पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

Gordon Brown leaving Downing Street

– शशी पौडेल
“विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी गोर्डनले स्कूले जीवनमा ठूलो क्षती व्यर्होनु परेको थियो । पन्ध्रवर्षको उमेरमै ए.लेभल सकेर विश्वविद्यालय पुगेका पूर्व प्रधानमन्त्री स्कूले जीवनमा रक्वी खेल्ने गर्दथे । दूर्भाग्यवस रक्वी खेल्दा उनले एउटा आ“खा गुमाउनु परेको थियो । भनिन्छ उनि २००८ सालमा विश्वमा देखा परेको आर्थिक मंदीका वेला प्रधानमन्त्री नभएको भए सायद वेलायत यति छिटो त्यो भड्खालोवाट उठ्न सक्थेन ।
व्राउनले प्रधानमंत्री सम्हालेका एक महिना हुदा नहुदै विश्व पूंजीवादमा एउटा आपत आइलाग्यो । त्यो हो आर्थिक मंदी । आपत विपतमा भासिएको अर्थतन्त्र उकास्ने प्रयासमा गोर्डन व्राउनका विरुद्ध विपक्षी डेविड क्याम्रोन तगारो वनेर उभिए । कन्जरभेटिभ पार्टीले मुलुकको विपतमा सघाउनुको वदला खुट्टा तान्ने प्रयास ग¥यो । महिनौ यसवारे कुनै सल्लाह सुझाव दिएन । किनभने कन्जरभेटिभ पार्टी भित्र पंक्तिमा आर्थिक मंदीमा कसरी ट्याकल गर्ने भन्ने अनुभवको अभाव रह्यो । अमेरिकाको लेहमान व्रदर्श एवं कैयौ वैङ्क कोल्याप्स भए । वेलायतमै पनि घर खरिद गर्दा ऋण उपलब्ध गराउने प्रमुख मध्यको एउटा वैङ्क नर्दन रकको जग फेरी मर्मत गर्न नसक्ने गरी भासियो । पूर्व प्रधानमन्त्री व्राउनले आर्थिक मंदीवाट मूक्त हुन विभिन्न वैङ्कलाई चार त्रिलियन वरावर पु “ जी उपलब्ध गराएर विश्व अर्थतन्त्रलाई वचाएको आफ्नो सफल आर्थिक यात्रा प्रस्तुत् गरे । उनले आर्थिक मंदीमा यसरी सघाउनु आवश्यक सम्झे किन भने उनलाई आफू चान्सलर भएका वेला वैङ्क अफ इङ्गल्याण्डलाई आर्थिक स्वतन्त्रता दिएको आरोप लगाईएको थियो । यद्यपी आर्थिक मंदी हुनमा वेलायतको अर्थात गार्डोन व्राउनको झिनो हात पनि छैन । यो त अमेरिकाको लेहमान व्रदर्शवाट शुरु भएको थियो । गोर्डोन व्राउनको राजनीतिक यात्रा वामपंथी राजनीतिवाट शुरु हुन्छ र उनी माक्र्सवादी अर्थनीतिमा विश्वास गर्ने व्यक्ति थिए तर ल्गोवलाइजेसन सम्म आइपुग्दा उनले ल्गोवलाइजेसनका विरुद्ध लेख्ने र वोल्नेहरु माथि भन्ने गर्थे “मलाई विश्वास छ कि ल्गोवलाइजेसनको विरोधमा हैन कि यसको पक्षमा विश्वभर प्रचार गर्नु पर्ने छ किनभने यो आजको आवश्यक्ता हो र यसवाट फाइदा हुने छ । ”
गोर्डोन व्राउन प्रधानमन्त्री बनेपछि आफ्ना पुराना राजनीतिक साथीहरु धेरै गुमाए । उनको राजनीतिक यात्राको शुरु ताका साथ दिने व्यक्तिहरु अहिले पनि लेवर पार्टी भित्र लेवर युनिओनिट भएर बसेका छन् । अति चतुर वुद्धिमता र मिलनसार भएका कारणले उनलाई निश्चित भएको स्थान डोनफरमाइल इस्ट भन्ने ठाउ “ वाट स्कटिश लेवर पार्टीले टिकट दियो । उनले १९८३ मा डोनफरमाइल ईष्टवाट निर्वाचनमा विजयी हासिल गर्दा उनी ३२ वर्षका मात्र थिए । १९८४–८५ मा भएको चर्चित मिनर्स आन्दोलनमा वेलायतको संसदका हैसियतले सोलिडारिटी ल्पेट फर्मका प्रबुद्ध व्यक्तित्व डेनिस स्किनर्स र कम्युनिष्ट यूनियन नेता माइक म्याक गाही संग एउटै मंचवाट भाषण गरेका थिए । उनले पटक–पटक“हाम्रो अर्थतन्त्रमा नीति र नियम घटाउदै जाने र उदारता वढाउदै जानु पदर्छ” भन्ने तर्क गर्छन् । गोर्डोनले वेलायती राजनीतिमा चर्चा पाउनुको अर्को मूख्य कारण उनले १९८६ मा जेभस माक्सटोन जो स्वतन्त्र लेवर पार्टीका नेता थिए । उनको जीवनी प्रकाशमा ल्याए । उक्त जीवनी गोर्डोनको पिएचडी थेसिसको थियो । जुन पुस्तक एडिनश विश्वविधालयवाट प्रकाशन भएको छ ।
