ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

Greece Olympia

– शशी पौडेल
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ ।
“ओलम्पिक” नाम परा पूर्बकालीन ग्रीस भाषाबाट आएको हो । यसले नाम “ओलम्पिक खेल” भनी ओलम्पिक खेलका लागि गठित अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले राखेको हो । “ओलम्पिक” नाम ग्रिसको दक्षिण पश्चिममा रहेको अर्धटापु पेलेओपोनेशको ओलम्पिया भन्ने स्थानमा सर्व प्रथम खेल प्रतिस्पर्धा गराइएकोले यसको नाम “ओलम्पिक प्रतिस्पर्धा” भनि राखिएको थियो ।

Olympia-stadium in Greece Olympia


सन १८९६ देखि सुरु भएको ओलम्पिक खेल हरेक चार बर्षमा हुने गर्दछ र सन १९२४ देखि जाडोको मौसममा पनि ओलम्पिक खेलाउन थालियो । अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले सन १९६० देखि शारिरीक अपाँगहरुलाइ पनि खेल मैदानको प्रतिस्पर्धामा उता¥यो । १९७६ देखि खेलाइने शारिरीक अपाँगहरुको खेललाइ “प्याराओलम्पिक खेल” भनेर नामाकरण गरियो । यसरी गर्मी मौसम र जाडो मौसममा हरेक दुइ दुइ वर्षमा प्याराओलम्पिक खेल हुन थाल्यो । हरेक दुइ बर्षमा हुने प्याराओलम्पिक एकपटक गर्मी मौसममा र अर्को पटक जाडो मौसममा हुने गर्दछ । हरेक चार बर्षमा हुने ओलम्पिक खेल भने गर्मी मौसममा आयोजना गरिने परिपाटी बस्यो । हरेक चारबर्षमा हुने ओलम्पिक र हरेक दुइ दुइ बर्षमा हुने प्याराओलम्पिक खेल सम्पन्न गराउने जिम्मा अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले लियो । सन २०१० को जाडो मौसमको प्याराओलम्पिक खेल क्यानाडाको भ्यानकुभरमा भएको थियो भने यसपालीको प्याराओलम्पिक खेल लण्डनमा २९ अगस्त देखि ९ सेप्टेम्बर सम्म हुने भएको छ ।
परापूर्ब कालमा ओलम्पिक

Pierre de Koubertin

परापूर्ब कालमा पनि ओलम्पिक खेल गराइने गर्दथ्यो भन्ने प्रमाण भेटिन्छ । इसा पूर्व ७७६ देखि इसापूर्व चौथो सताब्दी सम्म परापूर्ब कालिन (एन्सियन्ट) ग्रिस समयमा ग्रिसको ओलम्पिया भन्ने ठाँउमा लगतार खेल प्रतिस्पर्धा भैरहेको थियो । खेलको सुरु सुरुमा ओलम्पियाको खेल मैदानमा १९२२४ मिटर दौडको प्रतिस्पर्धा हुने गर्दथ्यो । पछि हरेक पटक यसले बिकाश गर्दै गयो । ओलम्पियामा हुने उक्त खेललाइ ग्रिसहरुका भगवान मानिने छेउस र भगवानका अवतार मानिने पेलोप्सले धार्मिक पर्वका रुपमा पाँच दिन खेलाउन थाले । त्यसरी गराइएको खेल प्रतिस्पर्धाले बिकाश गर्दै १८ वटा भिन्न भिन्न प्रकारका खेलहरु प्रतिस्पर्धा गराउन थालिएको इतिहाँस भेटिन्छ । तर जव इसा पूर्व १४८मा रोमले ग्रिस माथि कब्जा ग¥यो त्यस पछि त्यो खेल पनि बन्द भयो । एक एैतिहाँसिक अनुमानका अनुसार इसापूर्व ३९३मा रोमका साम्राट थेओडिसिउस ब्दीतीयले ग्रिसलाइ कब्जा गर्नु अघि पछिल्लो खेल भएको थियो ।
रोमका साम्राट थेओडिसिउस ब्दीतीयले ग्रिसलाइ कब्जामा लिएपछि उनले सबै प्रकारका धार्मीक चाड पर्वहरु र खेलकूँदका सबै प्रकारका प्रतिस्पर्धा माथी प्रतिबन्ध लगाए ।
सन १८८६ पछि ओलम्पिया क्षेत्रमा गरिएको उत्खनन्बाट त्यहाँ मन्दीरहरु भएको र ठूलो खेल मैदान भएको पत्ता लाग्यो । उक्त उत्खनन एक जर्मन पुरातत्वबेत्ता एर्नसट कुर्टिउसको नेतृत्वमा भएको थियो । त्यसको केही समय पछि एक फ्रेन्च पिएरे दे कुबेर्टिनले “यदि एक जर्मन ब्यक्तिले यत्रो ठूलो उत्खनन गरेर ओलम्पिया पत्ता लगायो भने हामी फ्रेन्चहरुले किन यति राम्रो कुराको सुरुवात नगर्ने ? ” भनी ओलम्पियालाइ पुन ब्युताउने प्रयास गरे । तर त्यसबीचमा १८७०÷७१मा जर्मन फ्रान्सको युद्धले ओलम्पियाको पुन सुरुगर्ने भन्ने काम रोकियो ।

First Olympic medal

सन १८९०मा पिएरे दे कुबेर्टिनले ओलम्पिया क्षेत्र हेर्न पुगे र जव उनले त्यो क्षेत्र देखे तव उनलाइ यसको नयाँ सुरुवात गर्न अरु जोस, जाँगर र आँट जागेर आयो अनि उनले फ्रान्सको सोरबोन बिश्वबिद्यालय पेरिसमा १८९४को जुन १६ देखि २३ सम्म एक ओलम्पिक सम्मेलनको आयोजना गरे र सो सम्मेलनले दुइ बर्ष भित्र आथेनमा एक ओलम्पिक खेलको आयोजना गर्ने निर्णय ग¥यो । अनि त्यतिखेरै अन्तरराष्ट्रिय ओलम्पिक कमिटी पनि गठन गरे । कमिटीमा एक ग्रिस डेमेट्रिउस भिकेलास अध्यक्ष बने भने पिएरे दे कुबेर्टिन महासचिव बने । सन १८९६को खेलमा जम्मा जम्मी १४ मुलुकका २५० खेलाडीहरुले भाग लिएका थिए । तर खेल असाध्यै रोचक, प्रतिस्पर्धात्मक एवं सफल भएको मानियो । दोस्रो ओलम्पिक खेल सन १९००मा पेरिसमा र तेस्रो खेल १९०४मा सन्त लुइजमा भएको थियो । यसरी ओलम्पिक खेल पुन जीबित भएर आज सम्म निरन्तर अगाडी बढीरहेको छ ।
एक सय बाह्रबर्ष अघि १४ मुलुकका २५० खेलाडीहरुबाट सुरु भएको ओलम्पिक २००८ सम्म आइपुग्दा चीनको बेजिङ्गमा भएको खेलमा २०४ मुलुकका ३०२ बिभिन्न प्रतिस्पर्धाका लागि ११ हजार खेलाडीहरुले भाग लिएका थिए ।

 

Bookmark the permalink.

One Response to ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *