२५५६ औं बुद्ध जयन्ती

Gautam Buddha-शशी पौडेल

‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि बुद्ध भयो ।’ Continue reading

२०११ ले शैतानहरु बढारोस्

Shashi२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुलाई शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी सूर्य बहादुर थापालाई चोट परेको देखिन्छ । Continue reading