युद्धमैदानमा गुमेका दुई दाजुको सम्झनामा

Jana yuddha-गोरिकला विश्वकर्मा ‘मानुषी’
दाइलाई सम्झिदा सम्झिदा आज मेरो प्राण हरण हुँदैछ । दाइको सम्झना किन यति धेरै आएको हो म आफैलाई थाहा छैन । तर मनमा निरन्तर निरन्तर सम्झना आइनै रहेको छ । अस्ती भर्खर हो मैले माइलो दाइको सम्झनामा मैले धेरैबेर आँसु बगाएको । माइलो दाईको श्रीमती माईली भाउजु अहिले पनि हाम्रै घरमा छन् । हत्त न पत्त भावुक नहुने र आफ्ना कुरा अरुसँग नओकल्ने भाउजुको पीडाले मेरो ओढेको सल नै आँसुले भिजे थियो । किन किन यति धेरै आँसु दाइ सहिद भएको बेला पनि बगाएकी थिइन । त्यतिखेर तातो घाउ झन् पीडा हुनु पथ्र्यो । साँच्चै नढाँटेर भनिरहेको छु म । मलाई अहिले जति पीडा दाइ सहिद हुँदा भएको थिएन । त्यतिबेला पीडा भन्दा बढी आक्रोश आयो मनमा । आफ्नो दाजुले इतिहास बदल्ने एउटा महान यात्रामा रगत चढाएकोमा, बलिदान दिएकोमा र त्यो गौरवपूर्ण रक्ताम्य इतिहासमा आफ्नो नाम दाइले लेखाएकोमा मनमा एक किसिमको गौरवानुभूति पनि भएको थियो । तर, आज समय बदलिँदै गएको छ । त्यो बुझाई, त्यो गौरवनाभूति कता हरायो खै पीडाले मन हुँडलिन थालेको छ
हाम्रो स–परिवार युद्धमा होमियो । राज्यले हाम्रो घरलाई पनि दुश्मन ठान्यो सायद जलाएर खरानी बनायो । हामं्रो घर जल्दा माहिलो दाइ मात्र सहिद हुनु भएको थियो । कान्छो दाई जिवितै हुनुहुन्थ्यो । म्याग्दीको वेनीमा कान्छो दाइ पनि सहिद हुनुभयो । अहिलेसम्म हाम्रो पुख्र्यौली घर भग्नावशेष मै छ । वरिपरी मान्छेले कति राम्रा घर लाए । अझ पार्टी शान्तिकालमा आएपछि र पार्टी नेता कार्यकर्ता वैचारिक रुपमा विचलित भएपछि केही माओवादी त स्वर्गमा नै पुगिसके । तर, हाम्रो घरको आँसु भने कहिल्यै सुकेन ।
मेरो जेठो दाइ पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँले नै हो हामीलाई मुक्तिको बाटोमा हिडाएको । साँच्चिकै हामी महिला, दलित र उत्पीडित वर्गको लागि कर्णाली र कालिकोटमा त उहाँ हाम्रो आदर्श नै हो । उहाँकै वीरता र बलिदानले हामीले नयाँ संसार देख्न पायौं । उहाँका अगाडिका चुनौती पनि सामान्य छैनन् । २०५७ मा श्रीमान गुमाएकी मेरी माइली भाउजु उहाँलाई सम्झिँदा दस धारा आँसु एक साथ आँखाबाट खस्छन् । अहिले पनि उहाँ अविवाहित हुनुहुन्छ । उमेरका हिसाबले उहाँ र म सँगसँगैका होउला । हामी छोरी भएको नाताले कति हाँस्छौ, कति खेल्छौ, कति मनका कुरा गछौं । तर, उहाँ बुहारी भएकाले त्यही मान्यतामा रहनुपर्छ । दाजु बितेको १३ वर्ष पुग्दा पनि उहाँको धैर्यता, विवेक र साहस देख्दा म नतमस्तक हुन्छु । अस्ति उहाँलाई सम्झेर म धेरै बेर रोए । मेरी भाउजु दाइ गुमाएको १३ वर्ष भयो । आजसम्म आफ्नो अडानमा टसकोमस् हुनु हुन्न । अझसम्म विचारमा विचलित हुनुहुन्न । साँच्चिकै भाउजु नभएको भए दाइको सम्झना यति हुदैनथ्यो होला भनेर म लामो समयसम्म भावुक भएँ । भावुक हुनुका कारण मेरो भाउजुका चाहना र भावना कति थिए होलान् र दाईसँग विदाइ हुँदाको अन्तिम क्षण मेरो दाइले भाउजुलाई के भन्नु भयो होला भनेर निकैबेर मुटु भक्कानियो र म पूरै खुलेर रोए ।
अघिल्लो चरण क्रान्तिको तीब्रताका कारण हामी धित मरुन्जी रुन पनि हामीले पाएनौं । तर, अहिले त्यो क्रान्तिको स्पिरिट हराएको छ । अनि त्यतिबेलाका धेरै कुराहरु, धेरै प्रतिवद्धताहरु, धेरै सपनाहरु हिजोआज मनमा पीडा बनेर आउँछन् । त्यसैले हिजोआज युद्धमा गुमेका आफन्तको पीडाले मन निकै पोल्ने गर्छ । त्यही पीडामा म मेरो माइलो दाइको सम्झनामा धित मरुन्जी रुने गरेको छु ।
मेरो प्यारो कान्छो दाइ जो एउटा फिल्मको हिरो जस्तो हुनुहुन्थ्यो । सधै हसिलो अनुहारका साथ सहकर्मीहरुसँग रमाउने मेरो दाइ योद्धाको सम्झना पनि मनमा हरेक पल आइरहेको छ । अस्ती भर्खरै म विकट कालिकोटबाट काठमाडौंमा रहेको जेठो दाइको कोठामा आएँ । कोठामा प्रवेश गर्ने वित्तिकै दाइ योद्धा र कोपिलाको फोटो लस्करै देखे । त्यो फोटो हेरेर लामो समयसम्म घोत्लिन मन लाग्यो, रुन मन लाग्यो । फोटो हेर्दा हेर्दै अनायास आँसु खसे । वास्तवमा मलाई सङ्कटको हर घडीमा क्रान्तिकारी बनाउने मेरा सहिद दाइहरु नै हुन । मैले उहाँहरुको पथप्रदर्शनले जीवनको महाविपती काँटे । यदि उहाँहरुको रगत क्रान्तिमा पोखिदैनथ्यो त हामीलाई क्रान्तिकारी बन्न मुस्किल पथ्र्यो होला । त्यसैले भनिन्छ ‘बलिदान नै क्रान्तिको उर्जा हो ।’ त्यो सहिदको रक्तविजले क्रान्तिबाट डगमगाउन दिएन । सुन्दर संसार निर्माण गर्न विरले चढाएको बलिदानको तागत अजय हुँदो रहेछ । लस्करै कालिकोटका सैनिक कमाण्डर क।बहुविर र क।अरुणको फोटो देख्छु झनै मुटु काटिन्छ । कहाँ गए होलान ती महान वीर योद्धाहरु । फोटोमा जस्ताको तस्तै छँदैछन् ।
२०५९ भाद्र २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमणताका लडेर सहिद हुनु भएको क। अरुण हामीबाट भौतिक रुपमा छुटेको ११ वर्ष भइसक्यो । त्यस्तै २०६० चैत्र ७ गते म्याग्दीको सदरमुकाम वेनी रेडमा क। बहुविर र मेरो कान्छो दाइ योद्धासँगै सोही मोर्चामा सहिद हुनुभयो । सैन्य जिम्मेवारीका हिसाबले पनि उहाँहरु दुवै एकै पोष्टमा हुनुहुन्थ्यो । सैन्य क्षेत्रमा सबैभन्दा उच्च तहबाट बलिदान गरी उहाँहरुले बेनी मोर्चा विजय गर्नु भएको थियो । चट्ट मिलेको शरिर, अग्लो नाक, गोलो अनुहार मेरो दाइको विचार मात्र होइन, भौतिक शरिर पनि उत्तिकै रमाइलो थियो । यसरी भौतिक र वैचारिक दुवै हिसाबले सशक्त रहनुभएका मेरा दुइवटा दाइ आज १० वर्षे भीषण युद्धका कारण रहेनन् ।
जसरी एउटा ठूलो मिसनका साथ हामीले हाम्रो परिवारबाट बलिदान ग¥यौं । हाम्रो आफन्त क्रान्तिको बलिवेदीमा होमिनु भयो । आज त्यो बलिदान पार्टी भित्रका गद्दार र धोकेवाजहरुका निमित्त ऐस आराम बनेको छ । मेरा दाइ जस्तै हजारौ सहिदको बलिदान उनीहरुलाई मोज मस्तीको साधन बनेको छ । साँच्चै मलाई अहिले पनि थाहा छ । माइलो दाइ सिंहबहादुर वि।क। ‘कोपिला’ अशिक्षित भएर पनि क्रान्तिमा ठूलो भूमिका खेल्नुभयो । २०५४ सालमा भारतको मुम्वईबाट अखिल भारत नेपाली एकता समाजमा संगठित भएर राजनीतिमा पाइला टेक्नु भएको मेरो माइलो दाइ २०५५ मा घर फर्कदा देशमा जनयुद्ध सुरु भइसकेको थियो । मेरो माइलो दाइ २०५१ मा अछाम कालेगाँडा निवासी कलशा विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएको थियो । त्यसपछि उहाँ लगातार २०५५ सालसम्म पार्ट टाइमर भएर क्रान्तिको काममा लाग्नु भयो । २०५५ मा प्रतिकृयावादी सत्ताले कालिकोटमा भीषण नरसंह्रारकारी दमन अभियान चलायो । त्यो बेला माइलो दाइले अर्धभूमिगत भएर क्रान्तिका लागि अतुलनीय योगदान दिनुभयो । क्रान्तिमा उहाँको यही ऐतिहासिक भूमिकाका कारण दुश्मनले उहाँलाई निशाना बनायो । त्यसपछि कालिकोटमा राज्यले पुनः अर्को दमन अभियान चलायो । सोही भीषण दमन अप्रेशनका बेला मेरो दाई कोपिला २०५५ फाल्गुण १६ गते देश र जनताका मुक्तिका खातिर पूर्णकालीन हुनुभयो ।
पूर्णकालीन हुने बित्तिकै उहाँ ने।क।पा। ९माओवादी० पार्टी सदस्य हुँदै छापामार दल सदस्य भएर आफ्नो कार्यको थालनी गर्नुभयो । त्यसपछि दाइ कोपीला २०५६ भाद्रमा बनेको सहिद भूकम्प छापामार दल कमाण्डर भई रणभूमिमा परेड खेलिरहनु भएको थियो । उहाँ, म र कान्छो दाइ योद्धा तत्कालीन पार्टी कर्णाली उपक्षेत्रले तय गरेको कर्णाली जनहातेमालो अभियानमा सँगै हाँसेको नाचेको र खेलेको अहिले झै लाग्छ । दाइ कोपिलाले कालिकोटको पाद्मघाट प्रहरी चौकी रेड, लालुको छेपाडेखर्क एम्बुस, जुम्ला रारालिही कारबाही ९जुन कारबाहीमा पिठ्ठयुमा गोली लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो० मा सहभागी भएर आफ्नो उच्च रणकौशल प्रस्तुत गर्नुभएको थियो । जनमुक्ति सेना भएर युद्ध मैदानमा लडिरहनु भएका मेरो दाई कोपिला अन्ततः २०५७ जेष्ठ २ गते कालिकोट स्यूनामा सहिद हुनुभयो । प्रहरी स्ट्राईकिङ बेस फोर्ससँग कालिकोटको मुम्रामा भएको भीषण दोहोरो भिडन्तमा परी उहाँको सहादत भयो ।
यसैगरी कान्छो दाइ योद्धा उहाँ र म वाल्यकालदेखिकै साथी थियौं । उहाँ मेरो दाइ भए पनि विद्यालयमा सँगसँगै पढ्यौं । सानैदेखि विद्यालयमा सँगै पढेको, सँगै खेलेकाले गर्दा उहाँ मलाई अभिभावक कम साथी बढी जस्तो लाग्थ्यो । हामी दुई भाइ बहिनीले सँगसँगै घरको पारिवारिक पीडा र स्कूलको चुनौतीको सामना गर्दै ९ वर्ष सँगै बितायौ । अहिले झै मेरो दाइ ऐतिहासको महान मान्छे बन्नुहुन्छ भन्ने ज्ञात भएको भए म मेरो कान्छो दाइसँग कति मनका कुरा गर्थे होला । कति हाँस्थे, खेल्थे र रमाउथे होला । स्कूलमा पनि हाम्रो पढाइ राम्रो थियो । कक्षा ९ मा पढ्दा नपढ्दै दाइ योद्धालाई दुश्मनले निशाना बनायो । त्यति बेलासम्म देशमा जनयुद्ध सुरु भइसकेको थियो । त्यसो हुँदा उहाँ २०४९ देखि नै अखिल ९क्रान्तिकारी० स्कूल इकाई समितिमा संगठित हुनुभयो । त्यसपछिका वर्षहरुमा उहाँ निरन्तर क्रान्तिका रहनुभयो । २०५२ मा जनयुद्ध सुरु हुँदा उहाँ ने।क।पा।९माओवादी० को पार्टी सदस्य हुनुभएको थियो । त्यसपछि वाइसिएलको जिल्ला सदस्यमा संगठित भएर २०५३ को पार्टीको शक्ति केन्द्रीकरण अभियानमा जाजरकोटमा गएर आफ्नो भूमिका पूरा गर्नु भएको थियो । त्यतिबेला दाइ योद्धा पार्टी एरिया समिति सदस्य भइसक्नु भएको थियो । २०५४ मा जिल्लामा फर्केर काम गर्नुभयो र २०५५ मा उहाँ स्क्वायड सह–कमाण्डर भएर सैन्य क्षेत्रमा प्रवेश गर्नुभयो । २०५६ मा सोही स्क्वायडको कमाण्डर हुनुभयो । २०५७ मा पश्चिममा बनेको पहिलो सैन्य फर्मेशन ४ नम्बर प्लाटुनको सेक्सन कमाण्डर भएर आफ्नो भूमिका सुनिश्चित गर्दै जानुभयो । २०५७ जेष्ठ २ गते माइलो दाई कोपीलाको दुःखद निधन भएपछि त्यो शोकलाई शक्तिमा बदल्दै दाइ योद्धा निरन्तर अघि बढिरहनु भयो । २०५८ मा १२ नम्बर प्लाटुन कमाण्डर भएर उहाँ जुम्लामा जानुभएको थियो । २०५८ मा सम्पन्न जनमुक्ति सेनाको प्रथम राष्ट्रिय भेला पश्चात् उहाँ कालिकोटमा रहेको एक नम्बर प्लाटुनको कमाण्डर हुनुभयो । २०५८ फागुनमा बी कम्पनी सह–कमाण्डर, २०५८ फागुनमै कम्पनी कमाण्डर, २०५९ जेठमा बटालियन सह–कमाण्डर, २०६० असारमा बटालियन कमाण्डर र २०६० असोजमा सत्तबरिया दोस्रो विग्रेड कमाण्डर जस्तो अत्यन्तै जिम्मेवारीपूर्ण उच्च र गौरवशाली पद समाल्दै आफ्नो नेतृत्वदायी क्षमता प्रदर्शन गर्नुभयो ।
खेलकुद र साहित्यमा विशेष रुची राख्ने मेरो कान्छो दाइ योद्धा २०५९ मा बटालियन सह–कमाण्डर कल्पनासँग वैवाहिक जीवनमा बाँधिनु भयो । कालिकोटको ग्रामीण वर्गसङ्घर्षको सुरुवात र विकास, जाली फटाहाहरु माथिका कारवाही उहाँको उच्च भूमिका रह्यो । २०५५ चैत्रमा भएको कालिकोटको पहिलो प्रहरी चौकी रेड सान्नीघाटबाट उहाँले आफ्नो सहभागिता सुनिश्चित गर्नुभयो । त्यसपछिका दिनहरुमा उहाँ निरन्तर लडाइँका मोर्चामा रहनुभयो । मेरो दाइ योद्धा कालिकोटको पाद्मघाट प्रहरी चौकी रेड, अछामको विनायक चौकी रेड, बाजुराको पाण्डुसैन, डोल्पाको सदरमुकाम दुनै, कालिकोटको कोटवाडा प्रहरी चौकी, जाजरकोटको पाँचकटीया प्रहरी चौकी, दैलेख नौमुले प्रहरी चौकी रेड, दाङको सदरमुकाम घोराही, अछामको साँफेबगर प्रहरी क्याम्प, रोल्पाको लिस्नेगाम ब्यारेक, रुकुमको खारा कारबाही, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, जुम्ला सदरमुकाम खलंङ्गा लगायतका दर्जनौं फौजी कारबाहीमा एसाल्टको भूमिका निर्वाह गर्दै अघि बढ्नु भयो । २०६० कार्तिक २३ गते बाँकेको कुसुम कारबाहीमा मेरो दाई योद्धाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि २०५८ सालमा कुसुममा भएको पहिलो कारबाहीमा पनि उहाँको महत्वपूर्ण भूमिका रह्यो ।
यसैगरी अघि बढ्दै जाँदा २०६० चैत्र ७ गते पार्टी केन्द्रले आयोजना गरेको तत्कालीन राप्ती, धौलागिरी क्षेत्रको म्याग्दी जिल्लाको सदरमुकाम बेनी रेडमा लड्दालड्दै मेरो दाइ योद्धाले उच्च सहादत प्राप्त गर्नुभयो । यसरी नेपाली क्रान्तिमा मेरो दुईवटा दाइले आफ्नो रगत सिचेर अमरत्व प्राप्त गर्नुभयो । मेरो दाइ लगायत १५ हजार सहिदको रगतले सिँचिएको नेपाली क्रान्ति आज प्रतिक्रान्तिमा बदलिएको छ । हिजो क्रान्तिका नायक प्रचण्ड र बाबुराम आज खलनायक बनेका छन् । सहिदको रगतले साटेका हतियार र जनमुक्ति सेना विघटन गरेका छन् । लालसत्ता र जनअदालत खारेज भएका छन् । लाग्छ यति ठूलो नेपाली क्रान्ति माथिको अपराध महान् सहिदको रगतले छुट दिने छैन । हामी बाँचेका बाँकी योद्धाहरु निरन्तर सहिद पथमा लामबद्ध हुनेछौ र गद्दार र धोकेबाजको तासको महलमा आगो झोसेर छोड्नेछौं ।
(सन्चारकेन्द्र अनलाइनबाट)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *