विदेशी गुहार्ने गलत संस्कार

नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब दिन आग्रह गरे । यसले एकातर्फ कोइरालाको बच्कना व्यवहार प्रदर्शन भएको छ भने यसले नेपाली राजनीतिको परनिर्भरतालाई फेरि एकपटक उजागर गरेको छ । आफ्नो देशभित्रको समस्या आफूले सल्टाउन नसकेर अर्को देशका कूटनीतिक प्रतिनिधिलाई हस्तक्षेपका लागि खुला आमन्त्रण दिनु हास्यास्पद र लज्जास्पद विषय हो ।  Continue reading

सतर्क: औषधीमा ब्याक्टेरिया मिसियो है

भारतबाट आयात हुने केही आयुर्बेदिक औषधीहरुमा सतर्क अपनाउनु पर्ने भएको छ । भारतीय बहुराष्ट्रिय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै कम्पनीका औषधिको आयातमा रोक लगाएको छ । Continue reading

What is and is not a legitimate target for Muslim world’s anger.

It is clear by now that the anti-US protests sweeping the Middle East are about far more than a crude Islam-bashing film.

The Innocence of Muslims provided the spark but the fuel is undoubtedly Washington’s foreign policy which in the last decade in particular has amounted to little better than a bloody killing spree across the region. Continue reading

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि सोही नम्बरबाट फेरी अर्को सूचना प्राप्त भयो, जसमा भनिएको थियो, मैले हाफ म्यराथुन सम्पन्न गरें, मैले आंटेको यो कामका लागि सहयोगको हात दिने सबैलाइ धन्याबाद ।
दोस्रो पटकको धन्याबाद सहितको सूचनाले मेरो चेतना जगायो र ती जसले आफू निरन्तर लागी रहने तर अरुलाइ च्यारिटी डिनरको नाममा अथवा अन्य कुनै कार्यक्रम गरेर अरुबाट जबर्जस्ती रकम संकलन नगरी इक्षुक ब्यक्तिहरुसंग मात्र आग्रह गर्ने ब्यक्ति को रहेछन् भनेर जान्ने कौतुहल जागेर आयो । त्यसैले टेलीफोन लगाइहाल्ने बिचार गरें यद्यपी ए दाहालको नामबाट सूचना आएकाले कुनै दाहाल होला भन्ने चाँही पक्का थियो । टेलीफोन लागेन । कोही होला भनेर त्यसै छोडेको थिंए, उनले फोन फर्काए । म आत्माराम दाहाल, उताबाट आवाज आयो । ब्यक्ति चिनें । दुइ चार पटक यस अघिनै भेट भैसकेका जान पहिचानका ब्यक्ति, ब्रिटीश गोर्खा आर्मीका पंडित आत्माराम दाहाल पो रहेछन् । Continue reading

Freedom of Expression and Social Responsibility

by Deepak Shimkhada, Ph.D.

The recent incident reported in e-Kantipur about the arrest of Sangita Thapa, owner of Siddhartha Art Gallery, and Manish Harijan, the artist who exhibited his works at the gallery that offended a certain segment of Nepali society is quite disturbing to say the least. The incident that resulted in the arrest of two individuals is sketchy at best. While I await more details to come out about the incident, I take the liberty to comment about it. First, I condemn such arrests and death threats to the artist categorically. This should not have happened in a civil and democratic society. There should be freedom of expression. The civil struggle that resulted in de-throneing the monarchy not long ago has little meaning if the current government applies strict censorship to enforce moral standards on the works of artists and writers. Continue reading

युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने,
नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म ।
गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर रहेका पत्रकारहरुलाइ संगठित गर्नेु पर्ने बिचार गरेको कुरा बताएका थिए र उनले यसबारे पत्रकार महासंघसंग पत्राचार गरिसकेको बताउदै मलाइ यसबारे सहयोग गर्न आग्रह गरेका थिए । उनले यस्तै आग्रह भगिरथ योगीसंग पनि गरेका रहेछन् । सोही प्रतिबद्धताको एउटा पाटो थियो हाम्रो पेरिस यात्रा । Continue reading

समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत

नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न सन्चारमाध्यम तथा सोसल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो। जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधिा युकेका अध्यक्ष मुछेत्र गुरुङ, मिस नेपाल युकेकी संस्थापक शान्ति गुरुङ तथा व्यवसायी नरेन्द्र कंडेल छन्।  Continue reading

म र मेरा गुनासाहरु

महिलाको कलम

-करुणा पौडेल

म नेपालमा छंदा कहिलेकाँही गोरखा पत्रका लागि लेख्ने गर्थे । तर नेपाल छोडे पछि लेख्ने कुरा ओझेलमा प¥यो । तर आज बिएफ् बिएस् रेडियो सुने पछि केही न केही लेख्नु पर्छ भन्ने मनोबलको बिकाश भएको छ ।
म सानै थिए पाँच कक्षामा पढ्थें मेरो पिताजीले नेपाल छोडेर भारत गएर बस्ने निधो गर्नु भयो । उहाँमा यो के बाध्यता थियो मलाइ थाहा भएन । मेरो मनमा के लागेको थियो भने केही न केही बाध्यता नभैकन एक सम्पन्न परिबारको घरमुली आफ्नो परिवार चटक्क छोडेर जीवनको उत्तरार्धमा बिदेश लाग्दैन । मलाइ अझै सम्झना छ, मैले त्यतिबेला दुइ चिजलाइ अगोध माया गर्थें, ती दुइ हुन् प्रथम पिताजी अनि दोस्रो मेरो स्कूल । म कहिलेकाही अस्वस्थ्य हुदा आमाले स्कूल नजाने आग्रह गर्दा पनि लुकेर तयार भै पछाडीको बाटो स्कूल पुग्ने गर्थें । एकदिन म स्कूलबाट फर्केर घर आउदा बाबा भारत तिर प्रस्थान गर्नु भयो । बाबा बिना मलाइ घर असाध्यै नियास्रो लाग्यो । तर पनि स्कूल छोडेर बाबासंगै जाने हिम्मत पनि पलाउन सकेन । Continue reading

विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

नेकपा एमाले उपत्यकाका कृष्णगोपाल श्रेष्ठले हिजो एक बिज्ञप्ती जारी गर्दै अमेरिकन आइकन शु डिजाइन कम्पनीले बिश्वका वौद्ध धर्ममार्गीहरुमा अपमान गर्दै बिश्वका न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेकोमा दुख ब्यक्त गरेका छन् । उनको बिज्ञप्ती यस प्रकार छ ।
नेपाल एउटा बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय सद्भाव रहेको नमूना देश हो । हाम्रो देश शान्ति र अहिंसाका अग्रदुत गौतम बुद्धको जन्मस्थल पनि हो । बुद्धले प्रतिपादन गरेका दर्शनका अनुयायीहरू विश्वभरी करोडौंको संख्यामा फैलिएका छन् । जुन दर्शनले विश्वलाई शान्ति र सद्भावको दिशामा लैजान महत्वपूर्ण योगदान गरेको छ । Continue reading

( गजल ) आचार्य प्रभा

कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ?
कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु ।

कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई
मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु ।

सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि
यसैले त पिउँदैछु प्राणै लिने जहरहरु ।  Continue reading