युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

लण्डन ओलम्पिकले ब्यस्त थियो, स्कूलहरु पनि बन्द भएकाले त्यति ब्यस्तता थिएन, कतै घुम्न जाने योजना पनि बन्न सकेको थिएन । एउटा सानो बैठक सकेर घर आइपुग्दा बर्षभरी काम गरेर थाकेको महसुष हुनु अस्वाभाबिक थिएन । छोराहरुले पनि एक दुइ दिनकालागि कतै बाहिर जाने बिचार भए हामी घरै बस्छौं भन्ने संकेत दिए । के खोज्दछस् काना भनेर सोध्दा एकदम छिटो आँखा भन्ने जवाफ दिए झै करुणा तैयार भएर ब्यागमा टाबेल, ब्रस, मन्जन अनि साबुन आदी पोका पारेर म त तयार भएं भन्दै सामुन्य उभिइन् । तर मलाइ भने कहाँ जाने अलमलल थिंए । एक दुइवटा फोन गरें, लण्डन ओलम्पिकले ब्यस्त भएर होला कहीकतै बास बस्ने होटल पाउन सकिन, केही मित्रहरुलाइ फोन रिगाँए तर त्यो बिकल्प पनि असफल भयो, साथीहरु भेट्न सकिन । पत्नीले “मच्चियो मच्चियो थच्चियो” भन्दै सुस्केरा काढ्न थालिन ।
धेरै बर्ष अघि जर्मनीमा संगै बसेका एक मित्रको याद आयो । मित्रले मलाइ धेरै पहिले निम्त्याएको पनि सम्झना आयो । फोन गरें मित्रबाट सकारात्मक जवाफ पाएं । मित्रले बेड एण्ड ब्रेकफास्ट खोजीदिने प्रतिबद्धता पनि जनाए । हामी रमाना भयौं ।

लगभग पाँच घण्टा हुत्तिए पछि राती सवा दश बजे कोर्नवालको ट्रुरो पुग्यौ, भएछ के भने मित्रले बेड एण्ड ब्रेकफास्ट पाउन असमर्थ भएछन् । एकरातका लागि मित्रको घरमै बिताउने निधो भयो । लण्डन ओलम्पिक उद्धाटन उत्सबको रेकर्डेट कार्यक्रम हेर्दा राती दुइ बजेको पत्तै पाइएनछ ।
भोली पल्ट बिहान सातबजे मेरो दिन शुरु भयो । यता उता ट्रुरोमै एक्लै घुम फिर गरें । मित्रले संचालन गरेको रेष्टुरेन्टको अगाडी उभिएर हेरे काठमाण्डु प्यालेस, टप फिप्टी करी । मित्रले थुप्रै प्रगति गरेका रहेछन् । बेलायतमा भारतीयहरुको र नेपालीहरुको गरी जम्मा जम्मी दुइहजार भन्दा बढी करी रेष्टुरेन्टहरु होलान्, ती मध्य टप फिप्टी करी मध्यको एउटा मित्रको रेष्टुरेन्ट पर्दो रहेछ । रेष्टुरेन्टको प्रस्थान ढोकाको बगलमा एउटा झ्याल रहेछ उक्त झ्यालमा देखिने गरी बेलायतबाट प्रकाशित एक समाचार पत्र झुण्ड्याएर राखेका रहेछन्, त्यसमा बेलायतको टप फिप्टी करी भनेर बेलायतका क्याटरिङ्गको अनुसन्धान गर्ने सरकारी अनुसन्धान केन्द्रको हवाला दिदै लेखेको समाचार सहजै पढ्न सकिन्थ्यो ।

लगभग एघार बजे तिर मित्र, उनकि पत्नी र हामी दुइजना त्यहाँबाट रमाना भयौ । मित्रले घुमाउने क्रममा अत्यन्त महत्वपूर्ण स्थानमा पु¥याए, पेन्सान्स भन्ने ठांउबाट एकजना अर्का मित्र चन्द्र अर्याललाइ पनि साथ लियौं । त्यस पछि सेनेन र ल्याण्डस इण्ड पुग्यौ । जीबनमा एक पटक समय र अर्थले सम्भव भएसम्म पुग्नै पर्ने ठाँउ रहेछन् । एक भूपरिबेष्ठित देशमा जन्मे र हुर्केका हामी नेपालीहरुले यो संसार कस्तो छ भन्ने बुझ्न पनि एक पटक यी क्षेत्रहरुको यात्रा गर्नु पर्ने रहेछ । यदि त्यस क्षेत्रको यात्रामा गयौ भने बेलायतमा टप फिप्टी करी भनी नाम र इज्जत कमाएको करी बनाएर राजु आचार्य ट्रुरामा टुरिष्टहरुको स्वगतार्थ तैयारी अबस्थामा छन् भने पेन्सान्समा चन्द्र अर्यालले ताजमहल नेपाली रेष्टुरेन्ट तैयारी अवस्थामा राखेका छन् । हामी सबैले त्यही खाना खायौं, झण्डै आठ हजार किमि हवाइ दुरी टाठा पुगेर पनि आफ्नो देश परिबेश र आफ्नो जिउरोको स्वादको खाना खान पाउदा सायद जोकोहीले पनि आफूलाइ धन्य सम्झिन्छ । अनि अर्को समुद्री किनार फालमोथमा इश्वर श्रेष्ठले गोरखा रेष्टुरेन्टमा मिठो खुवाउने छन् । जमिनको अन्त भागमा पुगे पनि कतै सुख्खा पाउरोटी र आलु मात्र खाएर फर्किनु पर्नेहो कि भनेर कत्ति चिन्ता मान्नु पर्ने छैन ।
चाहे तपाई अमेरिका, अष्ट्रेलिया वा युरोपको कुनै कुनामा हुनुहुन्छ भने पनि यो बेलायतको मात्र नभै युरोपको अन्तिम घर हेर्न चुक्न नहुने मेरो सोचाइ हो । त्यस पछि जमिनमा अर्को घर देख्न न्यूयोर्क पुग्नु पर्ने छ । बेलायतको सबभन्दा पुरानो पानीजहाज सरसफाइ र मर्मत संभार गर्ने ठाँउ पनि त्यही बाटोमा पर्ने छ । समुद्रको किनार त सायद संसारमा दशौं हजार होलान तर जमिनको अन्त हुने ठाँउ यो एउटा हो र यस पछि जमिन भेटाउन प्रसान्त महासागर कटेपछि संसारको अर्को भूभागमा पुग्नु पर्ने छ ।

Bookmark the permalink.

One Response to युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *