बाबुरामको घोषणाले स्थाइत्व पाओस्

नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर  प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ । तथापी उनको यो घोषणाले नेपाली जनमानसलाइ खुसी तुल्याएको छ  भने अन्य पार्टीका बुढा नेताहरुलाइ भने मार हानेको छ । नेपाली कांग्रेसका शेर बहादुर देउवा, राम चन्द्र पौडेल एमालेका माधब नेपाल, के पी ओली हरुलाइ बज्रपात परेको हुनु पर्छ किनभने उनिहरुलाइ भबिश्यमा नेपाली जनताले पद छोड्न दवाब दिने छन् । सुनिन्छ यिनीहरु डा बाबुरामको उक्त घोषणा फिर्ता गराउन निमित्त दौड धुप गरिरहेका छन् ।

Continue reading

“ट्रेडमार्क कम्युनिजम”को पिडा

-डम्बर खतिवडा
केही महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक औपचारिक कार्यक्रमपश्चात् अनौपचारिक कुराकानीमा एकजना सहभागीले मलाई सोधे, ‘सर  तपाईंहरू अलिक बढी नै लेखपढ गर्नुहुन्छ । राजनीतिक टिप्पणी पनि लेख्नुहुन्छ । आफूहरूलाई स्वतन्त्र पनि भन्नुहुन्छ । विश्लेषण पनि गर्दै हिँड्नुहुन्छ । लौ भन्नुस् त, नेपालमा यतिका धेरै कम्युनिस्ट छन्, को चाहिँ खाँटी कम्युनिस्ट हुन् ?’ प्रश्न मेरा लागि अनपेक्षित थियो । जीवनमा मैले कहिल्यै यसरी सोचिनँ । नेपालका कुन कम्युनिस्ट खाँटी हुन् ? कुन नक्कली ? तसर्थ झट्ट कुनै उत्तर फर्काउन सकिनँ । केहीबेर मौन रहेँ । Continue reading

शेरको भारतमा मेजमानी, शुशिल र राच चिन्तित

यसै पनि नेपाली कांग्रेस भित्र देखिएका तीन गुट मध्यको एउटा गुटका नेतालाइ भारतले निम्त्याउदा अर्को गुट ससंकित हुनु स्वाभाबिकै हो ।  कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाको भारत भ्रमणलाई लिएर पार्टी सभापति सुशिल कोइराला र उपसभापति रामचन्द्र पौडेल संशकित भएको समाचार कान्तिपुरले खुलासा गरेको छ  । ६ दिने भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेका देउवालाई भारत सरकारले उच्च स्थान दिनुका पछि भावी प्रधानमन्त्रीको रुपमा उभ्याउन सक्ने संभावनाबाट कोइराला र पौडेल संशिकत बन्न पुगेका हुन् ।  भारतको इसारामा नाच्न नचाहेकै कारण  कोइराला र पौडेल नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार बनाइएर पनि प्रधानमन्त्री हुन नसकेको बुझाई पार्टीभित्र छ ।

Continue reading

पण्डित हुन गएको कम्युनिस्ट भएर फर्किएँ -कमलराज रेग्मी

नेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो ।
म बनारसमा थिएँ । पटना पुगेर कांग्रेसलाई भनेँ, ‘हामीलाई पनि आन्दोलनको मोर्चामा सहभागी गराउनुस् ।’ कांग्रेसका हर्ताकर्ता मातृकाप्रसाद कोइराला थिए । भने, ‘तपाईंहरू पनि कांग्रेसको झन्डामुनि बसेर राजनीति गर्ने भए हाम्रो मोर्चामा सहभागी गराउँछौँ । कम्युनिस्टकै झन्डा उचाल्ने हो भने त्यो गर्न सकिँदैन ।’ हामीले स्विकारेनौँ, आफ्नो अस्तित्व गुमाएर कांग्रेसको झन्डामुनि बस्न । फर्कियौँ । Continue reading

कस्ले कस्ले भोगे अवहेलनामा सजायँ

-अश्विन कुमार
राज्यका तीन अंगमध्ये अदालतको पनि अन्यजस्तै आफ्नै मर्यादा र विशेषाधिकार छन्। ति विशेषधिकार पालना र कार्यान्वयनका लागि अदालतले प्रचलित संविधान, कानून र नियमको परिधिभित्र रही विभिन्न मापदण्ड निर्माण गर्न सक्छ ।
तर, तिनै मापदण्ड र अदालती मर्यादाका बिषयमा विवाद हुँदा धेरैलाई अदालतले अवहेलना मुद्दा चलाएका छ कारवाही समेत भएका छन । यसमा सञ्चार क्षेत्रका समेत धेरै व्यक्ति तानिएका छन । बहुदल स्थापनाका केही बर्षसम्म पनि अदालतले पुरानै परम्पराबट अवहेलनाको कारवाही जारी राख्यो । पछिल्ला केही बर्षहरुमा प्रेसप्रति उदार देखिएको अदालत फेरि एकपटक अनुदार बन्ने प्रयास गरिरहेको छ । अदालतको यो कामको चौतर्फी रुपमा आलोचना समेत भइरहेको छ । अवहेलनामा कसूर स्थापित भए सर्वोच्च अदालत नियमावली अनुसार बढीमा एक बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । Continue reading

