धन्य ! काँग्रसी उरन्ठेउलाहरु

10386263_290159161167059_4848906560206693527_n“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान पनि बेफुर्सदिलो बनाएका छन् । अझ रमाइलो त के भने उनलाइ मुलुकको प्रधानमन्त्री भन्दा पनि नेपाली कांग्रेसका सभापतिको हैसियतमा पो सम्बोधन गरिदो रहेछ । Continue reading

नयाँ नेपालका राजा ?

rambaran-yadavकमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् । Continue reading

पिडा पोख्दा उत्तेजित भइदो रहेछ -आङ्ग काजी सेर्पा

Ang Kaji Sherpaदुइ अढाइ बर्ष अघि क्षेत्री, बाहुनहरुलाइ तथानाम गाली गरेर चर्चामा आएका आङ्गकाजी सेर्पा अहिले कही कतै उनको नाम सुनिदैन । केही नेताहरुले आफुलाइ एउटा समुदायको प्रतिनिधी भन्ने ठान्छन् तर जनताले आफ्नो प्रतिनिधी आफै चुन्न चाहान्छन् भन्ने कुरा बुझ्न असफल भएकै कारणले केही माउपार्टीको नेतृत्वमा बसेका ब्यक्तिहरुमा दम्भ पलायो र ठुलो भाग पाउने आशामा आङ्गकाजी सेर्पाहरुको साथ लिए । दुर्भाग्य उनिहरुले गत सम्बिधानसभाको निर्वाचनमा पराजय भोग्नु पर्यो ।
जनजाती महासंघका यस अघिका महासचिव र अशोक राइको नेतृत्वको संघीय समाजबादी पार्टीका भारत बाहेकको बिदेश बिभाग प्रमुख आङ्गकाजी सेर्पासंग मैले झण्डै १६ महिना अघि उनि बेलायत आएको बेला छोटो कुरा कानी गरेको थिंए । Continue reading

खलनायक को हुन्, प्रचण्ड कि बाबुराम ?

Prachanda-and-Baburam2-शशी पौडेल
एमाओबादीको पार्टी भित्र प्रचण्ड र डाक्टर बाबुराम भट्टराइ मध्य को नायक हुन् र को खलनायक हुन् भन्ने अझै एकिन हुन सकेको छैन । तर हामी आम नेपालीका नजरमा भने यी दुबैले खलनायकको बिल्ला भिरीसकेका छन् ।
बाबुराम भट्टराइले गोप्य माइनुटिंग गरेका माइनुटबुक प्रचण्डको दरबारमा पुग्यो रे ! डाक्टर बाबुराम भट्टराइले आफ्नी आँटिली आमाबाट आर्जन गरेको फलामको बाकसमा भोटे ताल्चा लगाएर आफु सुत्ने पलंगको मुनी राखेको माइनुटबुक सुटुक्क बाहिर निस्केछ । र काठमाण्डौको ट्रफिक जामलाइ छल्दै निर्धक्कका साथ प्रचण्डको दरबारमा अनगिन्ती पाले पहराको आँखा छलेर एउटा इमान्दार नोकर जस्तै  बैठक कोठामा सुटुक्क उपस्थित भएछ । Continue reading

Tidbits of Nepali Journalism ‘’Buddha was born in ……..’’

Gautam Buddha– Chiranjibi Paudyal

Famous poet Sir Edwin Arnold to UN official say Buddha was Chiranjibi Paudyalborn in India distorting the fact and hurting the sentiment of millions of Nepali around the globe. However, I had the opportunity to persuade a senior UN official to make him understand and acknowledge that ‘’ Gautam Buddha was born in Nepal.’’ Continue reading

बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

Zemanta Related Posts Thumbnailप्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री कोइरालाले त्यसरी मन खोलेका हुन् ।
कुराकानीका क्रममा कोइरालाले आफ्नो निजी जीवनका कुरा पनि खोले । बिहाका बारेमा प्राय: मुख नखोल्ने ७५ वर्षीय कोइरालाले आफूले लोकतन्त्रसँग बिहा गरेको उल्लेख गरे । Continue reading

म, क्रिकेट र विश्वकप सपना

Bhaskarभास्कर ज्ञवाली

सन् १९८५  नेपालमा  टेलिभिजन  प्रसारण  सुरुआतको  वर्ष । यो  त्यही  समय हो, जतिबेला टेलिभिजनसँग मेरो  पहिलो  चिनजान  भयो । हजुरबाहजुरआमा  बनारस  बस्नुहुन्थ्यो।  हामी  पाल्पाको तानसेन  बस्थ्यौं ।  दसैंतिहार, जाडो  वा  अलि लामो  बिदा  परेको बेला हामीलाई  बनारस   जाने  अवसर  हुन्थ्यो । यसपटक भने  फरक  अवसर थियोफुपूको बिहे।  हजुरबाआमासँगै काका  पनि बनारसमै  बस्नुहुन्थ्यो । काकाले  घरमा टेलिभिजन ल्याउनुभएको  रहेछ।  बाकस जस्तो  ठूलो।  काँचको  पर्दामा  सजीव  आकृतिहरू । टेलिभिजनले एकैसाथ आश्चर्य  र रमाइलो दियोहामी  दंग पर्यौं। Continue reading

उफ् ! एमाओबादी फेरी फुट्ने भो

Prachanda and Baburamदुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो । Continue reading

एमालेमा तेस्रो बिकल्प खोज

SUN-शशी पौडेल
नेकपा एमालेको पार्टीपंती भित्र मात्र होइन कि यसका सहयोगी र समर्थकहरुबीच समेत आसन्न नवौं महाअधिबेशनबारे चर्चा परिचर्चा भएको छ । स्वभाबिकै पनि हो । किनभने नेपाली जनता कुनै बेला यो पार्टी प्रति मुलुकलाइ अग्रगामी दिशातिर लैजाला भन्ने सवालमा आशातित थिए । जनताले त्यसरी आशा गरेको पार्टी भित्र भने अहिले नेतृत्वको सवाललाइ लिएर बिबादको गहिरो खाडल खनिएको छ । हिंजो एउटै शक्ति भनिएकाहरु अहिले समुह समुहमा बिभाजित छन् । यही पार्टीका शक्ति मानिने केही ब्यक्तिहरु सत्तामा जाने बार्गेनिंग गरी अर्को दलमा ओइल पोइल गएका छन् । Continue reading

मन्त्री नरहरीको काठको नाक

Narahari Acharyaनेपाली भाषमा एउटा मिठो उखान छ “धानको कडकरी सहजै चिन्न सकिन्छ तर मान्छेको कडकरी त्यो ब्यक्तिका दुइ चार कृयाकलाप नहेरीकन चिन्न सकिन्न ।” हो यो उखान अहिले राम्रोसंग साबित भएको छ मन्त्री नरहरी आचार्यको सवालमा ।
नरहरि आचार्यलाई हामी नेपालीहरुले बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्ने गर्दथ्यौं ।  उनले अहिलेसम्म बनाएको छवि पनि यही नै हो । तर, उनले जुन छवि निर्माण गरेका थिए, त्यो नितान्त नक्कली, ढोंगी र कपटपूर्ण रहेको रहस्य उनि मन्त्री भएपछि उद्घाटित भएको छ । Continue reading