अनुभवः बर्लिन दुताबासको

NepaleseAbroad.com: Embassy of Nepal Berlin Germanyहिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो । कसले सरकार बनाउने हो र मुलुक कुन दिशातिर जाने हो भन्ने चिन्तन हुन थाल्यो । Continue reading

युद्धमैदानमा गुमेका दुई दाजुको सम्झनामा

Jana yuddha-गोरिकला विश्वकर्मा ‘मानुषी’
दाइलाई सम्झिदा सम्झिदा आज मेरो प्राण हरण हुँदैछ । दाइको सम्झना किन यति धेरै आएको हो म आफैलाई थाहा छैन । तर मनमा निरन्तर निरन्तर सम्झना आइनै रहेको छ । अस्ती भर्खर हो मैले माइलो दाइको सम्झनामा मैले धेरैबेर आँसु बगाएको । माइलो दाईको श्रीमती माईली भाउजु अहिले पनि हाम्रै घरमा छन् । हत्त न पत्त भावुक नहुने र आफ्ना कुरा अरुसँग नओकल्ने भाउजुको पीडाले मेरो ओढेको सल नै आँसुले भिजे थियो । किन किन यति धेरै आँसु दाइ सहिद भएको बेला पनि बगाएकी थिइन । त्यतिखेर तातो घाउ झन् पीडा हुनु पथ्र्यो । Continue reading

किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

220px-Madhav_Pd_Ghimireमाधवप्रसाद घिमिरे

सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण र यहाँको शान्ति देख्दा म खुसी भएको छु। हाम्रो योगसुत्रमा सबैभन्दा पहिलो पाइला वातावरण, परिवेश शान्त हुनुपर्छ भनेको छ। त्यसले मात्र चेतनाको अन्तिम सिँढी, त्यो गहन शान्तिमा मानिस पुग्नसक्छ भनिएको छ। किसुनजीको आश्रममा पनि त्यो शान्ति कायम राखिएको म त्यो व्यवस्था गर्नेप्रति धन्यवाद दिन चाहन्छु। Continue reading

नेपाली समाजको चरित्र -१

Nepali Sअहिले पनि नेपाली समाज मूलतः अर्ध सामन्ती र अर्ध औपनिवेशिक छ। १८१६ को सुगौली सन्धिपछि नै नेपाली समाज अर्ध औपनिवेशिक बन्न पुगेको हो। विराटनगर जुटमिलको स्थापनापछि अर्ध सामन्ती भयो भनेर मान्ने गरिन्छ। अर्ध औपनिवेशिकताले वैधानिक रूपले नेपाल स्वाधीन राष्ट्र रहँदारहँदै पनि उक्त सन्धिका आधारमा पराश्रित बन्न पुग्यो भनेर मानिएको हो। सन् १९५० को सन्धिपछि त त्यो प्रवृत्तिले नयाँ स्वरूपमा पुनर्जीवन पायो। नेपालको स्वाधीनताका लागि लडिरहेकाहरूले अहिले बढ्दै गरेको वैदेशिक हस्तक्षेपलाई समेत बिर्सेर स्वाधीनताको लडाइँ लड्न सकिँदैन। Continue reading

एनेकपा (माओबादी)लाइ सन्देश

Prachanda and Baburamअनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो।
त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा (माओवादी) त्यति ठूलो पार्टी हुने अपेक्षा माओवादीलाई नै पनि थिएन। यस्तै, यसपटक एमाओवादी यति धेरै खुम्चिएला भन्ने अनुमान पनि बिरलैले गरेका थिए। Continue reading

बुबा प्रधानमन्त्री हुँदा म पक्राउ

BP Koiralaकमल कोइराला

निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। त्यस समय त्रिचन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले परीक्षा फाराम भरेका थिए। तर, मकबुलको फाराम भरिएको थिएन। उनको घरमा गएर सोध्दा आमाले भन्नुभयो– ‘अलिकति पैसा कम हुन्छ।मैले भनें– ‘ थपिदिन्छु।त्यसबेला त्रिचन्द्र कलेजको पटना युनिभर्सिटीसँग सम्बन्धन थियो। फारामहरू चाँडै पठाउनुपर्थ्याे। अर्को दिन मकबुलको फाराम लिन उनको घर गएँ। मेरो साथमा कलैयातिरका मेरै कक्षामा पढ्ने केशव भन्ने एकजना साथी पनि थिए। Continue reading

Revealed: Qatar’s World Cup “slaves”

grieving parents Nepal

Dalli Kahtri and her husband, Lil Man, hold photos of their sons, both of whom died while working as migrants in Malaysia and Qatar. Their younger son (foreground photo) died in Qatar from a heart attack, aged 20. Photograph: Peter Pattison/guardian.co.uk

-Pate Pattisson, The Guardian

 Dozens of Nepalese migrant labourers have died in  in recent weeks and thousands more are enduring appalling labour abuses, a Guardian investigation has found, raising serious questions about Qatar’s preparations to host the 2022 World Cup. Continue reading

“Nepal envoy recalled after Qatar ‘open jail’ remarks”

mayakumari-sharma– From The Star Online

KATHMANDU (Reuters) – Nepal recalled its ambassador in Qatar on Thursday after she called the Gulf state an “open jail” for Nepalis who suffer labour abuses, and amid outrage about labour conditions and deaths as the emirate prepares to host the 2022 World Cup.

Maya Kumari Sharma’s remarks were made about six months ago in an interview but only attracted attention this week after they were reprinted in a report by Britain’s Guardian newspaper that documented the deaths of dozens of Nepali workers in Qatar over the summer. Continue reading

खोलो तरेपछि बिर्सेको लौरो

40340_129510857095131_2884202_nआनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु भेट्यो। देवीप्रसाद रेग्मी आफ्नै गाउँबस्तीका रहेछन् भन्ने वुझिएपछि कुमारको मनमा कौतुहल जाग्यो। देवीप्रसाद जीवितै छन् कि ? अहिले कहाँ बस्दाहुन् ? Continue reading

ऐतिहासिक पाल्पा अर्गली दरबार सौचालयमा परिणत

Argali Darbarपाल्पा समाचारदाता ,पाल्पा
पाल्पा, असार २२ गते । पाल्पा सदरमुकाम तानसेनबाट झण्डै २५ किलोमिटर उत्तर पश्चिममा रहेको ऐतिहासिक अर्गली दरबार उचित संरक्षणको अभावमा सौंचालयको रुपमा परिणत भएको छ । पबित्र तीर्थ स्थल रुरु क्षेत्रमा रहेको उक्त दरवार वर्षौदेखि वेवारिसे अबस्थामा रहेको छ ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणले १९९७ सालमा १० वर्ष लगाएर उक्त दरबारको निर्माण गरेका थिए । दैनिक रुरु क्षेत्रमा तिर्थ बर्त गर्न जाने राजश्री महाराज भएर बस्ने योजनाका साथ उनले अर्गली दरवार निर्माण गरेको किंवदन्तीमा उल्लेख छ । उक्त दरबारको निर्माणपछि झण्डै ५ वर्र्षसम्म जुद्ध शमशेर सोही दरवारमा बसेका थिए । पछि देश व्यापी रुपमा राणा शासन बिरुद्व आन्दोलन चर्किएपछि जुद्ध शमशेरले दरबारको स्वामित्व आफ्नी छोरी जनकराज्य लक्ष्मी ९मिश्रीमैया० लाई हस्तान्तरण गरिदिएर भारतको देराहदुन तर्फ लागेको किव्दन्ती छ । Continue reading