प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा, हित र राम्रोको कामना गरिरहेका हुन्छौं त्यो सायद हामीले प्रेमको संज्ञा दिंउला तर आमा बाबुले छोरा छोरीलाइ दिइने माँयामा कुनै स्वार्थ नलुकेको भए पनि त्यो आफ्नो आँखाले देखिइ सकेको अवस्थाबाट सुरु भएकोले माँया भन्नु पर्ने हुन्छ । किन भने माँया भन्ने कुरा आफ्ना आँखाले देखेपछि वा कसैका बारेमा सुनेपछि मात्र लाग्ने हुन्छ । यदि हामीले आफ्ना छोरा छोरी वा पति वा पत्नीलाइ नदेखेको भए वा नसुनेको भए माँया लाग्थेन । त्यसैले देखे वा सुने पछि गरिने अनुभूतिलाइ माँया भन्नु पर्दछ । प्रेम त त्यो हो जो अदृश्य बस्तु प्रतिको बिश्वास । हामीले भगवानसंग प्रेम गर्छौ र अझ पनि प्रेम गर्न सिकौं जो निश्चल, निस्वार्थ र छलकपट बिहिन छ । ” Continue reading

बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो ।
त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी यौन दुराचार गरेको आरोप लगाएका छन् । उक्त आरोप लागे पछि जुलियन केही महिना देखि बेलायत बस्दै आएका थिए । त्यसैबीच स्वीडिस सरकारले अमेरिकाको दवाबमा आएर बेलायतसंग जुलियन असन्जालाइ पक्राउ गरि स्वीडेन सपुर्दगी गर्न अनुरोध गर्दै आइरहेको थियो । अर्कोतिर अमेरिकाले पनि बेलायती सरकारलाइ जुलियन असन्जालाइ पक्राउ गर्न दवाब दिदै आइरहेको छ । बेलायती प्रहरीले आफुलाइ खोजेको थाहा पाएपछि जुलियन लण्डन स्थित इक्वाडोर दुताबासमा शरण लिन पुगेका थिए । र उनले आफुले ती महिलाहरुलाइ कुनै यौन दुराचार नगरेको बयान दिदै आइरहेका छन् । Continue reading

चालकरहित विमानले मान्छे मार्दै

पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो । Continue reading

एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल
गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए ।
अल्टरनेटिभ भोटिङ सिष्टमका समर्थक एंव प्रस्तावक पक्षबाट अल्टरनेटिभ भोटिङ सिष्टम के हो भन्ने बारे सर्वसाधारण जनतालाई उचित र प्रष्ट जानकारी गराउन सकेनन् । अर्कोतिर अल्टरनेटिभ भोटिङ्ग सिष्टम आफैमा सर्वसाधारणवीचमा अदृश्य बनेर देखा परेको थियो । जनतालाई यसबारे प्रष्ट जानकारी थिएन । मिलिजुली सरकारको निर्माण गर्नेबारे कुराकानी गर्दा लिवरल डेमोक्रेटिक पार्टीले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्याएको थियो । Continue reading

जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार गर्र्ने बानी छोडेको  छैन । यसको ज्योलन्त उदाहरण हो  बेलायतस्थित इक्वेडर दूतावासमा शरण लिएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने भनी दिएको  धम्की । Continue reading

राष्ट्रिय मुस्लिम आयोगद्धारा हड्ताल नगर्न आग्रह

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दाश अलिले एक बक्तब्य जारी गरी मुस्लिम समुदायको महत्वपुर्ण पर्व रमजान भरी विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजाम नगर्न अपिल गरेको छ ।

राष्ट्रिय मुस्लिम आयोगद्धारा प्रेसित अपीलमा भनिएको छ । Continue reading

हामी शान्तीका पुजारी क्रान्ति गर्न पनि पछि पर्ने छैनौं — रामदेव

—शशी पौडेल
“म तपाइहरु सब भाइ बहिनीहरुका साथ सुतिरहेको भारत मातालाइ जगाउन, भारतमाताको अस्मिता जोगाउन यहाँ आइपुगेको छु । एक योगी र योद्धाको रुपमा, एक संत सिपाहीको रुपमा र एक सैनिकको रुपमा उपस्थित भएको छु ।
यस्तो प्रचण्ड गर्मीमा तपाइहरु झुलमा नसुतेर खुला आकाश मुनी लामखुट्टेलाइ टोकाउन यहाँ उपस्थित हुनु भएकोमा म तपाइहरुलाइ अभिबादन गर्दछु ।”
उक्त कुरा योग गुरु योगी रामदेवले गत शनिबार राम लिला मैदानमा लाखौ जनसमुदायलाइ सम्बोधन गर्दै भनेका हुन् । Continue reading

TIRTH YATRA TO SKANDA VALE

-By Surya Upadhaya

Radha and I with some friends from Aldershot undertook a pilgrimage to Wales, deep in the heart of the United Kingdom. We took the M4 motorway from Reading driving through the lush countryside of Wales. Although it rained during the middle part of our journey, when we reached Wales – by the grace of God – the weather was fine. We were on our way to the Skanda Vale temple, one of the many Hindu temples dotted in the United Kingdom. Continue reading

रुसी अक्टोबर क्रान्तिका ९५ वर्ष

—शशी पौडेल
बिसौं सताब्दीका राजनितीक परिवर्तनका कुरा गर्दा हजारौं प्रश्नहरुको धारा लाग्ने गर्दछ । यसरी आउने प्रश्नहरु मध्य १९१७ को रुसी अक्टोबर क्रान्तिको प्रश्न प्रमुख रहने गरेको छ । रुसी अक्टोबर क्रान्ति पुरा भएको र संसारले राजनितीक कोल्टे फेरेको अव केही महिना पछि ९५ बर्ष पुरा हुने छ । यस अवसरमा अझ धेरै प्रश्नहरु उठेका छन् ।
यसबारे हजारौं पुस्तक लेखिइ सकेका छन् , लाखौं रेडियो र टी भी कार्यक्रमहरु बजिसकेका छन् र अनगिन्ति बिद्धानहरुले यसबारे अध्ययन गरि सकेका छन् ।
तर महत्वपूर्ण कुरा केहो भने १९१७ को अक्टोबर क्रान्तिले यसको झण्डै एक सताब्दी बित्न लाग्दा सम्म पनि हामी तेश्रो मुलुकका नागरिकहरुका लागि के के कुरामा महत्व राख्छ त ? भन्ने । Continue reading

ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु शो एशिया र नेट फक्सको आतिथयमा

‘‘ उनान्तीस जना कुदेका धावकहरुमा हामी तेहैंमा आयौं । सुविधा र प्रशिक्षण पुगेमा एक दिन सफल हुन्छौं । एनआरएनले दुइवटा जति खेलाडीहरुलाई प्रायोजक गरिदिएमा राम्रो हुन्थ्यो ।’’ उक्तकुरा नेपाल ओलम्पिक टीमको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्ब बहादुर प्रधानले एक समारोहमा बताए । Continue reading