हामी शान्तीका पुजारी क्रान्ति गर्न पनि पछि पर्ने छैनौं — रामदेव

—शशी पौडेल
“म तपाइहरु सब भाइ बहिनीहरुका साथ सुतिरहेको भारत मातालाइ जगाउन, भारतमाताको अस्मिता जोगाउन यहाँ आइपुगेको छु । एक योगी र योद्धाको रुपमा, एक संत सिपाहीको रुपमा र एक सैनिकको रुपमा उपस्थित भएको छु ।
यस्तो प्रचण्ड गर्मीमा तपाइहरु झुलमा नसुतेर खुला आकाश मुनी लामखुट्टेलाइ टोकाउन यहाँ उपस्थित हुनु भएकोमा म तपाइहरुलाइ अभिबादन गर्दछु ।”
उक्त कुरा योग गुरु योगी रामदेवले गत शनिबार राम लिला मैदानमा लाखौ जनसमुदायलाइ सम्बोधन गर्दै भनेका हुन् ।
पतंजली योगपिठ संचालक योगी रामदेवले भारतीय राजनितिज्ञहरुले बिदेशमा लगेर राखेको चारसय लाख करोड स्वदेश फर्काइयोस भनेर आन्दोलन गर्न थालेको लगभग चार बर्ष पुगेको छ । उनले दुइ बर्ष अघि पनि यस्तै प्रकारको आन्दोलन र दिल्लीको रामलीला मैदानमा एक आमसभा र अनसनको आयोजना गरेका थिए । त्यतिबेला भारतीय प्रहरीले प्रतिकार गरि उनलाइ अनसनबाट उठाएर लगेका थिए । यसपालीको धर्ना र आमसभा तीन दिनका लागि आयोजना गरिएको थियो । गत ९ अगस्त बिहिबार देखि ११ अगस्त शनिबार सम्म । जहाँ लाखौँ भारतीय जनताको उपस्थिती रहेको थियो ।
योगी रामदेबका सहयोद्धा आचार्य बालकृष्ण यसपाली उनका साथ छैनन् । उनि साथ नहुनुको कारण उनिहरुबीच झगडा भएर वा मतभेद भएर होइन । आचार्य बालकृष्णलाइ गत महिना भारत सरकारले उनि भारतीय नागरिक नभएको भन्ने आरोपमा पक्राउ गरेर राखेको छ ।
योग गुरु योगी रामदेवले सम्बोधन भाषणमा अगाडी भने “यहाँ तपाइहरु खुल्ला आकाशमा यसरी धैर्य भएर बस्नु भएको छ , सायद यो बिश्वको इतिहाँसमा यतिधेरै मान्छे एकैचोटी खुल्ला आकाश मुनी धर्ना कसेर रात बिताएको पहिलो पटक होला । यो तपाइहरुको मातृभूमि प्रतिको मायाँ र राष्ट्रनिष्ठा हो ।”
उनले अगाडी भने “यसैले म तपाइहरुलाइ तपाइहरुको राष्ट्रनिष्ठा, देशभक्ति र योगनिष्ठालाइ प्रणाम गर्दछु । म तपाइहरुको अभिनन्दन गर्दछु ।
केही कुरा भन्नु र गर्नुमा फरक हुन्छ, तपाइहरु कुरा गर्नेहरु मध्य हुनुहुन्न तर तपाइहरु काम गर्ने मध्य पर्नुहुन्छ । त्यसैले देशभक्ति केहो तपाइहरुसंग सिक्नु पर्दछ । म तपाइहरुको सामुन्ने के घोषणा गर्न चाहन्छु भने तपाइहरुको निष्ठा आत्मबिश्वास र साथ पाएर ममा अरु बढी आत्मबिश्वास र जाँगर पलाएको छ । त्यसैले भारत सरकार समक्ष आज साँझ सम्ममा देशमा भ्रष्टाचारको अन्त्य र चारसयलाख करोड डलर कालो धन बिदेशबाट फिर्ता ल्याउने कुराको घोषणा गरियोस् । अन्यथा म यही रामलिला मैदानबाट भ्रष्टाचार र काला धनको बिरुद्ध क्रान्तिको घोषणा गर्दछु ।”
योग गुरु योगी रामदेवले आफु शान्तीको पुजारी भएको कुरा उधृत गर्दै भने “मैले भनिसकें हामीले शान्तीको गीत गाँउछौ तर यदि देशलाइ आबश्यक परेको खण्डमा क्रान्तीको गीत गाउन पनि जानेका छौं । म गान्धीबादी मूल्य र मान्यतामा बिश्वास गर्दछु, तर आबश्यक परे क्रान्ती प्रति बिश्वास गर्न पनि सिक्ने छु । यसैले म भनिरहेको छु यदि आज साँझ सम्म यी तीनवटै मुद्धामाथी (कालोधन फिर्ता, भ्रष्टाचारको उन्मुलन र ठगी चोरी खाने ब्यबस्थामा परिर्वन) को कुरा निश्चितता गर्दछन् भने म उनिहरुलाइ स्वागत गर्ने छु । अन्यथा अव हामीलाइ कसैले रोक्न सक्ने छैन ।”
रामदेबले भारतीय जनताले भिख नमागेको तर अधिकार खोजेको प्रसंग यसरी उठाउछन् “हामीले सरकारसंग भिख मागीरहेका छैनौं, हामीले हाम्रो हक मागीरहेका छौं । हामीले यी कुराहरु पुरा गर्न तीन दिनको मौका दियौं, र आज पछिल्लो दिन हो हामीहरु सांझ सम्म पर्खिने छौं । हामीले कुनै पक्षपात र भेदभावपूर्ण यी मागहरु राखेका होइनौं । हामीले त यो एकसय एक्काइस करोड भारतीय जनता र राष्ट्रालागि गरेका हौं । यी कुराहरु देशका निम्ति अहं सवाल भएकाले तीन दिनको म्याद दिनु जरुरी थियो । हामीले भारत सरकारसंग मात्र यी मागहरु राखेका छैनौं कि भारतका समग्र राजनैतिक पार्टीहरुले उनिहरुको कालोधन र भ्रष्टाचारबारे निती के हो? र यसबारे उनिहरुका एजेन्डा केके हुन् ? बताउनु पर्ने छ । यी कुराहरु पनि एकसय एक्काइस करोड देशबासीले थाहा पाउने अधिकार राख्दछन् ।
योग गुरु योगी रामदेवले साम्राज्यबादको पनि कटु आलोचना गरे । उनले आफ्ना उद्धेश्यहरु रामलिला मैदानबाट प्रश्ट बताएको प्रसंग कोट्याउदै भने “यहाँ सम्म आइपुग्दा मैले हाम्रा उद्धेश्य के के हुन् र हाम्रा एजेण्डा के हुन् ? सुनाइ दिएका छौं । यस्तै गरी अव सरकारको तर्फबाट आफ्ना फैसला र एजेण्डाहरु हामीलाइ सुनाउनु प¥यो । एकसय एक्काइस करोड देशबासीले अव देशमा कसको राज हुनेछ भनेर फैसला गर्ने छन् । हामी तव सम्म लडीरहने छौं जव सम्म भ्रष्ट र गद्धार ब्यक्तिहरु सत्ताबाट बाहिर धकेलीदैनन् । म यो रामलिला मैदानबाट यो आब्ह्वान गर्न चाहान्छु कि देशभक्त दाजु भाइ दिदी बहिनीहरु हो देशलाइ बचाउन, देशलाइ अघिबढाउन र देशमा आर्थिक र सामाजिक न्याय ल्याउन हामी सब एक हुनु पर्ने छ । ”
उनले जनसमुदाय बीच समापन भाषण गर्दै भने “राम लिला मैदानबाट घर गएपछि यी हाम्रा मागहरुलाइ र यो तीन दिनको दुखलाइ नबिर्सेर आत्मसात गर्दै देशलाइ बचाउन, देशलाइ अघिबढाउन र देशमा आर्थिक र सामाजिक न्याय ल्याउन, कालो धन फिर्ता ल्याउन र देशलाइ भ्रष्टाचार मुक्त गराउन एवं साम्राज्यबादी शक्तिहरुबाट मुलुकलाइ मुक्त गराउन निरन्तर लागी रहनु पर्ने छ । अन्यथा हामीले हाम्रो लक्ष प्राप्तीबाट बिमुख हुने छौं । ”

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *