नेकपा एमालेको धारणा

नेकपा एमाले भित्रका केही असन्तुष्ट पक्षको बिषयलाई लिएर पार्टीले ७ राज्यको प्रस्ताब सहित आफ्ना धारणा सार्बजनिक गरेको छ । पार्टीको धारणा जस्ताको तस्तै यस प्रकार छ ।
राज्यको पुनःसंरचना, विशेषगरी संघीय इकाईहरुको नामाङ्कन, सीमाङ्कन र संख्या सम्बन्धी दृष्टिकोणमा देखापरेको राष्ट्रिय वहसले हाम्रो पार्टीभित्र समेत गम्भीर मतभिन्नता उत्पन्न गरायो । त्यो मतभिन्नता संविधान सभा –संसदीय दल, समग्र पार्टी र पार्टीपंक्ति बाहिर समेत सार्वजनिक भयो । त्यस सम्बन्धमा पार्टी स्थायी कमिटीले आफ्ना मतभिन्नताहरुलाई लिखितरुपमा प्रस्तुत गर्न अनुरोध गरेपछि पार्टीका उपाध्यक्ष क. अशोक राई लगायत असन्तुष्ट कमरेडहरुले पार्टी समक्ष “वर्तमान परिस्थितिका सम्बन्धमा हाम्रो मत” प्रस्तुत गर्नुभयो । कमरेडहरुले प्रस्तुत गर्नु भएको उक्त मतका सन्दर्भमा पार्टीले यस अगाडि पनि औपचारिक तथा अनौपचारिक रुपमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आएको हो । तर, कतिपय कमरेडहरुबाट पार्टीको तर्फवाट औपचारिकरुपमा जवाफ नआएको भन्दै लिखित जवाफ आउनुपर्ने माग समेत भएको सन्दर्भलाई दृष्टिगत गर्दै तत्सम्बन्धमा पार्टीको धारणा प्रस्तुत गरिएको छ । Continue reading

म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल
म कबिता लेख्न सक्तिन
कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ ।
कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ ।
अहिले म यी दुबै गर्न सक्तिन ।
त्यसैले म कविता लेख्न सक्तिन ।
मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि? Continue reading

भट्टराई सरकारका एक वर्ष: जनता र राष्ट्रविरुद्धका कामहरुको फेहरिस्त

भट्टराई सरकारले एक वर्षमा राष्ट्रिय हितको अबमूल्यन, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको उपहास, भ्रष्टाचार र दण्डहिनताको संरक्षण, मूल्यवृद्धि र कालाबजारीलाई प्रोत्साहन, राज्यको ढुकुटीमा ब्रम्हलुट र आफ्नो सस्तो लोकप्रियताका लागि अनेको ढोग गरेको छ । एक वर्षका भएका यिनै घटनाक्रमका केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरिएको छः
गफमा सुशासन, कर्मचारी प्रशासनमा निरन्तर हस्तक्षेप
२७ असोज– प्रहरी अनुसन्धानबाट काशी तिवारीको हत्याको मुख्य योजनाकार देखिएका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहविरुद्ध मुद्दा दर्ता नगर्न जिल्ला सरकारी वकिललाई महान्यायाधिवक्ता मुक्ति प्रधानको निर्देशन । Continue reading

प्रधानमन्त्री सत्ताकब्जाको लागि अनुकूल बातावरण बनाउँदै

नेकपा एमालेका संविधानसभा–संसदीय विभागकाप्रमुख भरतमोहन अधिकारीले एक बक्तब्य प्रकाशित गरी मुलुक क्षतबिक्षत भएको, प्रधानमन्त्रीले राष्ट्रियता धरापमा पुर्याएको एवं सत्ताकब्जाका लागि आफ्नो अनुकूल बनाएको भन्दै एक बक्तब्य प्रकाशित गरेका छन् । बक्तब्यको पूर्ण पाठ यसप्रकार छ ।
डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित सरकारले आज १ बर्ष पूरा गरेको छ । शान्ति, संविधान, सुशासन र समृद्धिको नारा लिएर निर्वाचित भएका प्रधानमन्त्रीले यी उद्देश्य पूरा हुन नसकेमा आफ्नो सरकारको कुनै औचित्य नहुने र त्यस्तो अवस्थामा आफू एक मिनट पनि प्रधानमन्त्रीको कूर्चीमा नबस्ने उद्घोष गरेका थिए । तर यो बर्षमा सरकार आफ्ना यी चारवटै उद्देश्यमा असफल भएको मात्रै होइन, यसकै कारण संविधानसभा विघटन हुने, शान्ति प्रक्रिया अलपत्र पर्ने, राजनीतिक दलका बीचमा द्वन्द्व र धु्रवीकरण निम्त्याउने, सुशासनको साटो मुलुक कुशासनको चपेटामा पर्ने र समृद्धिका जनचाहनामाथि तुषारापात हुने स्थिति सिर्जना भएको छ । सरकारको यो एक बर्षे कार्यकालमा भएका जनता र राष्ट्रका दीर्घकालीन हित विपरीतका कदम, निर्णय र गतिविधिको बारेमा जनतालाई सुसूचित गर्नु र छिटोभन्दा छिटो यसलाई बिदा गरेर राष्ट्रिय राजनीतिलाई सहमतिको बाटोमा फर्काउनु अपरिहार्य भएको छ । Continue reading

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला हातहरु छन् । भाषा र साहित्यको उत्थानमा लाग्न पवित्र उदेश्य भएको र गठन भएको संस्थालाई हर तरहले सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर हाम्रो समुहमा विगत दश वर्ष देखि आफ्नो श्रम र लगानि निस्वार्थ भाव अर्पण गर्दै वांमयको गीतगाउने साथीहरु धेरै छन् । Continue reading

लहरो तान्दा पहरो गर्जीयो

नेपालीमा एउटा उखान छ “लहरो तान्दा पहरो गर्जीयो” । हुन पनि हो कहिलेकाँही त्यस्तै हुने रहेछ । अपराधको सन्जाल कहाँबाट कहाँ पुगेको हुन्छ भन्ने बुझ्न त्यति सजिलो रहेनछ । भनिन्छ अपराध गर्नेले केही न केही कमजोरी छोडेको हुन्छ । कतिपय मान्छेहरु भोक लागेर भोक मेटाउन साना तिना अपराध गर्दछन् तर कतिपय लोभको भाडो नभरिएर । अहिले यस्तै समाचार सन्चारको बजारमा आएको छ । एउटी आर्थिक र सामाजिक रुपमा सम्पन्न महिलाको अपराध खुलासा भएको छ ।
केही समय अघि पत्नीको आर्थिक अपराधका कारण पतिले आत्महत्या गरेका समाचार पनि नआएका हैनन् । आशा गरौ यो समाचारका कारण उनका पतिले आत्माहत्या गर्ने अवस्था श्रीजना नहोस् । Continue reading

प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा, हित र राम्रोको कामना गरिरहेका हुन्छौं त्यो सायद हामीले प्रेमको संज्ञा दिंउला तर आमा बाबुले छोरा छोरीलाइ दिइने माँयामा कुनै स्वार्थ नलुकेको भए पनि त्यो आफ्नो आँखाले देखिइ सकेको अवस्थाबाट सुरु भएकोले माँया भन्नु पर्ने हुन्छ । किन भने माँया भन्ने कुरा आफ्ना आँखाले देखेपछि वा कसैका बारेमा सुनेपछि मात्र लाग्ने हुन्छ । यदि हामीले आफ्ना छोरा छोरी वा पति वा पत्नीलाइ नदेखेको भए वा नसुनेको भए माँया लाग्थेन । त्यसैले देखे वा सुने पछि गरिने अनुभूतिलाइ माँया भन्नु पर्दछ । प्रेम त त्यो हो जो अदृश्य बस्तु प्रतिको बिश्वास । हामीले भगवानसंग प्रेम गर्छौ र अझ पनि प्रेम गर्न सिकौं जो निश्चल, निस्वार्थ र छलकपट बिहिन छ । ” Continue reading

सत्ता टिकाउने सतरन्जको चाल

पूर्ब प्रधान मन्त्री पुष्पकमल दाहालले यदि यस्तै अवस्था रहिरहे बाबुराम भट्टराइ बीस बर्ष सम्म सत्तामा बसीरहन सक्ने कुरा बताएका छन् । उनलाइ कसैले गलहत्याउन नसक्ने उनको दाबी छ
। सडकमा रोइ कराइ तथा आन्दोलन गर्दैमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै हालतमा राजीनामा नदिने दावी स्वयं सरकारका मन्त्रीहरुले पनि गर्दै आएका छन् । त्यति मात्र नभै उनिहरुले राष्ट्रपतिलाई आफ्नो हैसियतमा बस्न सुझाव दिंदै आएका छन् । तर उता कांग्रेस, एमाले लगायत अन्य दलका भातृ संगठनहरुले सरकार विरुद्ध आन्दोलन चर्काउँदै सरकार ढाल्न कसरतमा जुटेका छन् ।  Continue reading

मुठभेड र द्वन्द्वको कुचक्र कस्को लागि ?

–भीम रावल
द्वन्द्व कस्को हितमा?
राज्य र सरकार संचालन गर्नेहरुको पहिलो दायित्व देशको अस्मिताको रक्षा गर्दै जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउनु हो । समाजमा उत्पन्न हुने अन्तरविरोध र राजनीतिक मतभेदहरुलाई व्यवस्थापन गरेर आर्थिक समृद्धिबाट जनताको जीवन सुखमय बनाउन हरसम्भव प्रयास गर्नु सरकारको कर्तब्य हो । तर बिडम्बना, नेपालमा एनेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले प्रधानमन्त्रीको सरकारी निवासबाट आफुसंग असहत राजनीतिक दलहरुको ‘भण्डाफोर’ गर्दै जनताबाट ‘विस्थापित गर्न’ ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ को घोषणा गरेको छ । विस्तृत शान्ति सम्झौता र त्यसपछिका अनेकौं सहमति तथा २०६८ साल कार्तिकमा गरिएको सात बुँदे, २०६९ साल वैशाखमा भएको पाँच बुँदे र जेठ २ गते गरिएको महत्वपूर्ण सहमतिलाई लत्याउँदै देशमा मुठभेड र द्वन्द्वको अर्को श्रृंखला शुरु गर्ने दुस्प्रयास गरिएको छ । Continue reading

नारामा जोड दिने र अन्तरवस्तुभित्र नपस्ने प्रबृति बन्द हुनु पर्छ

घनश्याम भुसाल 

नेपालको कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमालेले दुईवटा ऐतिहासिक योगदान गरेको थियो । एक, लामो समयसम्म विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्‍यो र राष्ट्रिय राजनीतिमा अत्यन्तै न्यून प्रभाव रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । दुई, नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्व कम्युनिस्ट आन्दोलनका अनेकन सैद्धान्तिक जडताबाट मुक्त गर्न ठोस वैचारिक आधारलाई स्थापित गर्‍यो । Continue reading