एमाले सच्चा र असली लोकतन्त्रवादी

कुनै एउटा पार्टी अध्यक्षले आफ्नो पार्टी चिर्बाचनमा पहिलो शक्ति हुने आशा गर्नु नितान्त स्वाभाबिक हो । तर आफुलाइ प्रजातान्त्रिक पार्टीको बरिष्ट नेता भनाउन मन पराउने ब्यक्तिले निर्बाचनबाट डराएर निर्बाचनको मिती तोक्न आत्तिन नपर्ने भन्दै जनता भड्काउने प्रबृत्ति भने स्वीकार योग्य नहुने भन्दा अत्युक्ति हुने छैन ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आसन्न संविधान सभा निर्वाचनपछि आफ्नो पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।
बीसौं मदन आश्रित दिवसका अवसरमा पार्टी मुख्याल बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वँचनबाट एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् । अघिल्लो निर्वाचनमा एमाओवादीले जितेकै कारण संविधान बन्न नसकेको आरोप लगाउँदै खनालले संविधान निर्माणका लागि पनि एमाले विजय हुनै पर्ने उल्लेख गरे । उनले निर्वाचनका लागि पार्टी नेता तथा कार्यकर्तालाई तयार हुन निर्देशन दिए । नेपालको कम्युनिष्ट आन्दोलनमा स्व। भण्डारी र आश्रितको ठूलो योगदान रहेको उल्लेख गर्दै खनालले यी दुई नेताकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको बताए । उनले जनताको बहुदलीय जनबादलाई कार्यान्वयन गर्दै पार्टी अगाडि बढ्ने धारणा राखे Continue reading

यो अति हो कि मुलुकको खती हो ?

नेपालमा दुइवटा प्राथमिक बिद्यालय अचानक भुगोलबाट हराएको कुरा आजको सौर्य देनिकले आफ्नो सम्पादकीयमा लेखेको छ । यस्ता घटना सायद नेपालमै मात्र हुने गर्दछन्  अन्यत्र भएको यस पंतीकारलाइ अहिले सम्म थाहा छैन ।
सप्तरी जिल्लाको बथानाहा–३ र देउरी भरुवा–४ मा दुईवटा प्राथमिक विद्यालय हराएका छन् । गत मंसिरसम्म सम्पूर्ण सुविधा लिँदै आएका ती विद्यालयले कहिलेदेखि अनुमति पाएर सञ्चालित भएका थिए र अस्तित्वमै नरहेका ती विद्यालयलाई सरकारले कति खर्च गर्यो र प्रधानाध्यापक र सञ्चालक समितिमा कोको थिए र यी विषयमा सबै पक्ष मौन छन् । कागजमा दुई विद्यालयले बर्षैं देखि जिल्ला शिक्षा कार्यालय सप्तरीमार्फत सेवासुविधा लिँदै आएका थिए । Continue reading

सभ्यताको हलचलको एउटा पाटो हो यति

—शशी पौडेल
आज बेलायत स्थित यती नेपाली एशोसियसनले आफ्नो स्वर्ण जयन्ती मनाउदै छ । हुनत यो संस्थाले २०१० सालमै आफ्नो स्वर्ण जयन्ती मनाउनु पर्ने हो तर बिभिन्न कठिनाइका कारण संभव भएन । ढिलै भए पनि त्यो मौका जुरेको छ आज यतीलाइ । स्वर्ण जयन्तीमा म पनि निम्त्याइएको थिंए तर म भने मेरो दुइ हप्ता अघि अपरेशन भएको कारण चिकित्सकहरुले बढी हिड डुल नगर्ने सल्लाहा दिएकाले जान सकिन । म आफु त्यहा उपस्थित हुन नसके पनि यतीको स्वर्ण जयन्तीको पुर्ण सफलताको कामना गर्दछु ।
यो लेख मैले यतीको स्वर्ण जयन्तीको अबसरमा प्रकाशित गरिएको यती दस्ताबेजकालागि लेखेको हुं ।  Continue reading

लोकमान सिंह कार्की प्रकरण वा प्रतिगमनको गम्भीर संकेत ?

– मोहनविक्रम सिंह

सर्वोच्च अदालतको लोकमानसिंह कार्की सम्बन्धी फैसला देशमा प्रतिगमनको गम्भीर खतराको संकेत हो । यो सामान्य कुरा होइन कि पहिले माओवादी अध्यक्ष प्रचण्डले कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव ४ राजनीतिक दलको संयन्त्रमा राखे । त्यसपछि ४ राजनीतिक दलहरुका तर्फबाट बनेको संयन्त्रले त्यो प्रस्तावलाई स्वीकार ग-यो । प्रचण्डले कार्की जस्तो बदनाम राजावादी, रायमाझी आयोग र अख्तियार समेतले जनआन्दोलनको ठूलो पैमानामा दमन, राष्ट्रिय सम्पत्तिको दुरुपयोग र भ्रष्टाचार समेतका लागि दोषि ठहराएको र भविष्यका लागि सरकारी सेवाका लागि अयोग्य ठहराएको व्यक्तिलाई किन अख्तियारको प्रमुख बनाउने प्रस्ताव अगाडि सारे ? Continue reading

२०७० चुनाव वर्ष होस्

वि. सं. ०६९ को पात्रोलाई ०७० ले आइतबारबाट प्रतिस्थापन गरि पात्रोको स्वरूप फेरिए पनि मुलुकको राजनिती फेर्ने प्रक्रिया भने यथावत छ । बहुसंख्यक नेपालीहरुले यो बर्ष पनि दलहरुकै खिचातानीमा बित्ने अनुमान गरिरहेको बेला काठमाण्डौबाट प्रकाशित हुने बुधबार साप्ताहिकले भने अलि ढाढस दिएको छ । बुधबार साप्ताहिकले आफ्नो सम्पादकीयमा लेख्छ – Continue reading