एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ । हामी नेपालीहरुनै किन नहौं बेलायतमा बसे पछि बेलायती नियम कानून हाम्रा लागि पनि लागु हुन्छन् । यदि नियम कानून बारे सामान्य ज्ञान पनि हुन सकेन र अन्जानमै केही गल्ती गर्यौं भने हामीलाइ कानूनले छोड्ने छैन ।  त्यतीखेर म नेपाली हुं बेलायतको कानून मलाइ थाहा थिएन त्यसैले गल्ती भयो भन्दैमा कानूनबाट हामी बंच्न सक्ने छैनौं ।

यद्यपी बेलायतसंग नेपालको सम्बन्ध दुइसय बर्ष पुरानो छ तथापी बेलायतमा नेपालीहरुको स्थाइरुपमा बसोबास हुन थालेको दुइ दशक पनि काटेको छैन । यती छोंटो अबधीमा यहाको भाषा एवं मूल्य मान्यता नियम कानून बुझेर सबै कार्य आफैले गर्न सक्ने सम्भावना कम रहन्छ । त्यसमा पनि अझ खास हाम्रो बेलायतमा बाक्लो बसाइ हुन थालेको त एक दशक पनि पुरा भएको छैन । तर पनि यसबीच थुप्रै नेपालीहरुले तमाम बन्द ब्यापार गरिरहेका छन् । जागीर खाएर जिबिकोपार्जन गर्नेहरुका लागि सायद त्यति ठूलो समस्या नपर्ला तर बन्द ब्यापार गर्नेहरुका लागि भने त्यति सहज नहुन सक्छ । कुनै पनि ब्याबसाय गर्दा बेलायती कानून अनुसार ब्यबसाय दर्ता हुनु पर्ने र त्यसको कर तिर्नु पर्ने हुन्छ । यो प्रकृया पनि नेपालमा जति सजिलो छैन । सानो गल्ती कमजोरी हुनासाथ कानूनले समाइहाल्छ र सजायको भागी बनाउछ ।

अर्को तिर ब्याबसाय गर्नका निम्ति बैंकिङ्ग सहयोग पाउन पनि आफ्नो भाषामा बोलेर नेपालका बैंकहरुसंग जति सहज हुन्छ त्यस्तो यहाँ हुदैन । यी आदि समस्याहरुलाइ बुझेर लण्डनमा लामो समयदेखि चार्टर एकाउन्टेण्टको काम गर्दै आएका एल् एन् पाण्डेले गत बिहिबार एक सुचनामुलक कार्यक्रमको आयोजना गरेका थिए ।  अल्डरसट स्थित निर्मायाँ रोधीघरमा आयोजित कार्यक्रममा उनले बार्कलेस बैंकका ऋण बिभागका मेनेजरहरुलाइ पनि बैंकसंग कारोवार गर्न केके कुरामा ध्यान पु¥याउन पर्छ र के कस्ता कागजपत्र तयार पार्नु पर्छ भन्ने सूचना प्रबाह गराउन निम्त्याएका थिए । ब्याबसायीहरुलाइ  बार्कलेस कैंकले गर्न सक्ने सहयोग बारे उनिहरुले जानकारी गराएका थिए । उनिहरुका अनुसार कुनै पनि ब्याबसाय गर्नका निम्ति ऋण लिन चाहेमा ब्याबसायको पुर्ण योजना, धितो स्वरुप राख्ने कुनै जिन्सी सम्पत्ती र आफ्नो बैंक खाताको छ महिना देखिको इतिहाँस उपलब्ध गराउनु पर्ने बताए । यदि बिश्वासयोग्य सबै कागज पत्रहरु पुरा भएमा कुनै पनि ब्यबसायका लागि ऋण उपलब्ध गराउन बार्कलेस बैंक सदा तत्पर रहेको पनि उनले बताए ।

चार्टर एकाउन्टेन्ट एल् एन् पाण्डेले ब्यबसाय सुरु गर्नु अघि सर्व प्रथम आफुले ब्याबसाय किन थाल्ने भन्ने बारे प्रश्ट हुनु पर्ने बताए । त्यस पछि आफ्नो उत्पादन केहो र कसका लागि भन्ने निक्र्योल गर्नु पर्ने, अनि ग्राहकले तपाइका सामान किन किन्ने र अनि ग्राहक कसरी बढाउन सकिन्छ भन्ने बारे ध्यान पु¥याउनु पर्ने बताए । अनि जव आफु ब्याबसाय गर्ने भन्ने निक्र्योलमा पुगिन्छ तब यसको ब्यबस्थापन तिर लाग्नु पर्छ, उनको जिकिर थियो ।

बेलायतमा कुनैपनि ब्याबसाय, बन्द ब्यापार सुरु गर्नु अधि यहाँको राज्यसंग दर्ता गराउनु पर्छ । दर्ता गराउना साथै कर तिर्नु पर्ने कुराको ब्यबस्थापन गर्नु पर्छ । यदि आफ्नो ब्यबसायको हिसाव किताब दुरुस्त नराखी कर तिर्न असहज भैरहेको छ भने त्यतिखेर ठुलै जरिवाना हुन सक्ने कुरा पनि पाण्डेले बताए । कुनै पनि ब्यबसाय गर्दा ब्याबसायमा लाग्ने स्थाइ खर्चहरु हुन्छन्, ती खर्चहरु आफुले तिर्नु पर्ने करबाट कटाउन पाइने कुरा पनि उनले जानकारी दिए । यी सव कार्य गर्न ब्यबसाय गर्ने ब्यक्ति सधै सक्षम रहन्नन् र उनिहरुसंग समयको पनि अभाव रहन्छ । टाउको कन्याएर कागज पत्र हातमा लिएर घोरिएर बस्नुको बदला आफ्नो ब्यबसाय तर्फ ध्यान दियो भने त्यसले बढी फाइदा दिन्छ । त्यसैले ब्यबसाय दर्ता देखि लिएर यसको हिसाब किताबको रेखदेख, अनि कर कार्यालयसंगको कारोबारमा समेत चार्टर एकाउन्टेन्टहरुले सहयोग गर्न सक्छन् । यहि सहयोगका निम्ति कार्यालय खोलेर बसेका चार्टर एकाउन्टेण्टहरु सरकारी बिश्वास पात्र हुन् र उनिहरुले पठाएको रिपोर्ट अनुसार कर कार्यालयले कर स्वीकृत गर्ने छ । ब्याबसाय गर्दै आइरहेका र भबिश्यमा ब्याबसायमा हात हाल्न चाहानेहरुका लागि सहयोग दिन आफु सदा तत्पर रहेको पनि उनले बताए । उनले लण्डन बाहेक एउटा अर्को कार्यालय अल्डरसटमा खोलेका छन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *