामरोनका बिगतका कतिपय गैर राजनैतिक निर्णयका कारण बेलायती जनता असन्तुष्ट रहेका छन् । डेबिड क्यामरोनसंगको असन्तुष्टीका कारण उनिसंग बदला लिन दक्षिणपंथी पार्टी युके इन्डिपेण्डेण्ट पार्टीलाइ कन्जरभेटिभ पार्टीकोठुलो संख्यामा मत जाने सम्भाबना देखिएको छ । Continue reading

समाजबादको भुतले तर्सीएकि मार्गरेट

—शशी पौडेल
बेलायतकि प्रथम महिला प्रधान मन्त्री, बेलायती राजनितीमा अहिले सम्म सवभन्दा प्रभावशाली मानिएकि मात्र होइन बेलायतको राजनिती एवं समाज बिभाजन गराएर लामो समय सम्म राज्य गर्न सफल श्रीमती मार्गरेट थ्याचरको हालै मृत्यु भएको छ ।
“मार्गरेट थ्याचरको मृत्युको खबरले म मर्माहत भएको छु । उनको मृत्युले बेलायतको उच्च प्रधान मन्त्री, उच्च राजनेता एवं उच्च बेलायती ब्यक्तित्व गुमाएका छौं ।” उक्त भनाइ प्रधान मन्त्री डेबिड क्यामरोनको हो । यस्तै प्रतिपक्षी पार्टीका नेता एड मिलिब्याण्ड भनछन् “उनले आफ्नो सत्ताकालमा जे गरिन् त्यस प्रति लेबर पार्टी सहमत छैन । हामी उनको राजनिती प्रति असहमत भए पनि उनको ब्यक्तित्व प्रति हामी आदर गर्छौ ।” Continue reading

Ed Miliband hits back at criticism

Labour Party leader Ed Miliband tonight hit back at criticism of Labour’s direction under him from Tony Blair and his allies, accusing them of being out of date and out of touch with the public.

Insisting that Labour is on course for victory at the 2015 election, Mr Miliband said:  “We are not a party of commentators.” He added: “We have got to recognise that the next election has to be a change election. That means change from the past.” Continue reading

Destruction, devastation, and despair

-by Peter Lazenby

Margaret Thatcher made Britain a “nastier, more brutal and less equal country,” TUC general secretary Frances O’Grady declared in a devastating attack just days before the ex-PM’s funeral.

Ms O’Grady received a rousing reception when she spoke at the Northern TUC conference on Saturday in Newcastle. Continue reading

क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल

गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए ।

प्रधानमन्त्री डेभिड क्यामरोनले भारत यात्रा क्रममा मूलभूत रुपमा दुईवटा कुरा गरे । प्रथम उनले भारतमा ब्रिटिश साम्राज्यको गौरवको कुरा उठाए भने दोस्रो उनले भारतका लगनशील विद्यार्थीहरुलार्ई बेलायतमा आई अध्ययन गर्न र भारतका लगानीकर्ताहरुलाई बेलायत आई लगानी गर्न आह्वान मात्र गरेनन् कि भिसा सहज गराइदिने प्रतिवद्धता समेत जाहेर गरे । Continue reading

प्रधानमन्त्री क्यामरोनको पासा

—शशी पौडेल
प्रधान मन्त्री डेबिड क्यामरोनले आगामी आम निर्वाचन २०१५ मा युके इन्डिपेन्डेन्ट पार्टीको भोट तानेर टोरी पार्टीको भाग्य खुलाउने प्रयास स्वरुप युरोपियन युनियन बारेको आफ्नो नीतिलाइ अहिले अलग्गै ढंगले प्रस्तुत गरेका छन् । जवकि कन डेम सरकारले बेलायत युरोपियन युनियन भित्र सदस्य भैरहने कि अलग्गिने भन्ने बारे जनमत संग्रह गर्ने निर्णय गरिसकेको छ । तथापी गत २३ जनवरीका दिन प्रधान मन्त्री डेबिड क्यामरोनले २०१७ मा बेलायत युरोपियन युनियन भित्र सदस्य राष्ट्र रहिरहने कि नरहने भन्ने प्रश्न राखेर जनमत संग्रह गराउने बताएका छन् । Continue reading

बेलायतमा शैक्षिक योग्यताका साथै पेशागत तालिमको पनि जरुरी

शिक्षा, क्यारियर र अपर्चुनिटीका बारेमा कुरा गर्दा बेलायत लगायत बिकशित मुलुकहरुमा सहजै थुप्रै अपर्चुनिटीहरु पाइन्छ भन्ने प्रायः सुनिने गर्दछ । साथै फलानाले आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र काखीमा च्यापेर हिन्दा हैरान भएछ अनि कही काम नपाए पछि उ बिदेशियो रे भन्ने पनि सुनिन्छ । यसरी केही आफ्नो मुलुकमा कुनै कामको जोहो नपरे पछि अथवा कुनै अपर्चुनिटी नपाएका कारण थुप्रै होनाहार युवाहरु बिदेशिने गर्दछन् भने केही आफ्नो शैक्षिक योग्यता अनुसार, र समाजमा प्रतिष्ठित जागीर हुदा हुदै पनि अझ उच्च प्रतिष्ठा र सुन्दर भबिश्य निर्माण गर्ने उद्धेश्य लिएर बिदेशिने गर्दछन् । त्यो पनि कुनै दलालको सहयोग बाट ।  Continue reading