भट्टराइको सत्ता दीर्घजीबी गराउन रामबरण सहयोगी

शशी पौडेल
यदि बाबुराम भट्टराइले प्रधान मन्त्री पदबाट रानीनामा दिएमा प्रधान मन्त्री पदको प्रवल दावेदार नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नु पर्ने अडान सहित जतिसुकै वैठक गर्दै आएता पनि प्रधानमन्त्री पदको सर्वसम्मत उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसभित्र शेर बहादुर देउवा र रामचन्द्र पौडेलले प्रमंपदका लागि दावी गरेपछि सभापति सुशिल कोइराला धर्मसंकटमा परेका छन् । पार्टीले कुनै निर्णय गर्न नसक्दा कोइरालाका भान्से सहयोगीहरुले पार्टी सभापति सुसिल कोइरालालाई नै प्रधानमन्त्री पदको उम्मेदबार बन्न सुझाएका छन् । जसको कारण देउवा र पौडेलसँग कोइरालाको सम्बन्ध चिसिएको छ । कांग्रेसबाट राष्ट्रपति पदमा निर्वाचित कांग्रेसका पूर्व महामन्त्री डा. रामवरण यादवले कांग्रेसका तीनै जना शीर्ष नेताहरु कोइराला, देउवा र पौडेललाई संक्रमणकालमा विभाजित नहुन सुझाव दिंदै कुनै एक जनालाई उम्मेदवार घोषणा गरेर दलहरुबीच सहमति जुटाउनु पर्ने सल्लाह दिएको श्रोतले जनाएको छ । Continue reading

कटुवालको दम्भ

पूर्ब सेनापति रुकमागत कटुवालले पोखरामा नेपाली जनतालाइ  टिबी सार्ने गरी खकार खोकेका छन् ।
संक्रमणकालको फाइदा उठाएर पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले “नेपालमा संक्रमणकाल लम्बिए नेपाली सेनाले सत्ता आफ्नो हातमा लिन सक्ने” बताएपछि नेपाली राजनीतिमा अनौठो तरंग पैदा गरेको छ । संवैधानिक निकाय निस्क्रिय अवस्थामा रहेको चर्चा गर्दै कटुवालले “मुलुकमा यही अवस्था रही रहे नेपाली सेनाले शक्ति प्रयोग गरेर सत्ता नियन्त्रणमा लिन सक्ने छ” पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले उक्त कुरा संचारकर्मीहरुलाई पोखरामा बताएपछि नेपालमा पनि सैनिक ‘कू’ को सम्भावना रहेको सम्भावना रहेको औंल्याउन थालिएको छ । Continue reading

के नेपाल सरकार अबैध हो ?

-शशी पौडेल
लण्डन ओलम्पिक २०१२ को उद्याटन समारोह भैरहेको थियो । दर्जनौ मुलुकका सरकार प्रमुख एवं राज्य प्रमुखहरुको उपस्थिती थियो उद्घाटन समारोहमा । अस्सी हजार जनसमुदायको घुइचो थियो उद्घाटन सथलमा तर नेपालका न त राज्य प्रमुख नत सरकार प्रमुखको उपस्थिती रह्यो । यसको अर्कै पाटो, सैली र इतिहाँस छ । जे सुकै भए पनि कम से कम पाँच जना नेपाली खेलाडीहरुले लण्डन ओलम्पिक २०१२ मा भाग लिन लण्डन आइ पुगेका छन् र उनिहरुले निलो किनार भएको सूर्य चन्द्र अंकित रातो झण्डा प्रोसेसनमा फहराए । नेपाल र नेपालीको नाक ठाडो गराए । देख्दा गर्भले छाती पुलेर आयो । तर मिश्रित भाव र थुप्रै प्रश्नहरु ओइरिए । Continue reading

बन्दुक किन्न अमेरिका जानुहोस्

-शशी पौडेल
हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ ।
मानिसहरुले खासगरी आफ्नो सुरक्षाका निम्ति भनेर हात हतियार जम्मा गर्ने गरेका हुन्छन् , अरु कसैलाइ मार्न वा अरु कसैको नोक्सान गर्न भनेर होइन । तर कोही आफै आतंकित हुन्छन् र अरुको नोक्सान गर्ने तर्फ लाग्छन् । त्यसो गर्नेहरु अपराधीको पंतिमा गनिन्छन् । Continue reading

के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ?

-शशी पौडेल
के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ? यो प्रशनको उत्तर खोज्नु आजको प्रमुख बिषय हो ।
संविधानसभाको अवसानपछि देशमा राजनीतिक खिचातानी बढेको छ । वैधानिक तरिकाले सत्ता आफ्नो नियन्त्रणमा राख्ने एमाओवादी रणनीति र एमाओवादीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने ठूला दुई दल एमाले र कांग्रेसको कसरत संगै देशमा अन्योलता छाएको हो । हुनत यस अघि देशमा अन्योल नभएको हैन । ठूला दलहरुले संविधान बनाउनु भन्दा आ–आफ्नो दलगत स्वार्थ र अल्पमतले बहुमतमाथि र निर्वाचनमा पराजीतले निर्बाचित माथी गर्दै आएको शासनलाई निरन्तरता दिने घृष्ठता स्वरुप संविधानसभा विघटन गराए । यसो गर्दा राष्ट्रपति र प्रधान मन्त्रीको बैधानिकता माथी प्रश्न चिन्ह खडा हुन्छ भन्ने कुरा नत एमालेले सोंच्यो नत नेपाली कांग्रसले । “अघि बुढी मानिन पछि बुढी जानिन बाघ लाग्यो घिच्च्याउन तव लाग्यो चिच्च्याउन” भने झै अहिले संविधानसभा ब्यूँताउने खेलमा जुटेका छन् । यी नेताहरुको प्रथम प्राथमिकता सत्ता माथिको नियन्त्रण र संविधान गौण विषय बनेको कुरा सबैले थाहा पाइसकेका छन् ।  Continue reading

“म एक्लो वृहस्पति”

–शशी पौडेल

“म एक्लो वृहस्पति” उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद
कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्के पछि पटक पटक व्यक्त गरिएको हो । विपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि विपीले त्यसवेला आफु आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि विपी आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर “एक्लो वृहस्पति” को अनुभूतिको संवेदनाशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो–“राष्ट्रिय मेलमिलाप नत राजतन्त्रसंगको सम्झौता हो नत संघर्ष”

स्व शैलजा आचार्य

राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर वीपी र गणेशमानजी संगै नेपाल फर्किए । त्यतिवेला नेपाली कम्यूनिष्ट आन्दोलनका घरोहर पुष्पलालसंग व्यापक छलफल भएको थियो  Continue reading

पुस्तक समीक्षा : डेडलाइन चोमोलोङमा

– दिपक न्यौपाने

केही बर्ष पहिले म पसलमा बसिरहेको बेला पछाडि भिर्ने सानो रुकस्याक बोकेको एउटा ठिटोलाई लिएर काजी शेर्पा आइपुगे । उनले चिनाउदै भने “ उनी आङछिरिङ्ग शेर्पा हुन् । भर्खरै सगरमाथा सफल आरोहण गरेर आएका छन् उसले एउटा पुस्तक लेखेको छ” भने मैले सुन्नासाथ मागी हालें ।
तर बेलायतको व्यस्तता अनेक लुते धन्धाले मेरो पढ्ने पढाउने विधा ओझेलमा परेको छ । सधैको भागदौडले आपूmलाई जीवनको ज्ञानको सास्वत पक्षबाट धेरै टाढा राख्नुपर्ने अवस्था छ । भौतिकवादी उपयोग मुलक समाजमा चर्न आएको एउटा व्यक्तिको कित्तामा राख्नु पर्दा ज्यादै मूल्यवान अध्ययन गर्नुपर्ने पुस्तकबाट बन्चित भएको महसुस हुन्छ । यसै सन्दर्भमा समय निकालेर धेरै अगाडि किनेको पुस्तक “डेडलाइन चोमोलोङमा पढ्ने अवसर पाए । Continue reading

एनआरएनको वर्तमान चुनौती

NRN Fifth Conference

—शशी पौडेल

गैरआवासीय नेपालीहरूको संस्था एनआरएनको पाँचौ राष्ट्रिय सम्मेलन केही समयअघि सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आर्थिक उन्नतिका कुराहरू उठे । एनआरएन पक्षले सरकारले पूर्ण अधिकार सहितको दोहरो नागरिकता नदिएकाले आफूले मुलकको आर्थिक विकासका निम्ति चाहेजस्तो मनग्गे काम गर्न नसकेको भन्दै आइरहेको छ । अर्कोतिर नेपाल सरकारले एनआरएनले आफूले हल्ला चलाएजस्तो लगानी नगरेको, सहुलियत सुविधामात्रै खोजेको, थुप्रै माग बोकेर पटक-पटक नेपाल झुल्किएको, समस्या मात्र तेर्स्याउने गरेको आरोप लगाउँदै आइरहेको छ । Continue reading

राजतन्त्र अझै मरेको छैन रे

– शशी पौडेल

लगभग तीन बर्ष अघि पूर्व राजा ज्ञानेन्दको् “राजतन्त्र अझै मरेको छैन” भन्ने आसयको अभिब्यक्तिले नेपाली राजनीतिमा चर्चाको बिषय बन्यो । त्यति बेलाका प्रधानमन्त्री देखि विपक्षी दलका बाबुराम भट्टराई सम्मले यसवारे आपत्ती जनाए । अहिले बाबुराम भट्टराइ प्रधानमन्त्री छन् । पूर्व राजा ज्ञानेन्द्रले अहिले देशलाइ म चाहिए आउन तयार छु भन्ने आशयको अभिब्यक्ति दिए । पूर्व राजा ज्ञानेन्दको अभिब्यक्तिको जवाफमा बाबुराम भट्टराइले उनले पाइआएको सुबिधा कट्टा गर्ने धम्की दिए । अर्थात कागले कान लग्यो भनेर अर्को कान समाएर जोगाउनुको वदला काग जता जता उड्यो त्यतै त्यतै दगुरे । त्यतिबेलाको उपरोक्त राजनीतिक घटनाक्रमलाई यहा दुई पंतीमा राखेर विश्लेषण गर्ने प्रयास गरेको छु । Continue reading

लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

शशी पौडेल
लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक चरित्र, तौर तरिका, प्रतिवद्धता र परिभाषा भिन्न भिन्न देखिन्छन् । यहॉ मैले आदिकाल, मध्यकाल र वर्तमानमा गरिदै आएका लोकतन्त्रको परिभाषा र यस प्रतिको प्रतिवद्धता बारे चर्चा गर्ने जमर्को गर्ने छु । Continue reading