सत्ता टिकाउने सतरन्जको चाल

पूर्ब प्रधान मन्त्री पुष्पकमल दाहालले यदि यस्तै अवस्था रहिरहे बाबुराम भट्टराइ बीस बर्ष सम्म सत्तामा बसीरहन सक्ने कुरा बताएका छन् । उनलाइ कसैले गलहत्याउन नसक्ने उनको दाबी छ
। सडकमा रोइ कराइ तथा आन्दोलन गर्दैमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै हालतमा राजीनामा नदिने दावी स्वयं सरकारका मन्त्रीहरुले पनि गर्दै आएका छन् । त्यति मात्र नभै उनिहरुले राष्ट्रपतिलाई आफ्नो हैसियतमा बस्न सुझाव दिंदै आएका छन् । तर उता कांग्रेस, एमाले लगायत अन्य दलका भातृ संगठनहरुले सरकार विरुद्ध आन्दोलन चर्काउँदै सरकार ढाल्न कसरतमा जुटेका छन् ।  Continue reading

ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु शो एशिया र नेट फक्सको आतिथयमा

‘‘ उनान्तीस जना कुदेका धावकहरुमा हामी तेहैंमा आयौं । सुविधा र प्रशिक्षण पुगेमा एक दिन सफल हुन्छौं । एनआरएनले दुइवटा जति खेलाडीहरुलाई प्रायोजक गरिदिएमा राम्रो हुन्थ्यो ।’’ उक्तकुरा नेपाल ओलम्पिक टीमको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्ब बहादुर प्रधानले एक समारोहमा बताए । Continue reading

प्रचण्ड र बाबुरामलाई नियन्त्रण गर्ने रिमोट कन्ट्रोल

जनताका लागि र जनताद्धारा परिभाषित गर्ने  लोकतान्त्रिक संविधान दिइ राजनैतिक स्थाइत्व दिन भनि निर्वाचित संविधानसभाको बिघटन भएको पनि दुई महिना वितिसके । संविधानसभाको गर्भभित्र रहेको संविधान तुहिएपछि मुलुक प्रतिदिन अस्थिर र अनिर्णयको बन्दी मात्र बनेको छैन, कामचलाउ सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्दै आइरहेको छ । त्यति मात्र हैन माओबादी सरकारले अधिनायकवाद लाद्न खोजेपछि भावी दिन अझ अनिश्चित हुँदै गएको छ । Continue reading

एमाओबादी कुकर्ममा कीर्तिमान

विचार र व्यवहार समान रहन सकेनन् भने निष्ठा र इमानमा रहेका कार्यकर्ताहरू तथा स्वार्थी र बेइमान कार्यकर्ताहरूबीच विवाद उत्पन्न हुन्छ र त्यस्तो विवादले अनेकौं रूप धारण गर्नुलाई पनि अस्वाभाविक मान्नु हुँदैन । बोक्रे विचारहरू अन्ततः एकदिन उप्किन्छन् र त्यसको ठाउँ नयाँ विचारले लिएर छाड्छ । एमाओवादीमा देखिएको समस्या सम्भवतः यही थियो र त्यसको एउटा ‘ट्रेलर’ साउन २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित विस्तारित बैठकमा देखियो । पूरा सिनेमा देखिन बाँकी छ । पार्टीभित्र गुटबन्दी छ भन्ने मानसिकता बोकेर देशका कुनाकन्दराबाट काठमाडौं पुगेका कार्यकर्तालाई उद्घाटन समारोहमा नेताहरूले पार्टीभित्र कुनै गुट नभएको भाषणबाजी गरेर उत्साहित गर्न खोजेको देखियो । तर विस्तारित बैठक जब बन्द सत्रमा परिणत भयो, लगत्तै माओवादी पूर्वलडाकुहरूले उठाएको भ्रष्टाचारको मुद्दाबाट सुरु भएको विवाद अन्ततोगत्वा कुर्सी हानाहानसम्ममा परिणत भयो । त्यो पनि व्यक्तिगत रूपले होइन समूहगत रूपले एकअर्का समूहमाथि प्रहार गर्ने हदसम्म बैठक रूपान्तरित भयो । Continue reading

बन्दुक किन्न अमेरिका जानुहोस्

-शशी पौडेल
हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ ।
मानिसहरुले खासगरी आफ्नो सुरक्षाका निम्ति भनेर हात हतियार जम्मा गर्ने गरेका हुन्छन् , अरु कसैलाइ मार्न वा अरु कसैको नोक्सान गर्न भनेर होइन । तर कोही आफै आतंकित हुन्छन् र अरुको नोक्सान गर्ने तर्फ लाग्छन् । त्यसो गर्नेहरु अपराधीको पंतिमा गनिन्छन् । Continue reading

आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल
‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ?
उक्त प्रश्न गत हप्ता नेश्नल यूनियन अफ टियर्स र शिक्षकहरुको अर्को ठूलो संगठन (NASUWT)   को संयूक्त विज्ञप्तिमा गरिएको छ । . NUT / NASUWT बेलायतका सबभन्दा ठूला शिक्षक संगठनहरु मानिन्छन् । शिक्षक संगठनका उक्त विज्ञप्ति ठीक समयमा आएकोले यसको स्वागत गर्नुपर्ने वौद्धिक समुदायको टिप्पणी रहेको छ । Continue reading

डायमण्ड जुबलीको पार्टी सुरु

बेलायती रानीको राज्याभिषेकको डायमण्ड जुबलीका बेला अर्थात यो सप्ताहअन्त झण्डै एक बिलियन पौण्ड बराबरको खाना, प्यय पदार्थ र रंगीचंगी बनाउने डेकोरेशनका सामानहरु बिक्रिहुने बताइएको छ । लण्डनका दशहजार सडकहरुमा मनाइने डायमण्ड जुबलीमा ब्यपारीहरुका खाध्यान्न गोदाम, प्यय पदार्थका गोदाम रित्तिने मात्र नभै  डेकोरेशनका सामान उत्पादन गर्नेहरुका लागि पनि भ्याइ नभ्याइ भएको छ ।
लण्डन एवं बेलायतका अन्य ठूला शहरहरुमा आजैबाट पार्टीहरु सुरुभै मंगलबार सम्म रहने छ । यी पाँच दिनमा बेलायतभर आठसय तेइस मिलियन बराबरको खाना मात्र बिक्रीहुने अनुमान गरिएको छ भने एक बिलियन बराबरको प्यय पदार्थ ।
बिशौं लाख ब्यक्तिहरु पवहरुमा जानेछन् । यही सप्ताहाअन्तमा २०१२को युरो फुटबल कपको सुरुको  मैत्रीपूर्ण खेल पनि हुदै गरेकाले पवहरु पनि खचाखच भरिने छन् । Continue reading

इजिप्टः निर्वाचनको मुखमा

– शशी पौडेल
आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक आन्दोलनको समीक्षा गरेको थिंए ।
लेनिन भन्छन् “ आन्दोलनकारीहरुले दुई कुराका निम्ति आन्दोलन गर्दछन् पहिलो कुरा हो पुरानै शासन व्यवस्था रहेसम्म जनता शासन सत्तामा पुग्न सक्तैनन् ।
दोस्रो शासकहरुले पुरानै व्यवस्थावाट अब शासन गरिरहन सक्तैनन् ।”
उक्त कुरा चार फरवरी २०११ को गार्डियनको सम्पादकीयमा उल्लेख छ । Continue reading

More instability await Nepal

“We have no other option but to go back to the people and elect a new assembly to write the constitution,”

PM Dr Babu Ram Bhattarai said in his announcement broadcast live over television. The government put security forces on high alert and riot police were patrolling the streets of the capital, Katmandu, though there were no reports of violence on Monday. Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल
यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन भने मैले उनको प्रवचन २००७ सालको जुलाइमा जर्मनीमा सुनेको थिएं । त्यस पछि म बेलायत आएर बेलायतबाट प्रकासित हुने एक साप्ताहिक नेपाली सन्देसका लागि लेखेको पनि थिएं । दलाइ लामा बारे अरु बढी जानकारी हासिल गर्न र सो कार्यक्रममा भाग लिन अरुवढी पे्ररणा मिलोस भन्ने उद्धेश्यले २९ जनवरी २००८मा प्रकासित उक्त लेख मैले यहाँ जस्ताको तस्तै दिएको छु । Continue reading