“बाबुरामले जस्तो बोरामा पैसा लगेर खन्याउनुपर्यो”

haribol-gajurel1एमाओबादीका नेता हरिबोल गजुरेलले डा. बाबुराम भट्टराइलाइ बोरामा पैसा लगेर आफ्नो जिल्लामा खन्याएको आरोप लगाएका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै माओबादी नेता गलुरेलले अर्का माओबादी नेता डा भट्टराइले गरेको काम देखेका हुन् सायद । यस्तै उनले उनि भन्दा वरिष्ठ माओबादी नेता सि पी गजुरेललाइ जनताको टेलिफोन नउठाएको आरोप समेत लगाएका छन् ।
एमाओवादीभित्र एकले अर्को गुटका नेतालाई खुईल्याउन कतिसम्म तल गिर्दारहेछन् भन्ने उदाहरण हो यो एउटा । Continue reading

बाबुरामको चिन्ता: प्रतिवेदनमा खिचडी आउने

Baburam_Bhattaraiमहाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागेको होला ? यो प्रश्न एमाओबादीको पार्टी पंती भित्र मात्र नभएर समग्र राजनैतिक चिन्तकहरुले उठाएको बेला दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ । तर पार्टी नेतृत्वले भने आफ्नो पंती भित्र पार्टीपंक्तिलाई पराजयको कारण केलाउन र संगठन सुदृढ बनाउन भनी बुझो लगाएका छन् । Continue reading

गिरिजाका नाममा पाँच विद्यार्थी

Girija_P_koirala२०४६ साल अर्थात १९९० को राजनीतिक परिवर्तनपछिको २०१० सालमा उनको मृत्यु सम्म झन्डै २० वर्षको अवधिमा सबैभन्दा बढी सत्तामा रहने र आलोचना पाउने राजनीतिज्ञ स्वर्गीय गिरिजाप्रसाद कोइराला हुन् । त्यो अवधिमा सबैभन्दा बढी पुत्ला कसैका जले भने उनैका जले । तर, जीवनको उत्तरार्धमा माओवादीलाई शान्ति  प्रक्रियामा ल्याउन र मुलुकमा गणतन्त्र स्थापनामा उनले खेलेको भूमिकाले उनका ती नकारात्मक पक्षलाई ढाक्यो र बाहबाही पाए । अहिले माओवादीले पनि चाहिएको बेला बेलामा स्मरण गर्ने उनै कोइरालाको नाममा भने एउटा लाजमर्दो काम भइरहेको छ । Continue reading

यसकारण सर्वसम्मत हुन्छ – एमाले नेतृत्व

Ishwor Pokhrel talking to Journalist– ईश्वर पोरखेल
यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच बिगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न, बुझ्न खोज्नु स्वभाविक हो । हामीले बितेका बर्षहरुमा राम्रा कामहरु गरेका छौं, साथै केही नराम्रा कामहरु पनि हामीबाट भएका छन् । बितेका बर्षहरुमा हामीले थुप्रै चुनौतीमाथि विजय प्राप्त गरेका छौं, केहीकेही कुरामा हामीलाई हार्नु पनि परेको छ । थुप्रै उपलब्धी भएका छन्, केही गुमाउनु पनि परेको छ, हामीले । बितेका बर्षमा हामीलाई जनताले प्रसंशा पनि गरेका छन्, कतिपय सवालमा हाम्रो आलोचना पनि भएको छ । Continue reading

मन्त्रीहरुको उत्तरदायित्व: को प्रति ?

Zemanta Related Posts Thumbnailअस्ती बिहिबार नेपाली संचारसाधनले प्रधानमन्त्री शुसिल कोइरालाले बिदेश भ्रमणमा जादा पाएको दैनिक भत्ता राज्यकोषमा फर्काए भन्ने समाचार प्रकाशमा ल्याए । यसै साथ मुलुकका उप प्रधानमन्त्री एवं गृहमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्पत्तीको बिबरण नदिएको समाचार पनि प्रकाशमा आयो । यस्तै आफु भ्रमणमा जाँदा पाएको भत्ताबाट दुइवटा पुस्तक किनेर बाँकी बचेको सबै भत्ता राज्यकोषमा बुझाएको समाचार केही पहिले डा बाबुरामका बारेमा पनि आएको हो । डा बाबुरामले आफु अर्थमन्त्री हुंदा राम्रा काम गरे भन्ने पनि समाचार सुनियो । तर पछि प्रधानमन्त्री हुदा भने उनि बेस्सरी गन्हाए । Continue reading

एबर्डिनमा नेपाली भाषा

nepali language classमातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ । Continue reading

आमा घर, सञ्चार गृह र सरकार

Dilsobha Shresthaअहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् । Continue reading

नेपाल–भारत सम्बन्ध

India-Nepal_Treaty_1950

Nepal-Indo treaty 1950

Nepal India Relationshipनेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको छ। तर, भारतले आफ्नो यो उद्देश्य हासिल गर्नका लागि निकै पापड पेल्नु परिरहेको छ। Continue reading

सुदूरपश्चिमका ढुकढुकी

Damoder Bhandari–शन्तराम बिडारीLokendra Bdr Chand
पञ्चायत र बहुदलीय व्यवस्थामा समेत गरी तीन निर्वाचनमा बैतडीका जनताले पत्याएका लोकेन्द्रबहादुर चन्द जीवनको उत्तरार्द्धमा जनताद्वारा अस्वीकृत भए। केही महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट उठेका चन्दले भर्खर ४० वर्ष लागेका छोरासमानका दामोदर भण्डारीसित प्रतिस्पर्धा गर्नुपर्यो। पञ्चायत र बहुदलीय ब्यबस्थामामा गरी दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई बैतडीका जनताले नपत्याउनु उनको घट्दो जनविश्वास नै थियो। Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

Bamdev-Gautamमलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो।

हाम्रो पार्टीभित्र तीन जनाले अध्यक्ष हुने मन गर्नुभएको छ। मैले भित्रभित्रै ‘यी तीन जनाभन्दा त मै हुनुपर्ने हो, त्यो चाहिँ किन भन्दैनन्’ भनें। Continue reading