यस्तै उनले त्यसको केही समय पछि “आँट” नामक पुस्तक प्रकाशित गरे जसमा नेलशन मन्डेला, आङ काई सुकी एवं मार्टिन लुथर किङ जस्तै विश्वका आठ व्यक्तिहरुवारे लेखेका छन् । उक्त पुस्तकमा उनले खास गरी आखिर मान्छेले किन सजिलो वाटो हुदाँ हुदै पनि अप्ठ्यारो, उकालो र गाह्रो यात्रा रोज्दो रहेछ भन्ने कुराको मनोविज्ञान प्रस्तुत गरेका छन् । गोर्डोन व्राउनले राजनीतिक प्रसंगको कुरा गर्दा “स्वतन्त्र लेवर पार्टी र लेवर पार्टी असफल हुनु भनेको वेलायतको राजनीतिमा समस्याको समाधान गर्ने केहि असफल हुनु हो र मुलुकमा अरु गरिवी र वेरोजगारी वढ्नु हो ।” भन्ने गर्दथे ।
साढे दुई दशक भन्दा वढी संसद सदस्य भएका जेमस गोर्डोन व्राउन आफ्नो जीवनकालको उनन्साठी वर्षको यात्रा गरिरहेका छन् । राजनीतिक एवं आर्थिक शुद्धिकरणको यात्राले उनको व्यक्तिगत जीवनलाई पुर्णरुपले विर्सादिए छ । जीवनको पचास दशक भेट्टाउन लाग्दा मात्र जीवन संगीनीको आवश्यक्ताको महसुस गरेर सन् २००० मा उनी सेरा म्याकऔली संग वैवाहिक वन्धनमा वाँधिए । उनको पहिलो वच्चा एक छोरीले दशदिनमात्र यो संसार देखेर सदाका लागि विदा भईन् । यो घटनाले गार्डोन व्राउनमा जीवनमा नैराश्य छाएको पटक–पटक सार्वजनिक रुपमा व्यक्त गर्ने गर्दछन् । जे होस उनीसंग अहिले दुई छोराहरु छन् । वाल वच्चाहरुका सम्वन्धमा डाउनिङ्ग स्ट्रिटको वेभ साइटमा व्राउनको मत पढ्न सकिने छ । “संसारका वच्चाहरु गरिवीको रेखामुनीवाट मूक्त भएर हाँसी खुसी हुर्कन पाउनु पर्छ जीवनको शुरुवात असल हुनुपर्छ तवमात्र उनीहरुको भविश्य उज्जल हुनेछ ।” झण्डै तीन वर्षका आफ्नो प्रधानमन्त्रीत्वकालवाट विदा लिदा व्राउनका आँखा रसाएका थिए । उनले न्यू लेवर पार्टीको नेतावाट समेत राजीनामा दिदै सम्पूर्ण राज्यलाई धन्यवाद दिए । जव उनी प्रधानमंत्री र लेवरपार्टी नेतावाट मुक्ति लिदै थिए । उनको आवाज रसाएको थियो । कताकता घाँ टीमा अड्के जस्तो लाग्थ्यो । उनले विदा लिदै भने “म मेरो काम माया गर्नुको अर्थ इज्जत, पद र प्रसंसा लिनका लागि होईन । किन कि यी कुराहरु म पटक्कै मन पराउन्न । म मेरो काम माया गर्नुको अर्थ हो यो मुलुकलाई उपलब्धी मुलुक वनाउन, शुद्ध सफा, अरु वढि उन्नतशील र अरु वढी न्यायीक र साचो अर्थमा उचो वेलायत देख्ने मेरो चाहना हो ।
गोर्डोन व्राउनको प्रधानमंन्त्रीत्व कालभर क्यामरामा कमै देखिएका दुई छोराहरुलाई उनले एक एक गरी टाउकोमा चुम्वन दिएर सम्पूर्ण वेलायतवासीलाई प्रधानमन्त्रीको हैसियतमा पछिल्लो पटक हात हल्लाएर वाइ वाइ भन्दै उनलाई पर्खिरहेको गाडि तर्फ लागे । जुन गाडिले उनलाई वकिङहाम प्यालेस पु¥यायो र जहाँ वाट विगत ३ वर्ष अघि उनको पछिल्लो जागिरको शुरुवात भएको थियो । त्यहीवाट पती र वावुको जिम्मेवारी लिदै अगाडी बढे ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *